- संगालोखबर सम्वाददाता

धनकुटा, ३ असार । धनकुटा बजारक्षेत्रको प्राकृतिक सौन्दर्यता बढाउँने उद्धेश्यले बृक्षरोपण गरिएको छ । संभावित लेडी जेसिज धनकुटाले बिहिबारे हटिया र टुडिखेल आसपास क्षेत्रमा बृक्षरोपण गरेको हो ।

बिरुवा हुर्काएर प्राकृतिक सौन्दर्यता कायम गराउँन बृक्षरोपण गरिएको लेडी जेसिजका अध्यक्ष प्रमिसा श्रेष्ठ (थापा) ले संगालोखबरलाई जानकारी दिईन् । उनका अनुसार कल्की, सिरिस, धुपी, स्थानीय फुल लगायतका बिरुवा रोपिएको छ ।

Advertisement

धनकुटा–५ का वडाध्यक्ष धनकुमार राईले बिहिबारे हटियामा बिरुवा रोपेर कार्यक्रम उद्घाटन गरे । बृक्षरोपणमा लेडी जेसिजका प्रतिनिधिहरुसँगै स्थानीयबासी र जनप्रतिनिधि पनि सहभागि थिए ।

धनकुटामा गत भदौ महिनामा गठन भएको लेडी जेसिजले बिभिन्न सामाजिक काम गर्दै आएको छ । हरेक महिना कम्तिमा एउटा सामाजिक काम गरिदै आएको लेडी जेसिजका महासचिव साबित्रा राईले बताईन् ।

लेडी जेसिजले अघिल्लो महिना मृगौलापीडितलाई आर्थिक सहयोग गरेको थियो । त्यसअघि आगलागी पीडितलाई सहयोग, बजार क्षेत्रमा सरसफाई लगायत कार्यक्रम गरिएको छ ।

महिलाहरुको क्षमता अभिबृद्धि गरी नेतृत्व बिकास गराउँदै सामाजिक काममा अग्रसर हुँन लेडी जेसिजले भूमिका निर्वाह गर्दै आएको कानुनी सल्लाहकार सिता थापा (पराजुली) को भनाई छ ।

धनकुटामा एघार महिनादेखि बिभिन्न गतिबिधि गर्दै आएको लेडी जेसिजमा १८ देखि ४० उमेर समुहका ४१ जना महिला संगठित छन् ।

थप तस्वीरहरु हेर्नुहोस्…

तस्वीरहरु: संगालोखबर 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!