- संगालोखबर सम्वाददाता

धनकुटा, १ असार । तमोर नदीले बगाएकालाई तत्काल उद्धार गर्न सशस्त्र प्रहरीले पूर्व अभ्यास गरेको छ । बाढीका कारण मानिसमा आउन सक्ने विपद व्यवस्थापन गर्न तयारी स्वरुप सशस्त्र प्रहरी बल छिन्ताङ गुल्मले कार्यक्रम गरेको हो ।

Advertisement

जिल्लाका सात वटै स्थानीय तहका जनप्रतिनिधि, सरोकारवाला लगायतको उपस्थितीमा बाढी जन्य विपद् व्यवस्थापन, पूर्वतयारी, जोखिमपूर्ण ठाउँको अनुगमन, पीडितलाई राहत तथा व्यवस्थापन, आर्थिक सङ्कलन लगायतको पूर्व अभ्यास गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनालको अध्यक्षतामा भएको कार्यक्रममा सशस्त्र प्रहरी बल बराह बाहिनी पकलीका बाहिनीपति डिआईजी मन्दिप श्रेष्ठले सशस्त्र प्रहरी जुनसुकै अवस्थामा पनि नेपाली जनताको सुरक्षा र उद्धारमा लागिरहने बताए ।

त्यस्तै जिल्ला समन्वय समिति प्रमुख टंक चुवान र धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले सशस्त्र प्रहरीले धनकुटामा राम्रो कामको सुरुवात गरेकाले यसलाई स्थानीय तहले सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे ।

यसअघि बाढीबाट पर्न सक्ने विपद् पूर्वतयारी सम्बन्धि चार दिने तालिम सञ्चालन गरिएको थियो । असार ३ देखि ५ गतेसम्म पुनः डोरिको सहायताबाट झरनामा गरिने उद्धार तालिम सञ्चालन गर्ने तयारी गरिएको सशस्त्र प्रहरी बल छिन्ताङ गुल्मका गुल्मपति एवं शसस्त्र प्रहरी नायव उपरीक्षक रमेश बिक्रम शाहीले जानकारी दिएका छन् ।

उनका अनुसार बिपद्मा परेकालाई तत्काल उद्धार गरी अप्रिय घटनाबाट बचाउँन सशस्त्र प्रहरीले तालिम सञ्चालन गरी चुस्तदुरुस्त सेवा उपलब्ध गराउँने तयारी गरेको हो ।

भिडियो हेर्नुहोस…

 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!