संगालोखबर सम्वाददाता

धनकुटा, ३ असार । धनकुटा नगरपालिका–७ जिरोपईन्ट नजिक आज माईक्रोबसले मोटरसाईकललाई ठक्कर दिदा एक जना घाईते भएका छन् ।

Advertisement

धरानबाट हिलेतर्फ जाँदै गरेको को.१ ज.१०७८ नम्बरको माइक्रोबसले विपरित दिशाबाट आउँदै गरेको मे.४ प.१६२५ नम्वरको मोटरसाईकललाई ठक्कर दिएको हो ।

ठक्करबाट मोटरसाईकल चालक ईलाम नगरपालिका–१ का सन्तोष सुब्बा घाईते भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले जानकारी दिए । घाईते सुब्बाको धनकुटा जिल्ला अस्पतालमा उपचार भईरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!