बुद्ध तामाङ

भोजपुर, ३ असार । भोजपुरको षडानन्द नगरपालिका–३ कुनालुङ्गको शंखेखोला नजिक सडक खन्ने क्रममा ढुंंगाले किच्दा एक बृद्धको मृत्यु भएको छ ।

Advertisement

ग्रामिण कृषि सडक खन्ने क्रममा ढुंंगा खस्दा स्थानीय ६० वर्षीय श्रीप्रसाद राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

वर्षातका कारण सडक माथिवाट झरेको ढुंगाले राईलाई किचेको हो । स्थानीयको जनश्रमदानमा शनिबारबाट वाटो निर्माण थालिएको हो ।

भिर फुटाउँने क्रममा स्केभेटर विग्रिएपछि स्थानीय आफैले सडक खन्न थालेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!