संगालोखबर सम्वाददाता

धनकुटा, ६ असार । धनकुटाको पाख्रीवास स्थित कञ्चनजंघा कन्ट्रक्सन कम्पनीको कार्यालय नजिक आज शंकास्पद बस्तु फेला परेको छ ।

Advertisement

पाख्रीवास नगरपालिका–४ मा रहेको सो कम्पनीको कार्यालय लक्षित गरी राखिएको अवस्थामा बम जस्तो देखिने शंकास्पद बस्तु फेला परेपछि प्रहरी घटनास्थलमा परिचालन गरिएको छ ।

राति नै उक्त बस्तु फेला परेपछि प्रहरीले सो क्षेत्रमा सुरक्षा सर्तकता बढाएको छ । शंकास्पद बस्तुको पहिचान र डिस्पोजका लागि नेपाली सेनाको टोली घटनास्थल पुगेको छ ।

घटनाको जानकारी पाएपछि धनकुटाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङको नेतृत्वमा प्रहरी टोली घटनास्थल गएको छ ।

शंकास्पद बस्तु फेला परेको भएपनि के हो भन्ने पहिचान हुँन वाँकी रहेको प्रहरी उपरीक्षक गुरुङले बताएका छन् ।

अपडेट समाचार हर्नुहोस्…

पाख्रीवासमा कन्ट्रक्सन कम्पनीलाई लक्षित गरेर राखिएको बम डिस्पोज

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!