संगालोखबर सम्वाददाता

 

Advertisement

धनकुटा, १ असार । प्रहरीले झुटो आरोप लगाएर धनकुटाका ध्यान बहादुर लामालाई पक्राउ गरेको भन्दै उनका आफन्तले विनाशर्त रिहाईको माग गरेका छन् । धनकुटामा शुक्रबार लामाका आफन्तले पत्रकार सम्मेलन गर्दै रिहाईको माग गरेका हुन् ।

प्रहरीले झुटो आरोप लगाएर लामालाई पक्राउ गरि सार्वजनिक अपराध मुद्धा दर्ता गरेर धरौटीमा छाडेर पुनः पक्राउ गरेको आफन्तको भनाई छ । गत बैशाख २८ गते बिप्लव नेतृत्वको नेकपाले आवहन गरेको बन्दका क्रममा प्रहरीको गाडीमा ढुंगा प्रहार गरेको आरोपमा लामालाई पक्राउ गरिएको थियो ।

उनी बिरुद्ध प्रहरीले सार्वजनिक अपराध अन्र्तगत मुद्दा दायर गरेपछि गत जेठ २४ गते जिल्ला प्रशासन कार्यालयले ३० हजार धरौटीमा छाडेको थियो । तर, छाडेको केही समयमा पुनः पक्राउ गरि धरानमा लगेर राखेको हुनाले तत्काल विनाशर्त रिहाई गर्न लामाकी श्रीमती देवकुमारीले माग गरिन् ।

बाघेखोला नजिक मर्निङवाक गरिरहेको समयमा बिना कारण प्रहरीले लामालाई पक्राउ गरेको उनको भनाई छ ।

गाडी चलाएर परिवार पाल्दै आएका आफ्ना श्रीमान कुनै राजनीतिक पार्टीमा नलागेको र अपराध नगरेको दावी गर्दै देवकुमारीले भनिन् ‘उहाँलाई बिनाकारण फसाईदा हाम्रो बिजोग भएको छ ।’

यता जिल्ला प्रहरी प्रमुख सुरेन्द्रबहादुर गुरुङले धनकुटाको मुद्धा सकिएको भएपनि उनी बिरुद्ध सुनसरीमा पनि उजुरी परेकाले पुनः पक्राउ गरि सुनसरी पठाइएको बताएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!