- संगालोखबर सम्वाददाता

धनकुटा, ५ असार । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कार्कीछापमा आज अपरान्ह यात्रुबाहक बस दुर्घटना हुँदा २६ जना घाईते भएका छन् । रौतहटको बिजयपुर नगरपालिकाबाट कृषि सम्बन्धि कार्यक्रम र अवलोकन भ्रमणका लागि पाख्रीवास जाँदै गरेको ना.५ ख.३३२८ नम्बरको बस अपरान्ह करिव साँढे ३ बजे कार्कीछापमा पल्टिएको हो ।

दुर्घटनामा परी घाईते भएका २६ जनालाई उपचारका लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईएको धनकुटाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए ।

Advertisement

घाईतेमध्ये रौतहटको बिजयपुर नगरपालिकाका ४३ बर्षीय जयराम यादव र ६० बर्षीय महंग रायको अवस्था गंभीर छ ।

कार्कीछापमा पल्टिएको बस ।

बसमा चालकसहित ३७ जना सवार थिए । ओरालो सडकमा ब्रेक फेल भएर अनियन्त्रित भई बस सडकबाट करिव २० सय मिटर तल खसेको धनकुटाका ट्राफिक प्रहरी दिपक खड्काले जानकारी दिएका छन् ।

घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षक गुरुङको नेतृत्वमा प्रहरी टोली घटनास्थल गएको थियो । भेडेटारबाट पनि प्रहरी घटनास्थल गएर घाईतेको उद्धार गरी उपचारका लागि धरान पठाईएको घटनास्थलमा खटिएका ट्राफिक प्रहरी सूर्य शिवाकोटीले बताए ।

दुर्घटना पश्चात बस चालक सर्लाही लालबन्दी नगरपालिकाका २५ बर्षीय जगत अधिकारी सम्पर्कबिहिन रहेकाले उनको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाईतेहरुको नामावली :-

गंभीर घाईते
१) रौतहटको बिजयपुर नगरपालिका–४ का ४३ बर्षीय जयराम यादव

२) रौतहटको बिजयपुर नगरपालिका–२ का ६० बर्षीय महंग राय

सामान्य घाइतेहरु

३) रौतहटको बिजयपुर नगरपालिका–५ का ६३ बर्षीय राम विश्वास प्रसाद यादव

४) रौतहटको बिजयपुर नगरपालिका–१० का ३० बर्षीय जेन्जि लामा

५) रौतहटको बिजयपुर नगरपालिका–६ का ४६ बर्षीय किशोरीलाल साह

६) रौतहटको बिजयपुर नगरपालिका–४ का ४९ बर्षीय रामबाबु यादव

७) रौतहटको बिजयपुर नगरपालिका–१० का ४० बर्षीय त्रिवेणी चौधरी

८) रौतहटको बिजयपुर नगरपालिका–८ का ६५ बर्षीय महाविर चौधरी

९) रौतहटको बिजयपुर नगरपालिका–४ का ५३ बर्षीय रुपन महरा

१०) रौतहटको बिजयपुर नगरपालिका–१ का ६३ बर्षीय जय नारायण यादव

११) रौतहटको बिजयपुर नगरपालिका–१ का ७५ बर्षीय नन्दलाल साह

१२) रौतहटको बिजयपुर नगरपालिका–८ का ६५ बर्षीय बिन्दालाल चौधरी

१३) रौतहटको बिजयपुर नगरपालिका–८ का ६० बर्षीय किसुन चौधरी

१४) रौतहटको बिजयपुर नगरपालिका–१० का ३४ बर्षीय निर्मल खरेल

१५) रौतहटको बिजयपुर नगरपालिका–४ का ३६ बर्षीय राजेन्द्र प्रसाद साह

१६) रौतहटको बिजयपुर नगरपालिका–३ का ५५ बर्षीय जुगेन्द्र साह

१७) रौतहटको बिजयपुर नगरपालिका–११ का ५२ बर्षीय कुलदिप महतो

१८) रौतहटको बिजयपुर नगरपालिका–५ का ३२ बर्षीय शेखर समिन

१९) रौतहटको बिजयपुर नगरपालिका–२ का ४२ बर्षीय प्रयाग राउत

२०) रौतहटको बिजयपुर नगरपालिका–३ का ३५ बर्षीय बाल किशोर साह

२१) रौतहटको बिजयपुर नगरपालिका–६ का ४८ बर्षीय राम प्रसाद यादव

२२) रौतहटको बिजयपुर नगरपालिका–२ का ५६ बर्षीय जय मंगल यादव

२३) रौतहटको बिजयपुर नगरपालिका–४ का २४ बर्षीय रामसोगारत यादव

२४) रौतहटको बिजयपुर नगरपालिका–४ का ३२ बर्षीय सुभाष यादव

२५) बारा कुल्वि नगरपालिका–११ का ४८ बर्षीय गणेश चौधरी

२६) मोरङको बिराटनगर महानगरपालिका–५ का २६ बर्षीय दुर्गा मण्डल (सह–चालक)

 

यसअघि प्रकाशित समाचार पनि हेर्नुहोस्…

धनकुटाको कार्कीछापमा बस पल्टियो, घाईतेको उद्धार जारी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!