मापदण्ड विपरीत सडक ग्राभेल हुँदा स्थानीयको आपत्ति

मापदण्ड विपरीत सडक ग्राभेल हुँदा स्थानीयको आपत्ति

उर्लाबारी मोरङ, १० असार । मोरङ उर्लाबारी–६ स्थित चन्द्रमा चोकदेखि डिपु मार्गसम्मको सडकमा मापदण्ड विपरीत गरेको ग्राभेलप्रति स्थानीयवासीले आपत्ति जनाएका छन् । उर्लाबारी नगरपालिकाको सहयोग र उपभोक्ताबाट प्रतिफिट रु ३० का दरले रकम उठाएर गरिएको ग्राभेल मापदण्ड विपरीत भएको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् । चार सय १७ मिटर लम्बाइको सडक ग्राभेलका लागि नगरपालिकाबाट रु तीन लाख विनियोजन भएको थियो । उक्त ...
छुट्टाछुट्टै सवारी दुर्घटनामा परी एकको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी एकको मृत्यु

इटहरी, १० असार । सुनसरी जिल्लाको सदरमुकाम इनरुवास्थित पूर्व पश्चिम महेन्द्र राजमार्गको सडकखण्डमा शनिबार राति भएको दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । अर्का एक जना घाइते भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ । प्रहरी कार्यालय इटहरीका ट्राफिक प्रहरी सहायक निरीक्षक टङ्क न्यौपानेका अनुसार सदरमुकाम इनरुवामा मे १ ज १९८६ नम्बरको सवारीसाधनले को २३ प ...
धनकुटा नगर क्षेत्रको बिकासका लागि ५२ करोड बजेट (भिडियोसहित)

धनकुटा नगर क्षेत्रको बिकासका लागि ५२ करोड बजेट (भिडियोसहित)

धनकुटा, ९ असार । धनकुटा नगरपालिकाले आगामी आर्थिक बर्ष २०७५/०७६ का लागि ५२ करोड बजेट छुट्याएको छ । नगरपालिकाको तेस्रो अधिवेशनबाट पारित बार्षिक बजेट, नीति तथा कार्यक्रम शनिवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । आगामी आर्थिक बर्षका लागि ५२ करोड ८९ लाख ४३ हजार बजेट विनियोजन गरिएको नगरपालिकाका प्रवक्ता जम्सेर राईले जानकारी दिए । जसमा चालूखर्च तर्फ ३६ करोड १७ लाख र पूजीँगत तर्फ १६ करोड ७२ लाख ...
धनकुटाका २४ परिवार पहिरोको उच्च जोखिममा, पहिरोका कारण सडक अवरुद्ध हुँदा सास्ती

धनकुटाका २४ परिवार पहिरोको उच्च जोखिममा, पहिरोका कारण सडक अवरुद्ध हुँदा सास्ती

साँगुरीगढी, ९ असार । धनकुटाको साँगुरीगढी गाउँपालिका–८ ढुंगेटोलका २४ घरपरिवार पहिरोको उच्च जोखिममा परेका छन् । बर्षाका कारण गाउँमा गएको पहिरो बस्ती तर्फ बढ्दै गएपछि गाउँनै जोखिममा परेको हो । दैनिकजसो भईरहेको बर्षाका कारण पहिरो खस्दै गाउँ तिर बढेपछि पहिरोले बस्ती बगाउँने त्रास बढेको स्थानीय थाम्के राईले संगालोखबरलाई जानकारी दिए । पहिरोले आफ्नो करिब दुुुई रोपनी जग्गासमेत बगाएको राईले गुनासो सुनाए । ...
चतराको जेटबोट अव तुम्लिङटारदेखि काभ्रेको दोलालघाटसम्म सञ्चालन गरिने

चतराको जेटबोट अव तुम्लिङटारदेखि काभ्रेको दोलालघाटसम्म सञ्चालन गरिने

गाईघाट, उदयपुर, ९ असार । सुनसरीको चतरा र उदयपुरको बेलका बीच सप्तकोशीमा सञ्चालन हुँदै आएको जेटबोटलाई अब एक वर्षभित्र संखुवासभाको तुम्लिङटारदेखि काभ्रेको दोलालघाटसम्म सञ्चालन गरिने भएको छ । हाल बेलुकाको डुम्रीबोट, चतरा हुँदै भोजपुरको हतुवा र धनकुटाको तमोरसम्म सञ्चालन हुँदै आएको जेटबोटलाई अब एक वर्षभित्र विस्तार गर्न लागिएको चतरा बेलका पर्यटन जेटबोट प्रालिका संयोजक कविनकुमार राईले बताउनुभयो । राई...
मोटरसाइकल अनियन्त्रित हुँदा चालकको मृत्यु

मोटरसाइकल अनियन्त्रित हुँदा चालकको मृत्यु

सुरुङ्गा, झापा, ९ असार । झापाको शिवसताक्षी नगरपालिका–१ स्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम चुलाचुली नगरपालिका–१ निवासी ३५ वर्षीय इन्द्रकुमार राई रहेका छन् । शुक्रबार साँझ राईले चलाउँदै गरेको मे६प ७६०५ नंको मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिँदा उनी गम्भीर घाइते भएका थिए । घाइते राईलाई उपचारका लागि बिर्तामोडस्थित ब...
आयुर्वेद विश्वविद्यालय भोजपुरमा खोल्न पहल

आयुर्वेद विश्वविद्यालय भोजपुरमा खोल्न पहल

काठमाडौँ, ९ असार । नेपालमा मात्र नभई विश्वमै महिला जागरणकी प्रेरणाको स्रोत मानिने भोजपुरको मझुवाबेँसीमा जन्मनुभएकी योगमाया न्यौपानेको नाममा विदूषी योगमाया आयुर्वेद विश्वविद्यालय भोजपुरमा स्थापना गर्ने सन्दर्भमा शुक्रबार यहाँ एक छलफल कार्यक्रमको आयोजना गरियो । भोजपुरे सेवा समाजले आयोजना गरेको सो कार्यक्रममा वक्ताहरुले भोजपुरमै जन्मी ज्ञानको खोजी गर्ने, राजनीतिक तथा सामाजिक बेथितिविरुद्ध विद्रोह ...
स्थानीय सरकारलाई डा.कटुवालले दिए १६ वुँदे सुझाव

स्थानीय सरकारलाई डा.कटुवालले दिए १६ वुँदे सुझाव

धनकुटा, ८ असार । धनकुटाको भावना होमियो अस्पतालका सञ्चालक डा.खगेन्द्र कटुवालले स्थानीय सरकारलाई मार्गनिर्देशका लागि भन्दै १६ वुँदे सुझाव दिएका छन् । धनकुटा सदरमुकाममा पत्रकार भेटघाट कार्यक्रम गरी डा.कटुवालले अल्पकालिन रुपमा गर्न सकिने नौ र दीर्घकालिन रुपमा गर्न उपयुक्त हुने सात सुझाव दिएका हुन् । जनताको रगत र पसिनाबाट प्राप्त भएको उपलब्धिलाई सस्थागत गराउँन नागरिक स्तरबाट स्थानीय सरकारलाई सल्लाह...
संखुवासभाका मृगौलापीडित जिमीलाई जापानबाट आर्थिक सहयोग

संखुवासभाका मृगौलापीडित जिमीलाई जापानबाट आर्थिक सहयोग

संखुवासभा, ८ असार । पूर्वी नेपालबाट जापान पुगेका नेपालीहरुको संस्था ‘पुर्वी नेपाल विकास सहकार्य केन्द्र’ ले संखुवासभाका मृगौलापीडित सन्देश जिमीलाई आर्थिक सहयोग गरेको छ । दुवै मृगौला काम नलाग्ने भई उपचार गराईरहेका धर्मदेवी नगरपालिका–६ होम्बोङका जिमीलाई केन्द्रले ७० हजार संकलन गरी हस्तान्तरण गरेको हो । भक्तपुर, निकोसेरास्थित बिरामी जिमीको डेरामा पुगेर संखुवासभाका संघीय सांसद राजेन्द्र गौतमले सहय...
छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

इनरुवा, ८ असार । सुनसरीमा बिहीबार भएको छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ मा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तेजनारायण मेहताका ११ वर्षीय छोरा प्रसान्तकुमार मेहता रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । गाउँपालिकाको भित्री सडकमा को ९ प २२९३ नम्बरको मोटरसाइकलले साइकलयात्री प्रसान्तलाई ठक्कर दिएको थियो । ठक्करबाट ग...
कांग्रेसमा देउवा पक्षलाई झड्का : देउवाको ‘खम्बा’ मानिने डिकबहादुर पनि कोईराला क्याम्पमा

कांग्रेसमा देउवा पक्षलाई झड्का : देउवाको ‘खम्बा’ मानिने डिकबहादुर पनि कोईराला क्याम्पमा

बिराटनगर, ७ असार । नेपाली कांग्रेस भित्र दुई दशक अघिदेखि पार्टी सभापति शेरबहादुर देउवा पक्षको ‘खम्वा’ भनेर चिनिएका कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्बुले देउवाकै भूमिका प्रति असन्तुष्टि जनाएका छन् । हेटौडामा जारी जिल्ला सभापतिहरुको भेलालाई संबोधन गर्दै लिम्बुले देउवा नेतृत्वले कांग्रेसलाई शसक्त प्रतिपक्षको भूमिकामा उभ्याउँन नसकेको प्रति असन्तुष्टि जनाए । यसअघि सधै देउवाकै पक्षमा बोल्दै आएका...
पहिरोका कारण दिक्तेल–पाथेका सडक अवरुद्ध

पहिरोका कारण दिक्तेल–पाथेका सडक अवरुद्ध

खोटाङ, ७ असार । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्र पर्ने दिक्तेल–पाथेका सडकखण्डको विभिन्न ठाउँमा पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको छ । गत जेठ ३० गते राति परेको भारी वर्षासँगै उक्त सडकखण्डको चार स्थानमा झरेको पहिरो हालसम्म हटाउन नसक्दा यातायात सेवा अवरुद्ध हुनाका साथै पैदल यात्रुलाई समेत सास्ती भएको हो । ढुंगेचौतारा–हरेलोडाँडा–पाथेका हुँदै फेदकोसम्म १६ किलोमिटर सडक पहिरोका कारण जङ्गल न...
धनकुटाका पत्रकारले बुझाए स्थानीय सरकारलाई ज्ञापनपत्र

धनकुटाका पत्रकारले बुझाए स्थानीय सरकारलाई ज्ञापनपत्र

धनकुटा, ७ असार । पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूत हुने गरी मिडियामैत्री कानुन बनाउँन माग गर्दै धनकुटाका पत्रकारहरुले आज स्थानीय सरकारका प्रतिनिधिलाई ज्ञापनपत्र बुझाएका छन् । नेपाल पत्रकार महासंघ १ नं. प्रदेश समितिको निर्णय अनरुप नगर तथा गाउँपालिकाका प्रमुखहरुलाई ज्ञापन–पत्र बुझाईएको हो । पत्रकार महासंघका जिल्ला अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ नेतृत्वको टोलीले धनकुटा नगरपालिकाका उपप्रमुख सकुन्त...
धनकुटाको राजारानीमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

धनकुटाको राजारानीमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

धनकुटा, ७ असार । धनकुटाको चौबिसे गाउँपालिकामा पहिलो पटक प्रदेश स्तरीय प्रथम सगरमाथा कप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । सामाजिक विकास मन्त्रालय १ नं. प्रदेशको मुख्य आयोजना, चौबिसे गाउँपालिकाको सहआयोजना, पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समिति विराटनगरको व्यवस्थापन र जिल्ला खेलकुद विकास समिति धनकुटाको समन्वयमा प्रतियोगिता हुन लागेको हो । चौबिसे गाउँपालिकाले आज जिल्ला सदरमुकाममा पत्रकार सम्...
खोटाङमा पहिरोले हाइड्रोपावरको कुलो भत्काउँदा ५४१ घर अन्धकारमा

खोटाङमा पहिरोले हाइड्रोपावरको कुलो भत्काउँदा ५४१ घर अन्धकारमा

खोटाङ, ७ असार । लगातारको वर्षाका कारण माथिबाट झरेको पहिरोले हाइड्रोपावरको कुलो बगाउँदा खोटाङ पाथेकाका स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन् । नाखामखोला लघु जलविद्युत् आयोजनाको कुलो गत जेठ ३० गते बेलुकी झरेको पहिरोले बगाएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका स्थानीय अन्धकारमा बस्न बाध्य भएका हुन् । साविकको पाथेका गाविसस्थित सबै वडामा विस्तार गरिएको ६० किलोवाट क्षमताको विद्युत्का लागि...
तेह्रथुममा लाज र डरका कारण परिवार नियोजनका साधनको प्रयोग न्यून

तेह्रथुममा लाज र डरका कारण परिवार नियोजनका साधनको प्रयोग न्यून

तेह्रथुम, ७ असार । जिल्ला अस्पतालका डा मुक्तिनारायण शाहसहित स्वास्थ्यकर्मीहरुको टोली जेठको पहिलो साता पुरुष स्थायी बन्ध्याकरण (भ्यासेक्टोमी) शिविरका लागि पूर्वी संक्रान्तिबजार पुग्यो । आठराई गाउँपालिकालाई लक्ष्य गरी आयोजित एक दिने शिविरमा एक जना पनि सेवाग्राही आएनन् । संक्रान्तिबजारमा मात्रै हैन, कार्यालयले छथर र फेदाप गाउँपालिकामा आयोजना गरेको शिविरमा पनि सेवाग्राही आएनन् । जिल्लाका सबै स्थानी...
सयौँ बिगाह जग्गाको मुआब्जा भारतले अझै दिएन

सयौँ बिगाह जग्गाको मुआब्जा भारतले अझै दिएन

राजविराज, ७ असार । प्रदेश नं १ को सुनसरी र प्रदेश नं २ को सप्तरीस्थित भारदहको सिमानामा रहेको सप्तकोशी नदी पुल निर्माणको क्रममा भारत सरकारले अधिग्रहण गरेको सप्तरीवासीको सयौँ बिगाह नम्बरी जग्गाको मुआब्जा अझै उपलव्ध गराएको छैन । करीब ७३ वर्षअघिदेखि नेपाल सरकारले भारत सरकारसँग कूटनीतिकरुपमा ठोस पहल गर्न नसक्दा मुआब्जाकै पर्खाइमा तीन/तीन पुस्ताले समस्या झेल्नुपरेको हनुमाननगर कंकालनी नगरपालिका–२ का ग...
उदयपुरमा धान रोपाइँ शुरु

उदयपुरमा धान रोपाइँ शुरु

उदयपुर, ७ असार । यसपटक असार लाग्नासाथ मनसुन सक्रिय भएर वर्षा शुरु हुन थालेपछि उदयपुर जिल्लामा केही कृषकले असारको शुरुदेखि नै धान रोपाइँ शुरु गरेका छन् । विगतका वर्षमा सरदर असारको तेस्रो हप्तादेखिमात्र उदयपुरलगायत तराईका जिल्लामा धान रोपाइँ शुरु हुने गरेता पनि यस पटक वर्षा अगाडि नै शुरु भएपछि उदयपुरमा भने धानको बीउ हुर्किन लागेका स्थानमा कृषकले धान रोपाइँ शुरु गरेको संबद्ध कृषक बताउँछन् । अहिले...
भुटानी शरणार्थी समस्या ९० प्रतिशत पूरा

भुटानी शरणार्थी समस्या ९० प्रतिशत पूरा

दमक, ७ असार । अढाई दशकदेखि पूर्वी नेपालमा बसोबास गर्दै आएका भुटानी शरणार्थीको समस्या ९० प्रतिशत समाधान भइसकेको औँल्याइएको छ । विश्व शरणार्थी अवलोकन दिवस—२०१८ को अवसर पारेर बुधबार झापाको दमकस्थित बेलडाँगी भुटानी शिविरमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै नेपाल सरकार तथा दातृ संस्थाका अधिकारीले भुटानी शरणार्थी समस्या समाधान अन्तिम चरणमा पुगेको औँल्याएका हुन् । झापाका प्रमुख जिल्ला अधिकारी जनकराज ...
स्थानीय तहको सूचना प्रवाह बढाउँनुपर्छ: प्रमुख आयुक्त बास्कोटा

स्थानीय तहको सूचना प्रवाह बढाउँनुपर्छ: प्रमुख आयुक्त बास्कोटा

धनकुटा, ६ असार । सूचना अयोगका प्रमुख आयुक्त कृष्णहरी बास्कोटाले स्थानीय तहले प्रवाह गर्नुपर्ने सूचना नागरीकलाई सहज रुपमा उपलब्ध गराउन आग्रह गरेका छन् । बुधबार धनकुटा नगरपालिकामा आयोजित स्थानीयतहका जनप्रतिनिधि एवं कर्मचारीकालागि सूचनाको हक सम्बन्धि सचेतना कार्यक्रममा बोल्दै बास्कोटाले यस्तो बताएका हुन् । संविधानमा मौलिक हकको रुपमा व्यवस्था गरीएको सुचनाको हक मुख्य सेवाप्रवाह गर्ने स्थानीय तहबा...
फोहर संकलन गर्ने काइनेटिक टिपर हस्तान्तरण

फोहर संकलन गर्ने काइनेटिक टिपर हस्तान्तरण

विराटनगर, ६ असार । विराटनगर महानगरपालिकालाई ग्रीन मोटरले फोहर उठाउन सहज हुने एक थान काइनेटिक हाइड्रोलिक गार्बेज इलोक्ट्रोनिक टिपर हस्तान्तरण गरेको छ । महानगरका प्रमुख भीम पराजुली, उपप्रमुख इन्दिरा कार्की र प्रमुख प्रशासकीय अधिकृत कुमार दाहाललाई संयुक्त रुपमा ग्रीन मोटरका सञ्चालक आशिस जाजुले आज साँचो तथा टिपर हस्तान्तरण गरे । नगरका साना गल्लीमा सहजरुपमा लगेर फोहर संकलन गर्न सकिने भएकाले महानगरल...
प्रदेश १ मा कृषि क्षेत्रलाई दुई अर्ब ८५ करोड बजेट

प्रदेश १ मा कृषि क्षेत्रलाई दुई अर्ब ८५ करोड बजेट

विराटनगर, ६ असार । प्रदेश नं १ को कूल गार्हस्थ्य उत्पादन रु ५२ अर्ब ५० करोडमा कृषि क्षेत्रको योगदान ४८ दशमलव ४ प्रतिशत रहेको छ । यस प्रदेशका जनताको प्रतिव्यक्ति आय एक हजार १२४ अमेरिकी डलर रहेको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोद्वारा प्रस्तुत आर्थिक वर्ष २०७५/७६ को वार्षिक बजेटमा उल्लेख छ । प्रदेशको कृषि उत्पादन वृद्धि गरी प्रदेशलाई आत्मनिर्भर बनाउने र अन्य प्रदेशमा आ...
धनकुटामा मानव अधिकार उल्लंघनका घटना दोब्बर, पाँच महिनामा ४८ घटना

धनकुटामा मानव अधिकार उल्लंघनका घटना दोब्बर, पाँच महिनामा ४८ घटना

धनकुटा, ६ असार । बिगत पाँच महिनाको अवधिमा धनकुटामा मानव अधिकार उल्लंघन तथा ज्यादतिका घटना दुई गुणाले बढेको एक तथ्यांकले देखाएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ का लागि तयार पारेको प्रतिवेदनमा यस्तो पाईएको हो । इन्सेकले आज प्रतिवेदन सार्वजनिक गर्दै २०७४ पुुस १७ गतेदेखि २०७५ जेठ १७ गतेसम्मको अवधीमा ४८ वटा घटना भएको जानकारी दिएको छ । महिला हिंसाका ...
कोशी ब्यारेजबाट नदीमा ट्रक खस्दा दुई जनाको मृत्यु, ६ जनाको उद्धार

कोशी ब्यारेजबाट नदीमा ट्रक खस्दा दुई जनाको मृत्यु, ६ जनाको उद्धार

सुनसरी, ६ असार । कोशी नदीमा जेसिबी बोकेको ट्रक खस्दा दुईजनाको मृत्यु भएको छ । कोशी ब्यारेजको १९–२० नम्बरको ढोका नजिकबाट नम्बर नखुलेको ट्रक बढी लोड भएको कारण पुलबाट खसेको हो । प्रहरीले ट्रक खसेको स्थानबाट दुईवटा शव फेला परेको छ भने ६ को उद्धार गरेको छ । उद्धार गरिएकाहरु घाइते भएकाले उनिहरुलाई इनरुवा स्थित जिल्ला अस्पताल र बिराटनगर उपचारको लागी लगिएको सुनसरी प्रहरीले जानकारी दिएको छ । ब्यारेजको...
जेसीबी बोकेको ट्रक सप्तकोशीमा दुर्घटना

जेसीबी बोकेको ट्रक सप्तकोशीमा दुर्घटना

इटहरी, ६ असार । पश्चिमबाट पूर्वको इटहरी आउँदै गरेको मालवाहक ट्रक कोशी व्यारेजस्थित सप्तकोशी नदीमा दुर्घटना भएको छ । जेसीबी बोकेर इटहरीतर्फ आइरहेको ट्रक कोशी व्यारेजको १९ र २० नम्बर ढोका बीचमा दुर्घटना भएको हो । दुर्घटनामा परेका ९ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी नारायण चिमरियाले जानकारी दिए । दुर्घटनामा परेका २ जनाको अवस्था गम्भिर रहेको प्रहरीको भनाइ छ । विस्तृत विव...
संघीयता सफल बनाउनु अहिलेको आवश्यकता : मुख्यमन्त्री राई

संघीयता सफल बनाउनु अहिलेको आवश्यकता : मुख्यमन्त्री राई

विराटनगर, ६ असार । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई संघीयता हाम्रो मुलुकका लागि पहिलो अभ्यास भएकाले यसलाई सफल बनाउनु अहिलेको आवश्यकता रहेको बताएका छन् । निर्वाचन आयोग नेपालद्वारा आज विराटनगरमा आयोजित प्रदेश नं १ निर्वाचनको समीक्षा कार्यक्रमको उद्घाटन गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास गर्न निर्वाचन प्रणाली अपरिहार्य छ भने । उनले सिंहदरबारको अधिकार जनताको घरदैलोमा पु¥य...
सबैको रहर, सफा, सुन्दर, सुरक्षित र सक्षम विराटनगर

सबैको रहर, सफा, सुन्दर, सुरक्षित र सक्षम विराटनगर

विराटनगर, ६ असार।  स्थानीय निकायको निर्वाचन नहुँदा लामो समय जनप्रतिनिधिविहीन रहेको विराटनगर महानगरपालिकाले अहिले निर्वाचित जनप्रतिनिधिको सक्रियताका कारण नगरवासीले अनुभूति गर्ने किसिमको सेवा पाउन थालेका छन् । स्थानीयवासीका अनुसार महानगरभित्र सडक, ढल, खानेपानीको सेवालगायतको पूर्वाधार निर्माणमा मात्र होइन सामाजिक सुरक्षा र नगरको सौन्दर्यकरणमा पनि अनुकरणीय कार्य भइरहेका छन् । औद्योगिक नगरीको उपमा ...
पूर्वी नेपालमा भूकम्पको धक्का, ६ मिनेट भित्रै दुई पटक धक्का महसुस

पूर्वी नेपालमा भूकम्पको धक्का, ६ मिनेट भित्रै दुई पटक धक्का महसुस

धनकुटा, ६ असार । पूर्वी नेपालमा आज बिहान दुई पटक भूकम्पको धक्का महसुस भएको छ । ताप्लेजुङ केन्द्रविन्दु भएर ६ मिनेटको अन्तरमा दुई पटक भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । विहान ९ बजेर ५४ मिनेटमा ४ दशमलव ८ रेक्टरस्केलको भूकम्प गएको छ । लगत्तै १० बजे ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । ताप्लेजुङसहित धनकुटा, तेह्रथुम, पाँचथर, इलाम लगायत जिल्लामा...
पाख्रीवासमा कन्ट्रक्सन कम्पनीलाई लक्षित गरेर राखिएको बम डिस्पोज

पाख्रीवासमा कन्ट्रक्सन कम्पनीलाई लक्षित गरेर राखिएको बम डिस्पोज

धनकुटा, ६ असार । धनकुटाको पाख्रीवास स्थित कञ्चनजंघा कन्ट्रक्सन कम्पनीको कार्यालयलाई लक्षित गरेर राखिएको ग्रिनेट बम आज बिहान निष्कृय पारिएको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निष्कृय पारेको हो । पाख्रीवास नगरपालिका–४ मा रहेको सो कम्पनीको कार्यालय नजिक गएराति रेडवुलको बट्टामा राखिएको अवस्थामा बम फेला परेको थियो । त्यसपछि प्रहरीले सुरक्षा सर्तकता बढाएर सो क्षेत्रलाई नियन्त्रणमा राखी बम निष्क...
पाख्रीवासमा शंकास्पद बस्तु फेला, सुरक्षा सर्तकता बढाईयो, बम डिस्पोजल टोली घटनास्थलमा

पाख्रीवासमा शंकास्पद बस्तु फेला, सुरक्षा सर्तकता बढाईयो, बम डिस्पोजल टोली घटनास्थलमा

धनकुटा, ६ असार । धनकुटाको पाख्रीवास स्थित कञ्चनजंघा कन्ट्रक्सन कम्पनीको कार्यालय नजिक आज शंकास्पद बस्तु फेला परेको छ । पाख्रीवास नगरपालिका–४ मा रहेको सो कम्पनीको कार्यालय लक्षित गरी राखिएको अवस्थामा बम जस्तो देखिने शंकास्पद बस्तु फेला परेपछि प्रहरी घटनास्थलमा परिचालन गरिएको छ । राति नै उक्त बस्तु फेला परेपछि प्रहरीले सो क्षेत्रमा सुरक्षा सर्तकता बढाएको छ । शंकास्पद बस्तुको पहिचान र डिस्पोजका ल...
धनकुटामा यसरी पल्टियो यात्रुबाहक बस (फोटो फिचरसहित)

धनकुटामा यसरी पल्टियो यात्रुबाहक बस (फोटो फिचरसहित)

धनकुटा, ५ असार । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कार्कीछापमा आज अपरान्ह यात्रुबाहक बस दुर्घटना हुँदा २६ जना घाईते भएका छन् । रौतहटको बिजयपुर नगरपालिकाबाट कृषि सम्बन्धि कार्यक्रम र अवलोकन भ्रमणका लागि पाख्रीवास जाँदै गरेको ना.५ ख.३३२८ नम्बरको बस अपरान्ह करिव साँढे ३ बजे कार्कीछापमा पल्टिएको हो । दुर्घटनामा परी घाईते भएका २६ जनालाई उपचारका लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठा...
error: Content is protected !!