इलाममा अलैँचीको बिरुवा बिक्न छाड्यो
इलाम, १० असार । इलाममा अलैँचीको (बिजु) बिरुवा बिक्न छोडको छ । अलैँचीको दाम घट्दै गएको र किसान आफैँसँग पर्याप्त बिरुवा भएका कारण बिरुवा बिक्न छोडेको हो ।
विगतका वर्षहरूमा वैशाख महिनाबाट नै बिक्री हुने बिरुवा यसवर्ष असार पहिलो हप्ता बितिसक्दासमेत नर्सरीबाट बिरुवा नबिकेको सम्बद्ध किसानहरूको गुनासो छ । जिल्लाको सबैभन्दा बढी बिरुवा उत्पादन हुने रोङ गाउँपालिका–६ जिर्मलेबाट यस वर्ष बिरुवा निकासी नभएको...



























