भोजपुर, ८ कात्तिक । हतुवागढी गाउँपालिकामा चौथो घोडेटार गोल्डकप २०७५ आजदेखि शुरु भएको छ । यही कात्तिक १२ गतेसम्म चल्ने फुटबल प्रतियोगितामा १४ टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ ।

प्रतियोगिताका गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले आज उद्घाटन गरे । आज भएको पहिलो खेलमा आयोजक घोडेटार फुटबल क्लबले हतुवाली ब्रदर्श फुटबल क्लबलाई ४–२ गोलअन्तरले पराजित गरेको छ ।

Advertisement

त्यस्तै दोस्रो खेलमा नरहा फुटबल क्लब सुनसरीले हतुवागढी एकलाई २ –१ गोल अन्तरले पराजित गरेको छ । खेलको विजेता टोलीले रु एक लाखका साथमा ट्रफी, पदक र प्रमाणपत्र तथा उपविजेताले रु ५० हजारका साथमा पदक र प्रमाणपत्र पाउनेछन् ।

लोकवार्ता सम्मेलन कात्तिक तेस्रो साता

लोकवार्ता परिषद् नेपालको आठौंँ राष्ट्रिय सम्मेलन यही कात्तिक १३ देखि १५ गते यहाँ हुने भएको छ । देशभरका विज्ञको सहभागिता रहने सम्मेलनमामार्फत लोकसंस्कार, संस्कृति, विभिन्न बाजाको ज्ञान र सीपको संरक्षण, परम्परागत खानपान, वेशभूषा, धर्मकर्मलगायत विषयमा प्राज्ञिक कार्यपत्र प्रस्तुत हुने परिषद्का केन्द्रीय सचिव डा भक्त राईले बताउनुभयो ।

सम्मेलनमा भोजपुरका जातजातिको संस्कार संस्कृति, भोजपुर टक्सारको ऐतिहासिक महत्व, बालागुरु षडानन्द एवं योगमायाका विषयमा करीब ६० कार्यपत्र प्रस्तुत गरिनाका साथै विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्ति एवं संस्थालाई सम्मान गरिने बताइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!