पाँचथर, ८ कात्तिक । नेपालसँग स्थलमार्गबाट जोडिन सिक्किम सरकारले सडक निर्माण तीव्र पारेको छ। सिक्किम सरकारले नेपाल–भारत सिमाना चिवाभञ्याङसम्म सडक निर्माणको काम अघि बढाएको हो। डिसेम्बरसम्म यो सडक निर्माण सक्ने योजना छ।

पुष्पलाल (मध्य पहाडी ) लोकमार्गको सुरु बिन्दु नेपाल–भारत सिमाना चिवाभञ्याङसम्म सडकले जोड्न सिक्किम सरकारको योजना छ। सिक्किमको दक्षिणी उत्तरे बजारनजिकैको सोकपाखा भन्ने ठाँउबाट नेपालको चिवाभञ्याङसम्म सडक बनाउन लागिएको हो।

Advertisement

डिसेम्बरभित्र यो सडक उद्घाटन गर्ने गरी काम भइरहेको झाँक्रीढुंगाका समाजिक अगुवा अशोक क्षेत्रीले जानकारी दिए। करिब ७० प्रतिशत काम सकिएको उनले बताए। सीमा राजमार्गको गुणस्तरमा काम भइरहेको उनले बताए। आजको नागरिक दैनिकमा यो खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!