भोजपुर, ७ कात्तिक । छिमेकीको दाउराको चिरपट प्रहारबाट भोजपुरको षडानन्द नगरपालिका ५ आपटारेमा एक युवकको मृत्यु भएको छ ।

मंगलवार पुरानो रिसइवीका कारण स्थानिय पञ्च वहादुर भनिने २७ वर्षीय मान वहादुर मगरले आफ्नै छिमेकी २६ वर्षीय सुरेश राईलाई चिरपट दाउराले टाउकोमा प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

Advertisement

चिरपट प्रहारबाट गम्भिर घाइते वनेका सुरेशको संखुवासभा तुमलिङटारको मनकामना अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने क्रममा वाटोमा मृत्यु भएको प्रहरीको भनाई छ ।

कुटपिट गर्ने मान वहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!