भोजपुर, ६ कात्तिक । भोजपुर नगरपालिका –१ भामराङ्गले वडाभित्रका सबै सामुदायिक विद्यालयमा ई–हाजिरी जडान गरेको छ । वडाका प्रस्तावित सिंहदेवी माध्यमिक विद्यालय र चण्डेश्वरी आधारभूत विद्यालयमा इ–हाजिरी जडान गरेको हो ।

Advertisement

वडा कार्यालयले विद्यालयमा शिक्षकलाई नियमित उपस्थिति गराई शिक्षाको गुणस्तर कायम गर्न इ–हाजिरीको व्यवस्था मिलाएको वडाध्यक्ष विष्णुकुमार भुजेलले जानकारी दिए ।

सो वडा भोजपुर नगरपालिकाभित्रका १२ वटा वडामध्ये इ–हाजिरीको व्यवस्था गर्ने पहिलो वडा रहेको वडाध्यक्ष भुजेलको जिकिर छ ।

साथै ई– हाजिरी जडान गरिएपछि शिक्षाको गुणस्तरमा सुधार आएको उनको भनाइ छ । त्यस्तै निजी स्रोतमा काम गरेका दुवै विद्यालयका एक एक शिक्षकलाई वडा कार्यालयले तलब खुवाउने निर्णयसमेत गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!