उदयपुर, ७ कात्तिक । उदयपुरमा एक बृद्धालाई मानव मलमुत्र खुवाईएको छ । उदयपुरगढी गाउँपालिका वडा नं. ५ मौवासीकी ७५ बर्षिय महिलालाई मलमुत्र खुवाएको हो ।

गाउँमा एक्लै बसी गुजारा गर्दै आएकी बृद्धालाई छिमेकीको परिवारै मिलेर मलमुत्र खुवाएको व्यहोराको निवेदन जिल्ला प्रहरीमा आएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । छाडा पशु चौपायाको विषयमा विवाद हुदाँ वृद्धालाई मानव मलमूत्र जाहेरीमा उल्लेख छ ।

Advertisement

छाडा पशुले बाली खाएको विवादमा मंगलबार राती छिमेकी बक्ते राई, उनकै श्रीमती गर्भि राई र छोरा देव वहादुर राईले कुटपिट गरि दिसा गर्न लगाई सोही दिसा खुवाई दिएको उजुरी आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक ललन प्रसाद कुर्मीले जानकारी दिए ।

प्रहरी निरिक्षक कुर्मीका अनुसार जिउ भरी नै दिशा लिएर जिल्ला प्रहरी कार्यालय आईपुगेकी बृद्धाको छिमेकीको कुटाईबाट दाहिने आखाँमा गम्भिर चोट लागेको छ भने शरीरको अन्य भागमा पनि निलडामहरु रहेका छन् । बृद्धाको थप उपचार र घाउ जाँचको लागि जिल्ला अस्पताल उदयपुर पठाएको र आरोपीलाई पक्राउ गर्नको लागि प्रहरी परिचालन गरिएको प्रहरी निरीक्षक कुर्मीले जानकारी दिए ।

छिमेकीले दिनहु जसो आफ्नो बारीमा छाडा गाई बस्तु छोड्ने र लगाएको बालिनाली नास गरेपछि हैरान भई छिमेकीलाई दुखेसो पोख्दा उल्टै आफुलाई मलमुत्र खुवाईएको बृद्धाले बताईन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!