पदम राई/संगालोखबर

धनकुटा, २ कात्तिक । धनकुटाको साँगुरीगढी गाउँपालिका–८ ढुंगेमा सुक्रवारसाँझ भीरबाट खसेको ढुंगाले लागेर दुई जना घाइते भएका छन् । घाईते हुँनेमा साँगुरिगढी–१० का ३२ बर्षीया सन्चिला राई र उनका ८ बर्षीय छोरा एलेन राई छन् ।

Advertisement

छोरालाई लिएर साँगुरीगढी–७ छिनामचौक स्थित माईतीमा बिजयादशमीको टिका लगाउँन जाँदै गर्दा उनीहरुलाई स्थानीय ढुंगे भीरबाट खसेको ढुंगाले लागेको हो ।

ढुंगाले लाग्दा दुवै जनाको टाउकोमा गंभीर चोट लागेको छ । साँगुरिगढी–८ ढुङ्गेका स्थानीयले घाइते दुवै जनालाई भीरबाट उद्धार गरेका हुन् ।

घाईते दुवै जनालाई उपचारका लागि धरान स्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको स्थानीय अर्जुण राईले संगालोखबरलाई जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!