संगालोखबर सम्बाददाता

विराटनगर । विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा आज एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । उपचारका क्रममा बिहान करिब ११ बजे सिराहाको लाहान घर भई विराटनगर–१० बस्दै आएकी ६५ वर्षीया महिलाको मृत्यु भएका अस्पतालले जनाएको छ ।

Advertisement

दमरोगीसमेत रहेकी उनमा हिजो कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएकी उनलाई स्वास्थ्यमा समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको हो ।

यसैवीच आजै धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मोरङको बेलबारी र झापाको दमकका एक÷एक जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!