धनकुटामा वक्सिङ्ग संघ गठन, सर्वधन भए अध्यक्ष

धनकुटामा वक्सिङ्ग संघ गठन, सर्वधन भए अध्यक्ष

धनकुटा, ३१ असार । धनकुटामा वक्सिङ्ग संघ गठन भएको छ । सर्वधन तामाङ्गको अध्यक्षतामा ९ सदस्यीय जिल्ला बक्सिङ्ग संघ गठन भएको हो । नव गठित समितिको उपाध्यक्षमा किरण राई, सचिवमा पूर्णकुमार चौधरी र कोषाध्यक्षमा रिन्कु दास चयन भएका छन । त्यस्तैगरी रोजन श्रेष्ठ, चन्द्र लिम्बु, प्रविन तामाङ्ग, प्रमिला राई र रोशनी लिम्बु सदस्यमा चयन भएका छन । थप दुई सदस्य मनोनयन गरी ११ सदस्यीय जिल्ला कार्यसमिति ...
वडाध्यक्षद्धारा खेलकुद सामाग्री प्रदान

वडाध्यक्षद्धारा खेलकुद सामाग्री प्रदान

सिधुवा (धनकुटा), २९ असार । धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नम्वर ६ का नव निर्वाचित वडाध्यक्ष दिलबहादुर थापाले सिधुवाको सिंहदेवी युथ क्लवलाई खेलकुद सामाग्री प्रदान गरेका छन । एक कार्यक्रमको आयोजना गरी चुनाव अघि गरेको वाचा बमोजिम वडाध्यक्ष थापाले क्लवलाई फुटबल, जर्सीसहित अन्य खेल सामाग्री प्रदान गरेका हुन । वडाअध्यक्ष थापाले २ थान फुटबल, एक÷एक सेट फुटबल जर्सी तथा अन्य सामाग्री प्रदान गरेको कार...
चित्रवन रङ्गशाला निर्माणको काम सुरु

चित्रवन रङ्गशाला निर्माणको काम सुरु

चितवन । पश्चिम चितवनको चित्रवनमा अत्याधुनिक सुविधासहितको रङ्गशाला निर्माणको काम अघि बढेको छ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले चितवन प्याकेजअन्तर्गत रु ५० करोड बजेट दिलाउने र तत्कालका लागि रु ५० लाख पठाउने आश्वासनसँगै काम अघि बढेको हो । जिल्ला समन्वय समितिमा रु ५० लाख थप बजेटका रुपमा निकासा भइसकेको छ भने अरु रकम पूरक बजेटमार्फत बहुवर्षीय योजनामा पार्ने बताइएको छ । चित्रवन रङ्गशाला निर...
अत्याधुनिक कभर्डहलको निर्माण सम्पन्न

अत्याधुनिक कभर्डहलको निर्माण सम्पन्न

पर्वत (फलेवास) । पर्वतमा अत्याधुनिक ब्याडमिन्टन कभर्डहल निर्माण भएको छ । पर्वत ब्याडमिन्टन सङ्घको पहलमा रु ५१ लाखको लागतमा उक्त कभर्डहल निर्माण भएको हो । यसअघि विभिन्न खुला चौरमा निर्माण गरिएका कोर्ट र पार्टी प्यालेसलगायतका स्थानमा खेल्दै आएका ब्याडमिन्टन खेलाडी अव भने कभर्डहलमा खेल्न पाउने भएका छन् । करिब ६ महिनामा उक्त कभर्डहलको निर्माण कार्य सम्पन्न भएको हो । कभर्डहल निर्माणका लागि ब...
प्रधानमन्त्री राष्ट्रिय क्रिकेट प्रतियोगितामा आर्मी र पुलिसबीच प्रतिस्पर्धा हुने

प्रधानमन्त्री राष्ट्रिय क्रिकेट प्रतियोगितामा आर्मी र पुलिसबीच प्रतिस्पर्धा हुने

काठमाडौ । प्रथम प्रधानमन्त्री राष्ट्रिय क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्ने भएका छन् । कीर्तिपुरस्थित त्रिवी मैदानमा भोलि हुने अन्तिम खेलमा दुबै टोली विजय लक्ष्यका साथ प्रतिस्पर्धामा उत्रने छन् । त्रिभुवन आर्मी क्लबले सेमिफाइनल खेलमा मध्यमाञ्चल विकास क्षेत्रलाई चार विकेटले पराजित गर्दै फाइनलमा आफनो स्थान सुरक्षित गरेक...
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल भारतसँग पराजित

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल भारतसँग पराजित

काठमाडौँ। एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपाल भारतसँग पराजित भएको छ । भारतस्थित मुम्बईको अँधेरी स्पोर्टस् कम्प्लेक्समा आज भएको अन्तर्राष्टिय मैत्रीपूर्ण खेलमा नेपाल भारतसँग शुन्यका विरुद्ध दुई गोलअन्तरले पराजित भएको हो । खेलको पहिलो मध्यान्तरसम्म गोल हुन नदिएको नेपालले मध्यान्तरपछि दुई गोल खान पुग्यो । खेलको ५९ औँ मिनेटमा भारतका सन्देश झिगनले पहिलो गोल गरे भने खेलको ७८ औँ मिनेटमा अर्का खे...
प्रधानमन्त्री कप क्रिकेट: नेपाल पुलिस फाइनल प्रवेश

प्रधानमन्त्री कप क्रिकेट: नेपाल पुलिस फाइनल प्रवेश

काठमाडौँ । नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बल (एपिएफ)लाई पराजित गर्दै प्रधानमन्त्री कप क्रिकेट प्रतियागिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको सेमिफाइनल खेल वर्षाले प्रभावित भएपछि डकवर्थ लेविस नियमका आधारमा नेपाल पुलिस क्लबले एफिएफलाई ३४ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएका पुलिस क्लबले निर्धारित ५० ओभरमा ९ व...
च्याम्पियन्स ट्रफि : इकवाल र रुटले बनाए शतक, इंग्ल्याण्ड ८ विकेटले विजयी

च्याम्पियन्स ट्रफि : इकवाल र रुटले बनाए शतक, इंग्ल्याण्ड ८ विकेटले विजयी

काठमाडौ। च्याम्पियन्स ट्रफि क्रिकेटमा इंग्ल्याण्डले बंगलादेशलाई ८ विकेटले हराएको छ । बंगलादेशले दिएको ३ सय ६ रनको लक्ष्य इंग्ल्याण्डले ४७ ओभर २ बलमा मात्र २ विकेट गुमाएर भेट्टायो । इंग्ल्याण्डलाई जिताउन जोय रुटले १ सय २९ बलमा नटआउट १ सय ३३ रन बनाए । एलेक्स हेल्सले ८६ बलमा ९५ रन, इयान मोर्गनले ६१ बलमा नटआउट ७५ रनको योगदान गरे । बंगलादेशका मसरफी मोरटाजा र सब्बिर रहमानले एक एक विकेट लिए । ओ...
राइजिङ क्रिकेट बुमन काठमाडौँलाई महिला क्रिकेटको उपाधि

राइजिङ क्रिकेट बुमन काठमाडौँलाई महिला क्रिकेटको उपाधि

धनगढी। कैलालीको अत्तरियामा भएको ‘रुस्लान अत्तरिया कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता‘को उपाधि राइजिङ क्रिकेट वुमन काठमाडौँले जितेको छ । आज भएको फाइनल खेलमा विभागीय टोली एपिएफलाई १७ रनले पराजित गर्दै राइजिङले उपाधि जितेको हो । उपाधिसँगै उसले नगद रु दुई लाख र ट्रफी हात पारेको छ भने उपविजेता विभागीय टोली एपिएफले पनि रु एक लाख प्राप्त गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको राइजिङले निर्धार...
कोदार क्लवलाई एन्फा लिग फुटवलको उपाधी

कोदार क्लवलाई एन्फा लिग फुटवलको उपाधी

भोजपुर । कोदार फुटवल क्लवले जिल्ला स्तरीय एन्फा लिग फुटवल प्रतियोगिताको उपाधी हात पारेको छ । वैकरोड फुटवल क्लवलाई ३–० गोल अन्तरले पराजित गर्दै कोदार फुटवल क्लवले उपाधी उचालेको हो । उपाधीका लागि फाइनल खेलमा दुई टिम वीच कडा प्रतिस्पर्धा भएको थियो । जितसंगै कोदार फुटवल क्लवले २० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र पाएको छ । उप–विजेता वैकरोड फुटवल क्वलले १० हजार नगद र प्रमाण पत्र पाएको जिल्ला फुटवल सं...
हार सहन नसकेपछि नेयमार यसरी विपक्षीको अंगालोमा रोए

हार सहन नसकेपछि नेयमार यसरी विपक्षीको अंगालोमा रोए

काठमाडौं । च्याम्पियन्स लिगको मेडल जित्ने सपना टुटेपछि बार्सिलोनाका नेयमारले आफूलाई सम्हाल्न सकेनन् र मैदानमै रोएका छन् । पहिलो लेगमा ३-० को हार व्यहोरेको बार्सिलोनाले घरेलु मैदानमा पुनरागमन गर्न चाहेको थियो । तर, युभेन्टसको असाधारण रक्षात्मक प्रदर्शनका अगाडि केही लागेन र समग्रमा ३-० को हार व्यहोर्दै बाहिरिएको छ । रेफ्रीले खेल सकिएको संकेत गरे लगतै नेयमार गहभरी आँसु पार्दै रोए । उनलाई टिममेट...
हिलेका युवाले ५० लाखको कवड हल बनाउँदै (भिडियोसहित)

हिलेका युवाले ५० लाखको कवड हल बनाउँदै (भिडियोसहित)

धनकुटा । धनकुटाको हिलेमा खेलकुद क्षेत्रको बिकासका लागि स्थानीय युवाहरुले कवड हल निर्माण थालेका छन । युवाहरुको सक्रियतामा स्थानीय टिमुरेमा ५० लाख लगानी पर्ने कवड हल निर्माण थालिएको हो । हिले ब्याडमिन्टन क्लवमा आवद्ध युवाहरुको सक्रियतामा निर्माण भईरहेको कवड हलको करिव ४० प्रतिसत काम पुरा भएको ब्याडमिन्टन क्लवका अध्यक्ष राम बहादुर तामाङ गोङ्वाले जानकारी दिए । उनका अनुसार कवड हल नहुँदा ब्याडमिन...
भोजपुरमा एन्फा लिग फुटवल प्रतियोगिता सुरु

भोजपुरमा एन्फा लिग फुटवल प्रतियोगिता सुरु

भोजपुर । भोजपुरमा जिल्ला स्तरीय एन्फा लिग फुटवल प्रतियोगिता शुरु भएको छ । अखिल नेपाल फुटवल संघको आयोजना तथा भोजपुर जिल्ला फुटवल संघको स्थानीय आयोजनामा प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा १२ वटा क्लव वीच प्रतिस्प्रधा हुने जिल्ला फुटवल संघका अध्यक्ष प्रविन सुवालले जानकारी दिए । प्रतियोगिताको पहिलो खेलमा कोदार फुटवल क्वलले ४–० गोल अन्तरले लाइवेरी फुटवल क्लवलाई पराजित गरेको छ । त्यस्तै दोस्रो...
पारस चम्किए, टिम चौराहा डिपिएलको प्लेअफमा छनौट

पारस चम्किए, टिम चौराहा डिपिएलको प्लेअफमा छनौट

कैलाली । पारस खड्काको बिष्फोटक पारीको सहयोगमा रुपन्देही च्यालेञ्जर्सलाई हराउँदै धनगढी टिम चौराहा धनगढी पि्रमियर लिगको प्ले अफमा छनौट भएको छ । चौराहाले कञ्चनपुर आइकोनिकलाई नेट रनरेटमा पछि पार्‍यो । क्वालिफायरमा छनौट हुन रुपन्देहीले दिएको ९२ रनको लक्ष्य चौराहाले १४ ओभरभित्र पूरा गर्नुपर्ने थियो । त्यसमा कप्तान पारसको बिष्फोटक पारीको सहयोगमा चौराहाले ११ ओभरभित्रै ४ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ...
एपिएफलाई रामनवमी भलिबलको उपाधी

एपिएफलाई रामनवमी भलिबलको उपाधी

धनकुटा । शसस्त्र प्रहरीको राष्ट्रिय भलिवल टिम (एपिएफ) ले धनकुटाको हिलेमा सञ्चालित १२ औं रामनवमी भलिवल प्रतियोगिताको उपाधी हात पारेको छ । बुधवार भएको फाईनल खेलमा न्यु शिखर सुज इटहरी भलिवल क्लवलाई पराजित गर्दै एपिएफले उपाधी जितेको हो । एपिएफले २५–२३, २५–२२ र १८–१६ को सोझो सेटमा न्यू शिखर सुजलाई पराजित गरेको हो । उपाधीसँगै एपिएफले ७५ हजारसहित ट्रफि हात पारेको छ । उप–विजेता न्यू शिखरले ४० हजार र ट्र...
पोर्चुगलमा बनाईएको रोनाल्डोको शालिकले सबैलाई हँसायो

पोर्चुगलमा बनाईएको रोनाल्डोको शालिकले सबैलाई हँसायो

पोर्चुगल सरकारले आफ्नो देशको स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको सम्मानमा अनावरण गरेको शालिक अहिले विश्वभरि छरिएर रहेका उनका समर्थकहरुका लागि हाँस्ने बाटो बनेको छ। रोनाल्डोको जन्म भएको शहर माडेइरामा विहिबार उनको हाँसिरहेको शालिक अनावरण गरिएको थियो। शालिकको अनुहार उनीभन्दा पनि आयरल्यान्डका पूर्व कप्तान नियाल क्विननसँग मिल्न पुगेपछि अहिले सोशल मिडियामा ठट्टा गर्नेको बाढि नै आएको छ। माडेइर...
खैराङ्ग फुटवल क्लवलाई हतुवाघडी गोल्डकपको उपाधी

खैराङ्ग फुटवल क्लवलाई हतुवाघडी गोल्डकपको उपाधी

भोजपुर । खैराङ्ग फुटवल क्लवले भोजपुरको दक्षिणी घोरेटारमा सञ्चालित भिमदल चौथो स्मृति हतुवाघडी गोल्डकपको उपाधी हात पारको छ । सोमवार भएको फाइनलमा कोट फुटवल क्लवलाई ३–१ गोल अन्तरले हराउँदै खैराङ्ग फुटवल क्वलले उपाधी जितेको हो । जितसँगै उसले ७० हजार २२ रुपैयासहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । उप–विजेता कोट फुटबल क्लवले ३५ हजार ३० रुपैया नगदसहित मेडल र प्रमाणपत्रमा चित्र बुझाउँनु परेको छ । खेलक...
विश्व क्रिकेट लिग च्याम्पियनसिप : केन्यामाथि नेपालको शानदार जित

विश्व क्रिकेट लिग च्याम्पियनसिप : केन्यामाथि नेपालको शानदार जित

विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तरगत केन्यासँगको दोस्रो म्याचमा नेपालले शानदार जित हात पारेको छ । उत्कृष्ट बलिङ, ब्याटिङ र फिल्डिङ गरेको नेपालले केन्यालाई सात विकेटले मात दियो । नेपालका तर्फबाट ज्ञानेन्द्र मल्लले ब्याटिङमा कप्तानी इनिङ खेले । ज्ञानेन्द्रलाई दिपेन्द्र ऐरीले बलियो साथ दिए । यसअघि नेपालले उत्कृष्ट बलिङ गर्दै केन्यालाई १ सय ५५ रनमा समेटेको थियो । नेपालका पार्ट टाइम स्पिनर...
विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल केन्यासँग पराजित

विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल केन्यासँग पराजित

विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल केन्यासँग  पराजित भएको छ । वर्षाले प्रभावित खेलमा केन्याले डीएल मेथडका आधारमा ९४ रनको लक्ष्य पाएको थियो, जसलाई उसले २४ औं ओभरमा ५ विकेट गुमाएर भेट्टायो । वर्षाका कारण ३८ ओभरमा छोट्याइएको खेलमा नेपालले ३६ ओभरमा ८ विकेट गुमाएर ११२ रन बनाउँदा पानीले रोकियो । डीएल मेथडका आधारमा केन्याले २९ ओभरमा १०४ रनको लक्ष्य पायो । वर्षाका कारण ३८ ओभरमा छोट्याइएको खेलम...
३६ ओभरमा नेपालको ११२ रन, पानीले खेल रोकियो

३६ ओभरमा नेपालको ११२ रन, पानीले खेल रोकियो

काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसीप क्रिकेट अन्तर्गत नेपालले केन्याविरुद्ध १ सय १२ रन बनाउँदा खेल रोकिएको छ । खेल ३६ ओभरमा पुग्दा वर्षाका कारण रोकिएको हो । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ३६ ओभरमा पुरा ८ विकेट गुमाएर ११२ रन बनाएको छ । वर्षाका कारण ३८ ओभरमा खेलाइएको खेलको पहिलो पारीमा नेपाली ब्याट्सम्यानले फितलो प्रदर्शन गरे । केन्याका बलरहरुले ओसिलो मैदानमा घरेलु टोलीलाई खुलेर ख...
झरीका कारण नेपाल र केन्याबीचको खेल प्रभावित, घाम लागेपछि खेल हुने

झरीका कारण नेपाल र केन्याबीचको खेल प्रभावित, घाम लागेपछि खेल हुने

काठमाडौ । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा आज तय भएको नेपाल र केन्या वीचको खेल बर्षाका कारण प्रभावित भएको छ । कीर्तिपुरस्थित क्रिकेट मैदानमा आज बिहान ९ : ३० बजे खेल सुरु हुने तय गरिएको थियो । लगातार पानी परेकाले खेल निर्धारित समयमा सुरु हुन नसकेको हो । तर, अहिले कीर्तिपुर मैदान क्षेत्रमा घाम लागेकाले खेल हुने आशा पलाएको छ । दुवै देशका खेलाडीहरु प्रतियोगितास्थल पुगेका छन् । झरीले बिथोलेको आजको ख...
काठमाडौंको टुँडिखेलमा मोवाइल फ्याक्ने प्रतियोगिता

काठमाडौंको टुँडिखेलमा मोवाइल फ्याक्ने प्रतियोगिता

काठमाडौं । सुन्दा अचम्म लाग्न सक्छ तपाईँलाई कि कसैले मोवाइल फाल्यो भन्दा। तर काठमाडौंको टुँडिखेलमा मोवाइल फ्याक्ने प्रतियोगिता भएको छ। सयौं सहभागीले आ-आफनो मोवाइललाई बलले भ्याएसम्म टाढा पुग्ने गरी फालेर प्रतियोगितामा सहभागिता जनाए । सबैभन्दा वढी फाल्न सक्ने प्रतियोगिलाई मोवाइल नै पुरस्कार दिने बन्दोवस्त रहेकाले उनीहरुले बलले भ्याएसम्म टाढा मोवाइल फालिदिएका हुन्। यसका लागि त्यहाँ केही नियम बनाइएको...
११ औं अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप सुरु

११ औं अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप सुरु

सुनसरी । ११ औँ अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता शनिवारबाट सुरु भएको छ । भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रि सिताराम मेहताले प्रतियोगिता उद्घाटन गरेका छन । प्रतियोगिता उद्घाटन गर्दै राज्यमन्त्रि मेहताले इटहरीले धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरेकाले प्रतियोगितालाई निरन्तरता दिन आग्रह गरेका छन । उनले जिवनमा खेल अपरीहार्य भएकाले राज्यले पनि खेललाई प्...
४ वर्षपछि सचिनको खुलासा, किन लिए उनले सन्यास?

४ वर्षपछि सचिनको खुलासा, किन लिए उनले सन्यास?

मुम्बई । भारतीय क्रिकेटका महान ब्याट्सम्यान सचिन तेन्दुलकरले पहिलो पल्ट आफ्नो सन्यासको विषय सार्वजनिक गरेका छन्। लामो समय आफ्नो सन्यासको विषयमा गुपचुप बस्दै आएका सचिनले सोशल मिडिया ‘लिङक्डइन’ मार्फत सन्यासको कारण सार्वजनिक गरेका हुन् । उनले सन् २०१३ को अक्टुवरमा आयोजना भएको च्याम्पियन्स लिग टि–२० खेल्ने क्रममा पहिलो पल्ट आफ्नो दिमागमा सन्यासको विचार आएको बताएका छन् ।  सचिनले च्याम्पियन्स लिगक...
शनिबारदेखि इटहरी आमन्त्रण गोल्डकप

शनिबारदेखि इटहरी आमन्त्रण गोल्डकप

इटहरी । शनिबारदेखि इटहरी आमन्त्रण गोल्डकप फुटबलको ११ औं संस्करण सुरु हुँने भएको छ । आयोजक राष्ट्रिय जागृति क्लबले बिहीबार पत्रकार सम्मेलन गरेर प्रतियोगिताको वारेमा जानकारी दिएको हो । आयोजकका अनुसार यसपालि प्रतियोगितामा ८ टिम सहभागी हुनेछन । हिमालयन शेर्पा, चर्च ब्वाइज, मोरङ ११, ब्वाइज युनियन, झापा ११, सुनसरी ११, कञ्चनजंघा स्पोर्टिङ क्लब भारत र आयोजक राष्ट्रिय जागृति क्लब मैदानमा उत्रँदै छन् । ...
पुलिस क्लवलाई बुढासुब्बा गोल्डकपको उपाधी

पुलिस क्लवलाई बुढासुब्बा गोल्डकपको उपाधी

धरान । नेपाल पुलिस क्लवले १९ औं अन्र्तराष्ट्रिय आमन्त्रण रेडबुल बुढासुब्बा गोल्डकप फुटवल प्रतियोगिताको उपाधि जितेको छ ।  एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा शनिवार भएको फाईनल खेलमा संकटा क्लवलाई सडन डेथमा ६–५ गोल अन्तरले पराजित गर्दै पुलिस क्लवले बुढासुब्बा गोल्डकपको उपाधि उचालेको हो । निर्धारित समयमा दुबै तर्फ १–१ गोलको बराबरी भएपछी खेल ट्राईबेकरमा गएको थियो । टाइबेकरमा पनि ३–३ गोलको बराबरी भएपछ...
विश्व क्रिकेट लिगः हङकङ डच टोलीसँग फेरि हार्‍यो

विश्व क्रिकेट लिगः हङकङ डच टोलीसँग फेरि हार्‍यो

काठमाडौं, ७ फागुन । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेदरल्याण्डले हङकङलाई १३ रनले हराएको छ । लगातार दुई जितसँगै डच टोली १० खेलबाट १६ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । ११ अंक जोडेको हङकङ तेस्रो स्थानमा छ । नेपाल ८ खेलबाट ६ अंकसहित छैटौं स्थानमा छ । नेदरल्याण्डले प्रस्तुत गरेको ३१५ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली हङकङले ५० ओभरमा ८ विकेट गुमाएर ३०१ रन मात्र बनाउन सक्यो । ...
बुढासुब्बा गोल्डकपको उद्घाटन खेलमा संकटा बिजयी

बुढासुब्बा गोल्डकपको उद्घाटन खेलमा संकटा बिजयी

सुनसरी । १९ औं बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा सिएमजी क्लव संकटा बिजयी भएको छ । धरानस्थित टेक्निकल सेन्टरको मैदानमा भएको खेलमा भ्रमणकारी दुर्गापुरी स्टिल क्लब कोलकातालाई ३–२ ले हराउँदै संकटा बिजयी भएको हो । विश्व अधिकारीको पासमा संकटाका मार्टिन अजयले दोस्रो मिनेटमै गोलको खाता खोलेका थिए । १–० ले पछि परेको पाहुना टिम दुर्गापुरीले खेलको २४ औं मिनेटमा बराबरी गोल फर्कायो...
मीरालाई सरकारले ३० लाखसहित सम्मान गर्ने

मीरालाई सरकारले ३० लाखसहित सम्मान गर्ने

काठमाडौं । सरकारले साहसिक विश्व पृथक धाविका मीरा राईलाई ३० लाख रुपैयाँसहित सम्मान गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा युवा तथा खेलकुद मन्त्रालयले राईलाई विशेष सम्मान गर्न लागेको हो । राईलाई प्रशिक्षण दिने प्रशिक्षक धुवविक्रम मल्ललाई पनि तीन लाख रुपैयाँसहित सम्मान गर्ने मन्त्रालयले योजना बनाएको खेलकुदमन्त्री दलजित श्रीपाइलीले जानकारी दिए । राई टेलिभिजन नेसनल जोग्राफीले सार्व...
रुपन्देहीलाई उदयपुर गोल्डकपको उपाधी

रुपन्देहीलाई उदयपुर गोल्डकपको उपाधी

उदयपुर । रुपन्देही ११ ले चौथो रमपम उदयपुर गोल्डकपको उपाधि हात पारेको छ । गाईघाट स्थित थरुहट रंगशालामा बिहिबार भएको फाईनल खेलमा मोरङ ११ लाई ट्राईब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै रुपन्देहीले उपाधी चुमेको हो । निर्धारित समयमा दुबै टिमबाट कुनै गोल हुन नसकेपछि खेल ट्राईबेकरबाट टुंग्याईएको हो । ट्राईब्रेकरमा रुपन्देहीका लागि जर्सी नम्बर २५ का दिलिप क्षेत्री, ४ का कालु थापा, १९ का सौरभ मगर र ८ का...
नापोलीलाई हराउँदै रियल मड्रिड विजयी

नापोलीलाई हराउँदै रियल मड्रिड विजयी

काठमाडौं । च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा साविक विजेता रियल मड्रिड बिजयी भएको छ । बुधबार राति भएको खेलमा एक गोलले पछि परेको अवस्था उल्टाउदै रियल मड्रिडले इटालिनय क्लब नापोलीलाई ३-१ ले हराएको हो । रियलको घरेलु मैदानमा भएको खेलमा नापोलीले आठौं मिनेटमा नै इन्सिगेनको गोलबाट अग्रता लिएको थियो । तर, धेरैबेर जोगउन सकेन । १८ औं मिनेटमा करिम बेन्जिमाले बराबरी गोल फर्काए । दोस्रो हाफमा रिय...
error: Content is protected !!