काठमाडौं, माघ २४ । आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत भोली नेपालले पहिलो खेल नामिबियासँग हुने भएको छ । दिउसो १ बजे देखि शुरु हुने खेलका लागि नेपालको सबै तयारी पुरा भएको छ ।

Advertisement

नेपालले विश्वकप छनौटका लागि डिभिजन–२ को शीर्ष दुई स्थानमा रहन अनिवार्य छ । आयोजक नामिबिया पनि बलियो टिमका रुपमा रहेको छ । नेपाल पहिलो खेल जितेर सुखद शुरुआत गर्ने तयारीमा छ ।

डिभिजन-२ का लागि नेपालले यूएईमा तयारी गरेको छ भने नामिबियाले दक्षिण अफ्रिकामा । नेपाल जस्तै नामिबियामा पनि युवा खेलाडीहरु छन् । तथापि आयोजक नामिबिया भन्दा नेपाल बलियो रहेको छ ।

यस अघि भएका तीनै खेलामा नेपाल बिजयी भएको छ । नामिबियामा भएको एक र नेपालमा भएका दुवै खेलमा जित हासिल गरेको थियो ।

यो समूहमा नेपाल, नामिबिया, क्यानडा, केन्या, ओमान र यूएई रहेका छन् । नेपालले दोस्रो खेल शुक्रबार ओमानसँग खेल्ने छ । त्यस्तै आईतबार यूएई र सोमबार केन्यासँग खेल्नेछ भने बिहीबार क्यानाडासँग खेल्नेछ ।

नेपाली टोली भित्र:
पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, करण केसी, आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, दिलीप नाथ, ललित भण्डारी, अनिलकुमार साह, रोहितकुमार पौडेल ।

वैकल्पिक खेलाडी भित्र: सुनिल धमला, ललित राजवंशी, सिद्धार्थ लोहनी, किशोर महतो।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!