नेपाल र युएइको खेल सुरु, टस जितेर नेपाल फिल्डिङमा
काठमाडौं, २८ माघ । आईसीसी वर्ल्ड क्रिकेट लिग डिजिन टू मा आइतबार हुने नेपाल र यूएईबीचको खेल ३४ ओभरमा घटाइएको छ ।
मैदान ओसिलो भएपछि ढिला गरी सञ्चालन हुन लागेको खेलमा ओभर घटाइएको हो । खेलमा टस जितेर नेपालले फिल्डिङ रोजेको छ ।
नेपाली समय अनुसार ४ : १० मा सुरु हुने नेपाली क्रिकेट टोलीका टेक्निकल म्यानेजर रमण शिवाकोटीले जानकारी दिए ।
नेपालले आज यूएईसँग खेल्ने खेल डिभिजन टू मा तेस्रो हो । यसअघि ने...






























