रासस

काठमाडौँ, १८ माघ । अखिल नेपाल लन टेनिस संघको आयोजनामा नेपालमा अन्तर्राष्ट्रिय आइटिएफ जुनियर (यु–१८) लन टेनिस प्रतियोगिता हुने भएको छ ।

Advertisement

यसै महिनादेखि सञ्चालन हुने उक्त प्रतियोगिताको पहिलो सर्किट यही माघ २२ देखि २७ गतेसम्म सञ्चालन हुनेछ भने दोस्रो सर्किट माघ २९ देखि फागुन ५ गतेसम्म सञ्चालन गरिने आयोजकका अध्यक्ष ज्योति राणाले जानकारी दिनुभयो ।

प्रतियोगितामा नेपालसहित जापान, भारत, थाइल्याण्ड, चीन, पोल्याण्ड, चाइनिज ताइपे, क्यानडा, लाओस, हङ्कङ र संयुक्त राज्य अमेरिकाको सहभागिता रहनेछ ।

प्रतियोगितामा पुरुष र महिलाको एकल र डबल्स विधामा प्रतिस्पर्धा हुनेछ । उक्त दुवै सर्किटको खेल सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुनेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!