पोखरा, १४ माघ। पोखरामा जारी १६ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रौ क्वाटरफाइनलमा आइतबार (आज) त्रिभुवन आर्मी बिरुद्ध धरान फुटबल क्लब भिड्दैछन। खेल पोखरा रंगशालामा दिउँसो २ः३० बजे सुरु हुनेछ।

Advertisement

भारतको सिक्किम युनाइटेडलाई ३–० ले पराजित गर्दै धरान फुटबल क्लब र वाई पाएर त्रिभुवन आर्मी क्वाटरफाइनलमा प्रवेश गरेका हुन्।

आर्मीले यो सिजन उत्कृष्ठ प्रदर्शन गर्दै आएको छ । यद्यपी शनिबार सम्पन्न इटहरी गोल्डकपमा भने सेमिफाइनलमा थ्री स्टारसँग पराजित हुदै आर्मी प्रतियोगिताबाट बाहिरिएको थियो।

यसअघि हिजो सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा सुदूर पश्चिम ११ लाई २–१ ले पराजित गर्दै बंगलादेशको उत्तर बरिन्धरा क्लबले सेमिफाइनलमास्थान स्थान सुरक्षित गर्न सफल भएको छ।
उत्तर बरिन्धराको जितमा मिडो मासा र सोन्लेमानेले गोल गरेका थिए भने पराजित टोलीका लागि विनोद केसीले खेल सकिन २ मिनेट बाँकी हुदा १ गोल फर्काएका थिए।

पोखरा रंगशालामा माघ २० गतेसम्म संचालन हुने प्रतियोगितामा २ विदेशीसहित १२ टोलीको सहभागिता रहनेछ।

मनाङ मस्र्याङदी, त्रिभुवन आर्मी, सशस्त्र प्रहरीको एपिएफ, नेपाल पुलिस क्लव, संकटा, धरान फुटबल क्लब, सूदुरपश्चिम–११ स्पोर्टिङ क्लब, थ्रीस्टार क्लव, झापा–११, भारतको युनाइटेड सिक्किम फुटबल क्लब र बंगलादेशको उत्तर बरिन्धरा क्लबसहित आयोजक सहारा क्लबले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्।

आहा रारा गोल्ड कप प्रतियोगिताका विजेताले ७ लाख र उपविजेताले ३ लाख ५१ हजार प्राप्त गर्ने छन्। हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा दर्शक आकर्षित गर्न प्रवेश टिकटमा भाग्यशाली दर्शकलाई हिरो ड्यास स्कुटर दिइने आयोजकले जनाएको छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!