इटहरी, ६ माघ। इटहरी रङ्गशालामा भएको मदन भण्डारी मेमोरियल इटहरी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबलअन्तर्गत आज भएको खेलमा रुस्लान थ्री स्टार क्लब काठमाडौँ विजयी भएको छ ।

थ्री स्टारले सशस्त्र प्रहरीको एपिएफलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

Advertisement

थ्री स्टारका लागि दुवै गोल अजयी मार्टिनले गरेका थिए । थ्री स्टारकै पिटर सेमनले आत्माघाती गोल गरेका थिए । आत्माघाती गोल गरेपछि एपिएफ गोलरहित हुनबाट जोगिएको थियो ।

आइतबार मनाङ मस्र्याङ्दी क्लब काठमाडौँ र रमपम झापा–११ बीच खेल हुनेछ । प्रतियोगिताको विजेताले रु १२ लाख तथा उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगितामा नेपालको छ वटा, भारतको कोलकाता तथा भुटानको सहभागिता रहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!