संगालोखबर सम्वाददाता

धनकुटा, ६ माघ । मध्यमाञ्चलले राखेप च्याम्पियनसीप अन्तरगतको छैटौ राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पहिलो स्थान हात पारेको छ । धनकुटाको हिलेमा शनिवार सम्पन्न प्रतियोगितामा मध्यमाञ्चलले १२ स्वर्ण, ३ रजत र ४ काश्य पदक हात पा¥यो ।

यसैगरी दोश्रो भएको पश्चिमाञ्चलले ५ स्वर्ण, ४ रजत र ६ काश्य पदक हात पारेको छ । तेश्रो भएको पूर्वाञ्चलले तीन स्वर्ण, ८ रजत तथा ६ काश्य पदक हात पा¥यो । दोश्रो दिन भएको क्योरोगीको ४६ किलो तौल समुहमा पूर्वाञ्चलकी विनिता घिमिरे, ४९ मा पश्चिमाञ्चलकी दिना तामाङ, ५३ मा पश्चिमाञ्चलकी पार्वती पाण्डे र ५७ मा पूर्वाञ्चलकी सुनिता तामाङ पहिलो भए ।

Advertisement

६२ मा मध्यमाञ्चलकी कुसुम पौडेल, ६७ मा पश्चिमाञ्चलकी समिक्षा राना, ७३ मा मध्यमाञ्चलकी अस्मिता रिजाल र ७३ किलो भन्दा माथिको तौल समुहमा मध्यपश्चिमकी उमा सोमै पहिलो भए । ५४ किलो तोल समुहमा पश्चिमाञ्चलका तपन कुमार केवट, ५८ मा मध्यमाञ्चलका सुरेन्द्र कुवर, ६३ मा पूर्वाञ्चलका शुक्र विक र ६८ मा पश्चिमाञ्चलका प्रेम बहादुर नेपाली पहिलो भए ।

हिलेमा भएको प्रतियोगिता । तस्वीर : संगालोखबर

७४ मा मध्यपश्चिमका सुजन रोका मगर, ८० मा मध्यमाञ्चलका सविपिन राज सिंह, ८७ मा सुदुरपश्चिमका डम्बर बोहरा र ८७ किलो भन्दा माथिको तौल समुहमा मध्यमाञ्चलका मानबहादुर वाइवा पहिलो भए । पुरुषमा पश्चिमाञ्चलका केवट र महिलामा पुर्वाञ्चलका सुनिता उत्कृष्ट खेलाडी घोषित भए ।

पुम्सेको महिला १८ देखि उमेर समुहमा मध्यमाञ्चलकी सबिना खड्का, १५ देखि १७ बर्ष जोडीमा सोही टोलीका श्रीजना महतो र अमर दराइ, १८ देखि ३० बर्ष उमेर समुहको जोडीमा बजुर लामा र रबिना खड्का पहिलो भए ।

१८ बर्ष माथिको समुहमा दिनेस सुनार, सुमित लामा राजन गमाल पहिलो भए । १८ बर्ष माथिको महिला समुहमा गंगा कार्की, सपना लिम्बु र निम्सुंग लिम्बु पहिलो भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!