नागरिक

काठमाडौं, १५ माघ । नेपाली राष्ट्रिय भलिबल टोलीले आइतबार मैत्रीपूर्ण खेलमा हङकङलाई ३–२ को सेटमा पराजित गरेको छ।

हङकङको यान चाउ कोक स्पोर्टस् सेन्टरमा नेपालले हङकङलाई २३–२५, २८–२६, २५–२१, २१–२५ र १७–१५ अंकले हराएको हो।

नेपाली भलिबल टोली मैत्रीपूर्ण खेल खेल्न बुधबार हङकङ गएको हो । इमबहादुर रानामगरको कप्तानीमा रहेको नेपाली टोलीले सोमबार अर्को मैत्रीपूर्ण खेल खेल्नेछ। नेपाली टोलीले मकाउको राष्ट्रिय टिमसँग बुधबार मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको प्रशिक्षक जगदिश भट्टले जानकारी दिए।

यसअघि सन् १९८३ मा नेपालले जापानमा आयोजना गरिएको तेस्रो एशियन पुरुष च्याम्पियनसिपमा पहिलो पटक हङकङलाई हराएको थियो। नेपालले ३४ वर्षपछि दोस्रो पटक हङकङलाई उसकै भूमिमा पराजित गरेको छ।

नेपाली टोलीका साथमा नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा, महासचिव जितेन्द्रबहादुर चन्द, विद्यालय भलिबल कमिसनका उपाध्यक्ष युवराज श्रेष्ठ, टिम व्यवस्थापक राजकुमार गुरुङ, अन्तर्राष्ट्रिय रेफ्री पूर्णप्रसाद चौलागाई, मुख्य प्रशिक्षक वीरेन्द्र चौधरी र प्रशिक्षक भट्ट रहेका छन्।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!