लण्डन, १८ माघ ।  इङलिस प्रिमियर लिग फुटबलमा शिर्ष स्थानको म्यानचेस्टर सिटीले लिगमा १५ अंकको स्पष्ट अग्रता कायम गरेको छ ।

Advertisement

लिग  अन्तर्गत बुधबार राति भएको खेलमा सिटीले वेष्ट ब्रोमलाई ३–० ले हरायो । सिटीको जितमा खेलको १९ औं मिनेटमा फर्नान्डीनो, ६८ औं मिनेटमा केभिन डे ब्रुयन र ८९ औं मिनेटमा सर्जियो अग्युइरोले गोल गरेका थिए । जितपछि शिर्ष स्थानको सिटीको २५ खेलबाट ६८ अंक भएको छ।

त्यस्तै रातिनै भएको अर्को खेलमा दोस्रो स्थानको म्यानचेष्टर युनाइटेड पाँचौ स्थानको टोट्नह्यामसँग २–० ले पराजित गरेको छ । टोटनह्यामको जितमा प्रिमियर लिगकै तेस्रो छिटो गोल गर्ने क्रममा खेलको ११ सेकेण्डमा क्रिश्चियन एरिक्सनले गोल गर्दै अग्रता दिलाएका थिए ।

पहिलो हाफको २८ औं मिनेटमा म्यानचेष्टर युनाइटेडका डिफेन्डर फिल जोन्सले आत्माघाति गोल गरेपछि टोटनह्यामले खेलमा २ –० को अग्रता लियो । सोही अग्रता खेलको अन्त्यसम्म कायम राख्दै टोटनह्यामले महत्वपूर्ण ३ अंक जोडन सफल भयो । जितपछि २५ खेलबाट ४८ अंक जोडेको टोटनह्याम लिगको पाँचौं स्थानमा छ । युनाइटेड भने समान खेलबाट ५८ अंक जोडदै लिगको दोस्रो स्थानमा यथावत छ।

त्यस्तै प्रिमियर लिग अन्तर्गत रातिनै भएको अर्को खेलमा चौंथो स्थानको चेल्सी पनि बर्नमाउथसँग ३–० ले स्तब्ध भएको छ । चेल्सीलाई पराजित गर्न बर्नमाउथका लागि खेलको ५१ औं मिनेटमा कलुम विल्सन, ६४ औं मिनेटमा जुनियर स्टानिस्लास र ६७ औं मिनेटमा नाथन अकेले १/१ गोल गरे । हारपछि चेल्सीले तेस्रो स्थानमा उक्लिने मौका गुमाएको छ । चेल्सीको २५ खेलबाट ५० अंक छ । बर्नमाउथ भने १० औं स्थानमा उक्लिएको छ।

यता एभर्टनले लेष्टर सिटीलाई २– १ ले हरायो । एभर्टनको जितमा थियो वाल्कोटले दुवै गोल गरेका थिए । यता पराजित टोलीका लागि जेमी भार्डीले एक गोल फर्काएका थिए।

रातिनै भएका अन्य खेलहरुमा न्युकासल युनाईटेडले बर्नले तथा साउथह्याम्पटनले ब्राईटनसँग १–१ को बराबरी खेल्दा स्टोक सिटी र वाटफोर्डले गोल रहित बराबरी खेल्दै अंक बाडेका छन्।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!