इटहरी, १२ माघ।  यहाँ जारी मदन भण्डारी मेमोरियल इटहरी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधिका लागि शनिबार चिरपरिचित प्रतिद्वन्द्वी थ्रीस्टार र मनाङ मस्र्याङदी क्लब भिड्ने भएका छन् ।

Advertisement

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उपाधिका लागि आफूलाई पूर्ण दावेदार प्रस्तुत गर्दै त्यही मुताविकको तयारीलाई तीव्रता दिइरहेको थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले जानकारी दिनुभयो । थ्रीस्टार त्रिभुवन आर्मीलाई ट्राइब्रेकरमा ५–३ ले पराजित गर्दैै फाइनल यात्रामा आइपुगेको छ ।

मनाङले पनि यस वर्ष नै दुई उपाधि चुमिसकेकाले यो सर्वाधिक पुरस्कार राशिको खेल गुमाउन नहुने योजनाका साथ आफूहरु मैदान उत्रने प्रशिक्षक छिरिङ लोप्साङले बताउनुभयो । गरिफा स्पोर्र्टी क्लब कोलकातालाई पराजित गर्दै मनाङले फाइनल यात्रा तय गरेको हो । उपाधि विजेताले रु १२ लाख र उपविजेताले रु छ लाख तथा उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल प्राप्त गर्नेछन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!