काठमाडौं, १२ माघ। नेपाल क्रिकेट संघ (क्यान) माथिको निलम्बन फुकुवाको विषयमा छलफल गर्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को टोली नेपाल आउँदै छ । निलम्बन फुकुवाको विषयमा सबैलाई मान्य हुने अन्तिम उपायको खोजी भइरहेको छ । यो विषयमा छलफल गर्न आईसीसीको टोली यही साता नेपाल आउँदै छ ।

Advertisement

उपाध्यक्ष इमरान ख्वाजाको नेतृत्वमा रहने प्रतिनिधि मण्डलले आईसीसीले यस अघि गठन गरेको सल्लाहकार समूहका सदस्यहरु, क्यानको निर्वाचित समितीका पदाधिकारी र सरकारी अधिकारीसँग छलफल गरी निलम्बन फुकुवा गर्न सबैलाई मान्य हुने अन्तिम उपाय निकाल्ने बिहीबार विज्ञप्तिमार्फत जनाएको छ । आईसिसी प्रतिनिधि मण्डलले यही आइतबार र सोमबार चतुरबहादुर चन्द अध्यक्षताको क्यानको निर्वाचित समिती, सल्लाहकार समूहका पदाधिकारी तथा सरकारी अधिकारीसँग छलफल गर्ने छ्।

आईसीसीले आफ्नो विज्ञप्तिमा यस पटकको भ्रमण क्यानमाथीको निलम्बन फुकुवा र आईसिसीमा क्यानको सदस्यता पुनप्राप्तीको प्रकृयामा महत्वपुर्ण हुने जनाएको छ । स्वतन्त्र निर्वाचन हुन नसकेको र सरकारी हस्तक्षेप भएको कारण जनाउदै आईसीसीले गत वैशाख १२ गत्ते क्यानमाथि निलम्बनको निर्णय गरेको थियो । त्यस यता नेपाली राष्ट्रिय टोलीले आईसीसीकै ब्यवस्थापनमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै आइरहेको छ । नेपाली क्रिकेटको नेतृत्व आईसीसीले लिएसँगै घरेलु क्रिकेट भने संकटमा परेको छ।

आईसिसीले क्यानमाथीको निलम्बन फुकुवाको प्रकृया स्वरुप सल्लाहकार समूहको गठन गरी काम अघि बढाएको थियो । जसले तयार पारेको विधानलाई आईसीसी र सल्लाहकार समूहमा भएको सहमती अनुसार क्यानको निर्वाचित समितीको विशेष साधारण सभाले संशोधनसहित पारित गरेको थियो । शंसोधित विधानलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले समेत मान्यता दिएपछि क्यानको निर्वाचित समितीले शंसोधित बिधानअनुसार जिल्लाको निर्वाचन पनि सम्पन्न गरीसकेको छ ।

यद्यपी आइसीसीको अनुरोधमा शंसोधित विधान कार्यान्वयनको प्रकृया हाल रोकिएको छ । आईसीसीले बिहीबारको बिज्ञप्तिमा क्यानको निर्वाचित समितीको विशेष साधारण सभाले सल्लाहकार समूहले तयार पारेको विधानलाई हुबहु पारित नगरेको र सो कार्य आईसिसीसँग भएको सहमतीको विरुद्धमा भएको जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!