काठमाडौं, ८ माघ। ला लिगाको यस सिजनमा उपाधि होडमा निरन्तर पछाडि परिरहेको डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले आइतबारको खेलमा यस सिजनकै सानदार जित निकाल्न सफल भएको छ। रोनाल्डो, बेल र नाचाको उत्कृष्ट प्रदर्शनसँगै रियल मड्रिडले डिपोर्टिभो डी ला कोरुनामाथि ७-१ को जित निकाल्न सफल भयो

Advertisement

रियल मड्रिडको होम गाउण्डमा भएको खेलमा अग्रता भने डिपोर्टिभोले बनाएको थियो। २३ औ मिनेटमा अड्रिन लोपेजको गोलबाट खेलमा अग्रता बनाएको डिपोर्टिभोका लागि समग्र नतिजा भने निराशाजनक बन्न पुग्यो।

रियलका लागि क्रिस्टियानो रोनाल्डो, ग्यारेथ बेल र नाचोले २-२ गोल गरे भने लुका मोड्रिकले १ गोल गरे। नाकोले ३२ औं र ८८ औं मिनेटमा बेलले ४२ औं र ५८ औं मिनेटमा, रोनाल्डोले ७८ औं र ८४ औं मिनेटमा र लुका मोड्रिकले ८८ औं मिनेटमा गोल गरेका थिए ।

१९ खेलबाट ३५ अंक बनाएको रियल मडिड्र अंक तालिकाको चौथो स्थानमा रहेको छ । शीर्ष स्थानको बार्सिलोना भन्दा १९, दोस्रो स्थानको यथ्लेटिको मड्रिडभन्दा ८ र तेस्रो स्थानको भ्यालेन्सियाभन्दा ५ अंकले पछि परिहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!