दुर्घटनामा घाइते भएका प्रहरी जवान थापाको मृत्यु

दुर्घटनामा घाइते भएका प्रहरी जवान थापाको मृत्यु

विराटनगर । गत साता विराटनगर–१५ भट्टी मोडमा भएको प्रहरीको गाडी दुर्घटनामा गम्भीर घाइते भएका प्रहरी जवान सौगात थापाको उपचारका क्रममा मृत्यु भएको छ । साउन २ गते भएको दुर्घटनामा घाइते भएका उनको विराटनगरस्थित नोवेल अस्पतालमा उपचार गरिएको थियो । थप उपचारका लागि काठमाडौँस्थित नेपाल प्रहरी अस्पतालमा लगिएको थियो । त्यहाँबाट पनि काठमाडौँ न्यूरो अस्पतालमा रेफर भएका उनको त्यहीँ उपचारका क्रममा हिजो मृत्यु भ...
राजीनामा दिँदै माओवादीका मन्त्रीहरू

राजीनामा दिँदै माओवादीका मन्त्रीहरू

विराटनगर । कोशी प्रदेश सरकारमा सहभागी नेकपा माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा दिने भएका छन् । केन्द्रमा फेरिएको राजनीतिक समीकरणसँगै माओवादी सरकारबाट अलग हुन लागेको हो । सरकारमा माओवादीबाट सहभागी भएका चारजना मन्त्रीहरूले आज मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाउने भएका हुन् । मन्त्रीहरूको राजीनामासँगै अब माओवादी प्रतिपक्षमा बस्ने भएको छ । माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आजै सरकारब...
महालक्ष्मी आगलागीः करोडभन्दा बढीको क्षति

महालक्ष्मी आगलागीः करोडभन्दा बढीको क्षति

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–५ स्थित शिवरात्रिमा भएको आगलागीमा १ करोड रुपैयाँभन्दा बढीको धनमाल क्षति भएको छ । हिजो अपराह्‍न भएको आगलागीबाट स्थानीयका तीनवटा घर पूर्ण रुपमा जलेर नष्ट भएका छन् । घरसहित धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट स्थानीय यज्ञबहादुर खड्का, श्रीचन्द्र बुढाथोकी र सूर्यबहादुर श्रेष्ठको घर जलेर नष्ट भएका छन् । यज्ञबहादुरको किराना पसल, सुनलगायत धनमाल चल्...
रहेनन् ‘रिटिङ रिटिङ नबजाऊ बिनायो’ गीतका धनकुटेली सर्जक

रहेनन् ‘रिटिङ रिटिङ नबजाऊ बिनायो’ गीतका धनकुटेली सर्जक

विराटनगर । प्रसिद्ध लोकगायक एलपी जोशी (लक्ष्मीप्रसाद) को ८८ वर्षको उमेरमा निधन भएको छ । वि.सं. १९९३ मा धनकुटा–६ मा जन्मिएका जोशी पछिल्लो समय झापाको दमकस्थित घरमा बस्दै आएका थिए । साँझ अकस्मात् स्वास्थ्यमा समस्या आएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याएपछि चिकित्सकले जाँच गरी उनको निधन भइसकेको जानकारी दिएका थिए । सानै उमेरदेखि गीतसङ्गीतमा लागेका उनको नेपाली संस्कृति संरक्ष...
दुहबीमा सिटी सफारी दुर्घटना हुँदा ६ जना घाइते

दुहबीमा सिटी सफारी दुर्घटना हुँदा ६ जना घाइते

सुनसरी । सुनसरीको दुहबीमा गएराति सिटी सफारी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । खनारतर्फ जाँदै गरेको प्र १–२०–००३ ह ५५८१ नम्बरको सिटी सफारी दुहबी नगरपालिका–८ सोनापुरमा अनियन्त्रित भइ पल्टिएको थियो । दुर्घटनामा चालकसहित ६ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूमा चालक स्थानीय २२ वर्षीय मोहम्मद अरवाज, यात्रुहरू इटहरीकी १८ वर्षीया निशा सरदार छन् । यसैगरी, २७ वर्षीया रिता सरदार, २२ वर्षीय अर...
माग पूरा गराउन आमरण अनशन बस्ने कोशीका वन रक्षकको चेतावनी

माग पूरा गराउन आमरण अनशन बस्ने कोशीका वन रक्षकको चेतावनी

विराटनगर । कोशी प्रदेशका वन रक्षक आन्दोलित बनेका छन् । गत साउन ६ गतेबाट सम्पूर्ण कामकाज ठप्प पार्दै उनीहरू आन्दोलित बनेका हुन् । सहायक स्तर तेस्रो तह कायम गरिनुपर्नेलगायत माग अघि सार्दै उनीहरु आन्दोलित बनेका हुन् । चौथो तहमा पदपूर्ति गर्दा आन्तरिक प्रतियोगितात्मक परीक्षा र ज्येष्ठता तथा कार्यक्षमता मूल्याङ्कनबाट हुने बढुवाको समेत व्यवस्था गर्नुपर्ने माग पनि उनीहरूले राखेका छन् । आफ्ना माग सम्बो...
धनकुटाको महालक्ष्मीमा आगलागी

धनकुटाको महालक्ष्मीमा आगलागी

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–५ स्थित शिवरात्रिमा आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् । आज अपराह्‍न भएको आगलागीबाट स्थानीय बासिन्दाका घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट स्थानीय यज्ञबहादुर खड्का, श्रीचन्द्र बुढाथोकी र सूर्यबहादुर श्रेष्ठको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायब उपरीक्षक राजबाबु महर्जनले जानकारी दिए । नेपाल प्रहरी र स्थानीयको सहयोग...
सोलुखुम्बुकी लीलादेवी गड्तौला बनिन् पहिलो महिला मुख्यसचिव

सोलुखुम्बुकी लीलादेवी गड्तौला बनिन् पहिलो महिला मुख्यसचिव

काठमाडौँ । नेपालको प्रशासनिक इतिहासमा पहिलोपटक सरकारको मुख्यसचिव महिला बनेकी छन् । सोलुखुम्बुकी लीलादेवी गड्तौलाले यो जिम्मेवारी पाएकी हुन् । मन्त्रिपरिषद्ले कायममुकायम मुख्यसचिव रहेकी गड्तौलालाई मुख्य सचिव बनाउने निर्णय गरेको हो । मन्त्रिपरिषद्को आज बसेको बैठकले उनलाई कामु मुख्यसचिवबाट बढुवा गरी मुख्यसचिव बनाउने निर्णय गरेको हो । उनलाई असार ३१ गते निमित्त मुख्यसचिवबाट कामु मुख्यसचिवको जिम्मेवा...
विराटनगरमा ठूलो परिमाण गाँजा बरामद

विराटनगरमा ठूलो परिमाण गाँजा बरामद

विराटनगर । प्रहरीले विराटनगरबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालयको अनुसन्धान समूह र लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले आज बिहान १४५ किलो गाँजा बरामद गरेको हो । विराटनगर महानगरपालिका–११ बुद्ध विहार मार्गमा बेवारिसे अवस्थामा रहेको बीआर ११ पीसी ५०१ नम्बरको गाडी जाँच गर्दा गाँजा फेला परेको थियो । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार गाडीभित्र ५ वटा झोलामा  प्य...
सङ्खुवासभामा डेङ्गु र भाइरल ज्वरोका बिरामी बढे

सङ्खुवासभामा डेङ्गु र भाइरल ज्वरोका बिरामी बढे

सङ्खुवासभा । सङ्खुवासभामा भाइरल ज्वरो र डेङ्गुका बिरामी बढेका छन् । असार अन्तिम सातादेखि उपचारका लागि जिल्ला अस्पतालमा आउने ज्वरो र डेङ्गुका बिरामीको सङ्ख्या बढेको हो । जिल्ला अस्पतालका सूचना अधिकारी शेखर खत्रीका अनुसार भाइरल ज्वरो र डेङ्गुका बिरामीको सङ्ख्या ह्वात्तै बढेपछि उपचार गर्ने शय्या अपुग भएको छ । बिरामीको चाप बढेसँगै भुइँमा राखेर उपचार गर्नुपर्ने बाध्यता आएको उनले बताए । उपचारका लागि...
धनकुटामा पिकअप नालीमा पसेपछि…

धनकुटामा पिकअप नालीमा पसेपछि…

सिधुवाबाट तरकारी बोकेर विराटनगर जाने क्रममा ब्रेक फेल भएर धनकुटाको जिरोप्वाइन्ट नजिक नालीमा पसेको पिकअपलाई जेसीवी लगाएर निकालिदै । गएराती नालीमा पसेको पिकअपलाई आज बिहान निकालिएको हो । दुर्घटनामा मानवीय क्षति भएको छैन । तस्वीर: प्रज्वल कटेल
खैरो हेरोइनसहित धनकुटा, सुनसरी र झापाका ६ जना पक्राउ

खैरो हेरोइनसहित धनकुटा, सुनसरी र झापाका ६ जना पक्राउ

विराटनगर । धनकुटा, झापा र सुनसरीबाट लागूऔषध खैरो हेरोइनसहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूको साथबाट खैरो हेरोइन, नगद, मोबाइल, एटीएम कार्ड जस्ता वस्तु प्रहरीले बरामद गरेको छ । झापाको मेचीनगर नगरपालिका–६ बाट अवैध लागूऔषध खैरो हेरोइनसहित ४१ वर्षीय धनबहादुर लिम्बू पक्राउ परेका छन् । उनको साथबाट २ ग्राम १९० मिलिग्राम खैरो हेरोइन, मोबाइल २ थान, १० हजार रुपैयाँ र २ एटीएम कार्ड बराम...
उदयपुर र झापामा करेन्ट लागेर दुईजनाको मृत्यु

उदयपुर र झापामा करेन्ट लागेर दुईजनाको मृत्यु

विराटनगर । उदयपुर र झापामा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ । उदयपुरको उदयपुरगढी गाउँपालिका–६ ओदाले भन्ने ठाउँका २६ वर्षीय राजीवकुमार मगरको करेन्ट लागेर हिजो साँझ मृत्यु भएको हो । स्थानीय घिजहरी खोलाबाट आफ्नो खेतमा पानी लगाउने क्रममा विद्युतीय मोटरको तार सर्ट भई करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । यसैगरी, झापाको मेचीनगर नगरपालिका–१२ धिमाल टोल माझगाउँ बस्ने पाँचथर फिदिम नगरपालि...
सुनसरीका म्यानपावर व्यवसायी विराटनगरको होटलमा मृत भेटिए

सुनसरीका म्यानपावर व्यवसायी विराटनगरको होटलमा मृत भेटिए

विराटनगर । विराटनगरस्थित एक होटलमा सुनसरीका म्यानपावर व्यवसायी आज बिहान मृत अवस्थामा भेटिएका छन् । सुनसरीको इनरुवा नगरपालिका–६ का २८ वर्षीय राजीव फुयाँल विराटनगर–११ स्थित होटलमा मृत भेटिएका हुन् । प्रहरीका अनुसार होटलको १०८ नम्बर कोठामा झुण्डिएको अवस्थामा उनी फेला परेका छन् । प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ । अनुसन्धान जारी रहेको भन्दै प्रहरीले घटनाबारे विस्तृत जानकारी पछि सा...
करेन्ट लागेर झापाको केचनाका किशोरको मृत्यु

करेन्ट लागेर झापाको केचनाका किशोरको मृत्यु

झापा । करेन्ट लागेर झापामा गएराति एक किशोरको मृत्यु भएको छ । झापाको कचनकवल गाउँपालिका–४ केचना निवासी ललन साहका १५ वर्षीय छोरा विशालको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घरको टिनको छानोमा करेन्ट सर्ट भएको अवस्थामा अचानक छानो छुँदा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर विशाल अचेत भएका थिए । त्यही अवस्थामा उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बनियानी लगिएको थियो...
सार्थक बन्दै ‘हराभरा विराटनगर’ अभियान

सार्थक बन्दै ‘हराभरा विराटनगर’ अभियान

विराटनगर । केही वर्ष अघिसम्म विराटनगरका धेरै ठाउँमा वरपीपलसहित ठूलाठूला रुख थिए । तिनै रूख बिरुवा गर्मीयाममा धेरैलाई शीतल छहारी बन्थे । कोशी राजमार्ग किनार लहरैजस्तो बरपीपलका रूख थिए । जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि पनि बाक्लै थिए । गर्मीयाममा धेरैलाई राहत मिल्थ्यो । प्रशासन आएका सेवाग्राहीलाई त्यसकै छहारीले धेरै सहज बनाउँथ्यो । अहिले यी सबैजसो क्षेत्र पहिलेजस्ता छैनन् । छहारी खोज्दा पनि नप...
सौर्यको जहाज दुर्घटनाः को-पाइलटसहित विराटनगरका तीनजनाको मृत्यु

सौर्यको जहाज दुर्घटनाः को-पाइलटसहित विराटनगरका तीनजनाको मृत्यु

विराटनगर । काठमाडौँस्थित त्रिभुवन विमानस्थल नजिक आज भएको सौर्य एयरको जहाज दुर्घटनामा मृत्यु भएका १८ जनामध्ये तीनजना विराटनगरका पनि परेका छन् । पोखराका लागि उडेको सौर्य एयरको ९एन–एएमई सिआरजे–२०० जहाज उड्नासाथ दुर्घटना भएको थियो । दुर्घटनामा मृत्यु भएका जहाजका को–पाइलट सुशान्त कटुवाल, इन्जिनियर अश्विन निरौला र सुरक्षा (सेफ्टी चिफ) सागर आचार्य विराटनगरका हुन् ।  सौर्य एयरलाइन्सको विराटनगरस्थित स्...
ताप्लेजुङमा कार्यरत् इन्जिनियर हुसेनविरुद्ध भ्रष्टाचार मुद्दा दायर

ताप्लेजुङमा कार्यरत् इन्जिनियर हुसेनविरुद्ध भ्रष्टाचार मुद्दा दायर

विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा ताप्लेजुङको फुङलिङ नगरपालिकाका (अधिकृत स्तर छैटौं) इन्जिनियर पदमा कार्यरत मो.अख्तर हुसेनविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले विषेश अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो । इन्जिनियर हुसैनले खेलकुद मैदान निर्माण कार्यमा सेवाग्राहीसँग घुस माग गरेको अख्तियारको आरोप छ । अख्तियारले घुस/रिसवत माग गरिरहेको भन्ने सूचना ए...
झापाको अर्जुनधारामा धान खेतमा मृत भेटिए पुरुष

झापाको अर्जुनधारामा धान खेतमा मृत भेटिए पुरुष

झापा । झापाको अर्जुनधारामा एकजना व्यक्ति मृत अवस्थामा भेटिएका छन् । स्थानीय बासिन्दाको घर नजिकै रहेको धान खेतमा पुरुष मृत अवस्थामा भेटिएका हुन् । प्रहरीका अनुसार अर्जुनधारा नगरपालिका–१ स्थित होम अधिकारीको घरपछाडि खेतमा डुबेको अवस्थामा ती पुरुषको शव भेटिएको हो । हातमा टाटु भएका ती पुरुषको उमेर अन्दाजी ४० वर्षजस्तो देखिएको स्थानीयले बताएका छन् । घटनास्थल पुगेर अनुसन्धान गर्ने काम भइरहेको प्रहरील...
आत्महत्याका घटना सबैभन्दा धेरै कोशीमा

आत्महत्याका घटना सबैभन्दा धेरै कोशीमा

विराटनगर । देशभरिमा सबैभन्दा धेरै आत्महत्याको घटना कोशी प्रदेशमा हुने गरेको पाइएको छ । वरिष्ठ प्रहरी अधिकारीसहित सम्मिलित टोलीले हालै गरेको एक अध्ययनमा यस्तो पाइएको हो । अध्ययनअनुसार कोशी प्रदेशमा १ लाखमा ३० जनाले आत्महत्या गर्छन् । एक तथ्याङ्कअनुसार हरेक वर्ष कोशीमा आत्महत्याका १ हजार ५ सय घटना हुने गरेका छन् । आत्महत्याका घटना धेरै हुनेमध्ये दोस्रोमा बागमती प्रदेश र तेस्रोमा लुम्बिनी पर्छन् ।...
कोशीमा जबरजस्ती करणीका ५१७ मुद्दा दर्ता

कोशीमा जबरजस्ती करणीका ५१७ मुद्दा दर्ता

विराटनगर । कोशी प्रदेशमा एक वर्षको अवधिमा विभिन्न शीर्षकमा ९ हजारभन्दा बढी मुद्दा दर्ता भएका छन् । आज आयोजित कार्यक्रममा वार्षिक कार्य प्रगति प्रस्तुत गर्दै कोशी प्रदेश प्रहरी कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा ९ हजार ३८७ मुद्दा दर्ता भएको उल्लेख गरेको छ । सामाजिक अपराध शीर्षकमा १ हजार ५७४, आत्महत्या शीर्षकमा १ हजार ५५४, लागूपदार्थसम्बन्धी १ हजार ३९, बैङ्किङ कसुरमा १ हजार ४ मुद्दा दर्ता भएको कोशी...
एसईईमा उत्कृष्ट नतिजा ल्याउने विराटनगरका विद्यार्थीहरु सम्मानित

एसईईमा उत्कृष्ट नतिजा ल्याउने विराटनगरका विद्यार्थीहरु सम्मानित

विराटनगर । माध्यमिक शिक्षा परीक्षा (एसईई)–२०८० मा उत्कृष्ट नतिजा ल्याउने विराटनगर महानगरपालिका भित्रका ६ जना विद्यार्थीलाई महानगरपालिकाले सम्मान गरेको छ । विभिन्न ४ विद्यालयका ६ जना विद्यार्थीलाई सम्मान गरिएको हो । ३ जना विद्यार्थीले ४ जीपीएसहित शतप्रतिशत नतिजा ल्याउने सफल विराटनगर–५ को एभरेष्ट स्कुल र एक–एक जना ४ जीपीए ल्याउन सफल सगरमाथा र बुढानीलकण्ठ स्कुल सम्मानित भएका हुन् । यस्तै, सामुदाय...
कोशीमा एक वर्षयता विपद्का घटनामा ७७ जनाको मृत्यु

कोशीमा एक वर्षयता विपद्का घटनामा ७७ जनाको मृत्यु

विराटनगर । कोशी प्रदेशमा एक वर्षको अवधिमा विपद्का घटनामा परी ७७ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०८०/८१ मा २ हजार ८६९ विपद्का घटनामा ७७ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको हो । आज आयोजित कार्यक्रममा वार्षिक कार्य प्रगति प्रस्तुत गर्दै कार्यालयले विभिन्न विपद्का घटनामा परी २७७ घाइते भएका जनाएको छ । विपद्का घटनामा परेर आव २०७९/८० मा ५७ जनाको मृत्यु भएको थियो । आव २०८०/८१ मा ४ जना...
कोशीका निवर्तमान मुख्यमन्त्री कार्कीले धम्क्याएको भन्दै सचिवद्वारा सुरक्षा माग

कोशीका निवर्तमान मुख्यमन्त्री कार्कीले धम्क्याएको भन्दै सचिवद्वारा सुरक्षा माग

विराटनगर । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले आफूलाई कुटपिट गर्ने भन्दै धम्क्याएको सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईले बताएका छन् । आफूलाई टेलिफोनबाट कुटपिट गर्ने धम्की दिइएको भन्दै भट्टराईले जिल्ला प्रशासन कार्यालय मोरङमा निवेदन दिएका छन् । निवर्तमान मुख्यमन्त्री कार्कीले आफू मुख्यमन्त्री भएको बेला आयोजित खेलकुद प्रतियोगिताको बजेट निकासा नगरेको र अब पनि न...
 बुवालाई आत्महत्या गर्न ‘दुरुत्साहन’ गरेको आरोपमा झापाका युवक पक्राउ

 बुवालाई आत्महत्या गर्न ‘दुरुत्साहन’ गरेको आरोपमा झापाका युवक पक्राउ

झापा । झापाको हल्दीबारी गाउँपालिकाका एक युवकमाथि आफ्नै बुवाको मृत्युमा ‘आत्महत्या दुरुत्साहन’ को आरोप लागेको छ । हल्दीबारी गाउँपालिका-२ पाराखोपीका ३० वर्षीय सुनील राजवंशीमाथि उक्त आरोप लागेको हो । प्रहरीले उनलाई पक्राउ गरेको छ । पाराखोपीका ६३ वर्षीय बासु राजवंशी गएराति आफ्नै घरको आँगनमा रहेको लिचीको बोटमा झुन्डिएको अवस्थामा फेला परेका थिए । मृतकको टाउको र आँखामा चोट देखिएको छ । उनको मृत्यु शङ्...
बलात्कार आरोपमा खोटाङको रावाबेसीका युवक पक्राउ

बलात्कार आरोपमा खोटाङको रावाबेसीका युवक पक्राउ

खोटाङ । खोटाङको रावाबेसीमा २२ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । रावाबेसी गाउँपालिका–२ खार्पा बस्ने ३२ वर्षीय टेकबहादुर नेपालीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।  नेपालीले ती युवतीलाई आफ्नै घरमा लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्...
सर्पले टोकेर ताप्लेजुङमा तीनजना घाइते

सर्पले टोकेर ताप्लेजुङमा तीनजना घाइते

ताप्लेजुङ । सर्पले टोकेर ताप्लेजुङमा तीनजना घाइते भएका छन् । साउन ४ देखि ६ गतेको अवधिमा जिल्लाका बेग्लाबेग्लै स्थानमा तीनजनालाई सर्पले टोकेको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक कमल लुङगेलीका अनुसार पाथीभरा याङवरक गाउँपालिका–१ नाङखोल्याङका ५२ वर्षीय भीमबहादुर राईलाई सर्पले डसेको थियो । जिल्ला अस्पताल ताप्लेजुङमा सामान्य उपचारपछि थप उपचारका लागि उनलाई झापाको...
मोरङको बेलबारीमा करेन्ट लागेर महिलाको मृत्यु

मोरङको बेलबारीमा करेन्ट लागेर महिलाको मृत्यु

विराटनगर । मोरङको बेलबारीमा करेन्ट लागेर एकजना महिलाको मृत्यु भएको छ । बेलबारी नगरपालिका–७ हल्दिबारीकी ५१ वर्षीया पन्तीदेवी चौधरीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नै घरमा टिनको छानामा राखिएको फलामको रड निकाल्ने क्रममा उनलाई गएराति अचानक करेन्ट लागेको थियो । प्रहरीका अनुसार करेन्ट लागेर घाइते भएकी उनलाई उपचारका लागि विराटनगरस्थित विराट टिचिङ अस्पताल ल्याइएको थियो । अस्पताल ल्या...
धनकुटामा तयार हुँदै अल्पसंख्यक आठपहरिया जातिको सङ्ग्रहालय

धनकुटामा तयार हुँदै अल्पसंख्यक आठपहरिया जातिको सङ्ग्रहालय

धनकुटा । धनकुटा जिल्लामा मात्र बसोबास रहेको अल्पङ्ख्यक आठपहरिया जातिको सङ्ग्रहालय निर्माणको कामले गति लिएको छ । आठपहरिया जातिको संस्कृति जगेर्ना गर्ने उद्देश्यले निर्माण थालिएको सङ्ग्रहालयको काम धमाधम भइरहेको हो । धनकुटा नगरपालिका–४ स्थित बिहिवारे हटिया छेउमा सङ्ग्रहालय निर्माणको काम भइरहेको छ । धनकुटा नगर विकास समितिको तीन रोपनी क्षेत्रफलमा सङ्ग्रहालय निर्माण भइरहेको हो ।  तीन वर्षअघि थालिएको...
धनकुटाको महालक्ष्मीका कृष्णबहादुरलाई पुर्ख्यौली पेशा नै भरपर्दो

धनकुटाको महालक्ष्मीका कृष्णबहादुरलाई पुर्ख्यौली पेशा नै भरपर्दो

धनकुटा । धनकुटाको महालक्ष्मीका कृष्णबहादुर विश्वकर्मा आफ्नो पुर्ख्यौली पेसाबाट राम्रो आम्दानी गरिरहेका छन् । काठका विभिन्न हस्तकला सामग्रीलाई आधुनिक रूप दिएर उनले मासिक ७० हजार रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन् । महालक्ष्मी नगरपालिका–९, मूर्तिढुङ्गा घर भएका विश्वकर्माले धनकुटाको हिलेमा कोसेली घर एण्ड पञ्चकन्या घरेलु ठेकी, तोङ्बाका भाँडा बनाउने उद्योग सञ्चालन गरेका छन् । २०६३ सालमा कामको ख...
बीच सडकमै गाडी, सडक पेटीमा व्यापार र पार्किङ (बेथितिका तस्बिरहरू)

बीच सडकमै गाडी, सडक पेटीमा व्यापार र पार्किङ (बेथितिका तस्बिरहरू)

विराटनगर । हरेक वर्ष ट्राफिक सप्ताह मनाइन्छ । यस वर्ष पनि कोशी प्रदेशमा हालै ‘दुर्घटनामुक्त समाजको चाहना, ट्राफिक प्रहरीको कामना’ भन्ने नारासहित धुमधामसाथ ट्राफिक सप्ताह मनाइएको थियो । ट्राफिक सप्ताहमा मुख्यमन्त्रीदेखि विभिन्न मन्त्रालयका मन्त्री, डिआइजी र सरोकारवाला लगायतको उपस्थिति थियो । दुर्घटना न्यूनीकरणका विषयमा बृहत् कार्यक्रम भयो । तर त्यसको प्रतिफल भने शून्य छ । सडकमा प्रभावकारी रूपमा...
error: Content is protected !!