संखुवासभामा सुतेकै अवस्थामा मजदुर मृत भेटिए
संखुवासभा । संखुवासभामा एक जना मृत भेटिएका छन् । खाँदबारी नगरपालिका-१ स्थित होटलमा सुतेको अवस्थामा सल्यान घर भएका अन्दाजी ३४ वर्षीय एकराज चलाउने मृत भेटिएका हुन् ।
संखुवासभा प्रहरीका प्रवक्ता इन्स्पेक्टर रामकुमार लामिछानेका अनुसार चलाउने हिजो मात्रै खाँदबारी आइपुगेका थिए ।
उनले संगालोखबरसँग भने, ‘उहाँ सडकमा काम गर्ने मजदुर हुनु हुँदो रहेछ । हिजो मात्रै समूहमा आएर होटलमा बास बस्नुभएको रहेछ । बि...


























