संगालोखबर
फाइल तस्बिर

विराटनगर । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश समितिले बाढी, पहिरो र डुबानबाट प्रभावितलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न आग्रह गरेको छ । माओवादीका अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो)ले एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।

कोशीमा आधा दर्जन व्यक्तिहरूको ज्यान गएको, ८ जनाभन्दा बढी बेपत्ता भएका, कयौँ मानिस घाइते भएका र लाखौंको क्षति भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । कैयौं मानिसहरू बाढी पहिरोको जोखिममा परी उद्धारको प्रतीक्षामा रहेकाले उनीहरूको तत्काल उद्धार गर्न विज्ञप्ति मार्फत ध्यानाकर्षण गरिएको छ ।

Advertisement

अझै केही दिन मनसुन सक्रिय रहने भएकोले आम सर्वसाधारणलाई सुरक्षित रहन आग्रह गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!