
विराटनगर । विराटनगरको दिल्ली पब्लिक स्कुल (डीपीएस) का आदर्श गुप्ताले टेबल टेनिस प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । दोस्रो गिरिजाप्रसाद कोइराला अन्तरविद्यालय टेबल टेनिस प्रतियोगितामा गुप्ताले स्वर्ण पदक जितेका हुन् ।
विराटनगरमा जेठ २९ र ३० गते आयोजना भएको प्रतियोगितामा उनले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । विद्यालयले उनलाई बधाई दिँदै आगामी दिनमा थप सफलता हासिल गर्न शुभकामना व्यक्त गरेको छ ।
विद्यालयले प्रतियोगितामा योगदान पुर्याउने प्रशिक्षक, शिक्षक तथा अभिभावकप्रति पनि धन्यवाद ज्ञापन गरेको छ । डीपीएसका विद्यार्थीहरूले विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट नतिजा हासिल गर्दै आएका छन् ।

संगालोखबर 


















