संगालोखबर


काठमाडौ । सङ्घीय सरकार अन्तर्गतका सरकारी निकायमा कार्यरत राष्ट्रसेवक कर्मचारीहरूले अब हरेक महिनाको १५/१५ दिनमा तलब भत्ता पाउने भएका छन् ।

अर्थ मन्त्रालयको नीतिगत मार्गदर्शन अनुसार महालेखा नियन्त्रक कार्यालयले भदौ १ गते मातहतका निकायहरूलाई पत्र पठाउँदै अर्धमासिक रूपमा तलब भत्ता भुक्तानीको व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

महालेखा नियन्त्रक कार्यालय, बजेट तथा सोधभर्ना शाखाका अनुसार २०८३ वैशाख ४ गतेको अर्थमन्त्रीस्तरीय नीतिगत निर्णयका आधारमा राष्ट्रसेवक कर्मचारीहरूलाई हरेक महिनाको १५ दिन व्यतीत भएपछि तलब भत्ता भुक्तानी गर्न प्रणालीमा आवश्यक व्यवस्था मिलाइसकिएको छ ।

यस निर्णयसँगै सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालय, निवृत्तभरण व्यवस्थापन कार्यालय र कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयलाई आ-आफ्नो कार्यक्षेत्रभित्रका सङ्घीय सरकारी निकायहरूबाट निकासको माग भई आएमा सोहीअनुसार अर्धमासिक रूपमा तलब र बजेट वक्तव्य २०८३/८४ अनुसारको कर्मचारी प्रोत्साहन भत्ता समेत भुक्तानीको व्यवस्था मिलाउन अनुरोध गरिएको पत्रमा उल्लेख छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!