पक्राउ परे निकोलस भुसाल 

पक्राउ परे निकोलस भुसाल 

काठमाडौं । निकोलस भुसाल गोरखा नगरपालिका-८ सरस्वति आश्रमबाट पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई आज पक्राउ गरेको हो । उनी तीन दिनदेखि प्रहरीको खोजी सूचीमा रहेका थिए । प्रहरीका अनुसार सार्वजनिक शान्ति सुरक्षामा खलल पुर्‍याएका कारण उनलाई पक्राउ गरिएको हो । सार्वजनिक रूपमा अन्टसन्ट बोल्दै आएका भुसालले तीन दिनअघि माइतीघरमा प्रदर्शनको आव्हान गरेका थिए । तर उनी ...
वन कार्यालय भोजपुरका अधिकृत श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर 

वन कार्यालय भोजपुरका अधिकृत श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर 

विराटनगर । डिभिजन वन कार्यालय भोजपुरमा कार्यरत डिभिजनल वन अधिकृत दानबहादुर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । श्रेष्ठले १ करोड ४३ लाख १८ हजार ९३७ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत खुलाउन नसकेको भन्दै सोही रकम बराबरको बिगो कायम गरी आयोगले आरोपपत्र दायर ...
कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका हल्का वर्षाको सम्भावना

कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका हल्का वर्षाको सम्भावना

विराटनगर । हिजो दिउँसोको तुलनामा आज मौसममा केही सुधार भएको छ । तर पश्चिमी वायुको प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ । आजको तुलनामा भोलि बदली र वर्षाको सम्भावना धेरै रहेको महाशाखाले जनाएको छ । भोलि गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा तथा बाँकी पहाडी भूभा...
कहिलेबाट सुधार हुन्छ मौसम ?

कहिलेबाट सुधार हुन्छ मौसम ?

विराटनगर । हाल कोशी प्रदेशसहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । बिहीबारबाट देशका धेरै ठाउँमा निरन्तर वर्षा र हिमपात भइरहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, मधेश, गण्डकी र बागमती प्रदेशका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । गएरातिदेखि कोशी र मधेशका केही ठाउँमा ठूलो पानी परेको छ । सबैभन्दा धेरै मोरङ, सप्तरी र झापामा पानी परेको महाशाखाले जनाएको...
मोरङको हरैंचामा १०४ मिलिमिटर वर्षा, कोशी र मधेशमा आज पनि भारी वर्षाको सम्भावना

मोरङको हरैंचामा १०४ मिलिमिटर वर्षा, कोशी र मधेशमा आज पनि भारी वर्षाको सम्भावना

विराटनगर । बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ का कारण मधेश र कोशी प्रदेशका एक/दुई स्थानमा मध्यमदेखि भारी वर्षा भएको छ । पछिल्लो तीन घण्टामा मोरङको हरैंचामा सबैभन्दा धेरै १०४ मिलिमिटर वर्षा भएको छ । यस्तै सप्तरीको बरमझियामा ५७.४ मिलिमिटर वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार चक्रवात मोन्था प्रणाली आज कोशी र मधेश प्रदेशमा केन्द्रित ...
३० जिल्लामा बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

३० जिल्लामा बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

विराटनगर । आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न नदी खोलाहरूमा बाढीको जोखिम रहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, तेह्रथुम, पाँचथर, ओखलढुङ्गा, खोटाङ, धनकुटा, इलाम र मोरङमा बाढीको मध्यम जोखिम छ । सुनसरी, उदयपुर, पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, सिराहा, सप्तरी, सिन्धुली, काभ्रे, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, नवलपरासी पू...
यस्तो छ शनिबारसम्मको मौसम, केही स्थानमा भारी वर्षाको सम्भावना 

यस्तो छ शनिबारसम्मको मौसम, केही स्थानमा भारी वर्षाको सम्भावना 

विराटनगर । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को प्रभाव छ । साथै पश्चिमी वायुको र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर साधारणतया बदली रही कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनी प्रदेशको थोरै स्थान, गण्डकी र कर्णाली प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी, मधेश, बागमती, ...
मङ्सिर ७ देखि देशव्यापी आन्दोलन गर्ने प्रसाईंको घोषणा

मङ्सिर ७ देखि देशव्यापी आन्दोलन गर्ने प्रसाईंको घोषणा

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले मङ्सिर ७ गतेदेखि देशव्यापी आन्दोलनको घोषणा गरेका छन् । व्यवस्था परिवर्तनको माग राख्दै उनले आन्दोलनको घोषणा गरेका हुन् । उनले यो आन्दोलन बन्दुक, बारुद बोकेर आउने वा सिंहदरबारमा आगो लगाउने, मानिसका घर जलाउने, नेपाली नागरिक र व्यापार व्यवसायमा तोडफोड गर्ने आन्दोलन नभएको बताए । आज मानव अधिकार आयोगका अ...
चक्रवात ‘मोन्था’ का कारण कोशी, मधेश र बागमती प्रदेश प्रभावित हुने

चक्रवात ‘मोन्था’ का कारण कोशी, मधेश र बागमती प्रदेश प्रभावित हुने

विराटनगर । बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ का कारण कोशी, मधेश र बागमती प्रदेश प्रभावित हुने भएका छन् । आज राति भारतको आन्ध्र प्रदेशमा प्रवेश गर्ने क्रममा रहेकोले उत्तरतर्फ सर्दै १३ गते बिहीबार दिउँसोदेखि १५ गते शनिवार बिहानसम्म ‘मोन्था’ ले नेपालमा प्रभाव पार्नसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आज विज्ञप्ति जारी गर्दै ‘मोन्था’ को प्रभावले मधेश र कोशीका धेरै तथा बागमतीका...
यी स्थानमा भारी वर्षा र हिमपातको सम्भावना

यी स्थानमा भारी वर्षा र हिमपातको सम्भावना

विराटनगर । हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी,  लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा मध्यम हिमपात र वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । यस्तै तराईका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि छ ।...
उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठको समापन

उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठको समापन

विराटनगर । सूर्यको श्रद्धा भक्‍तिपूर्वक पूजा आराधना गरी मनाइने छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सम्पन्न भएको छ । उदाउँदो सूर्यलाई नदी किनारमा बसी पूजा आराधनासहित गाईको दूध, फूल र जलले अघ्र्य दिएपछि छठ सम्पन्न हुने धार्मिक विधि छ । यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ । बिहानै घाटमा गरिने पूजा भएकाले भिन्सरघाट भनिएको हो । सूर्याेदयकालमा अर्घ्य दिई सूर्यको दर्शन गरेपछि छठ पूज...
कोशी प्रदेशका पाँच जिल्लाका सीडीओ फेरिए

कोशी प्रदेशका पाँच जिल्लाका सीडीओ फेरिए

विराटनगर । कोशी प्रदेशका पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं मन्त्रालयका सहसचिव गरी ३६ जनाको सरुवा गर्दा कोशीका पाँच जिल्लाका सीडीओ फेरिएका हुन् । मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको सरुवा भएको छ । मोरङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा युवराज कट्टेल आएका छन् । यादवलाई महोत्तरी पठाइएको छ । उदयपुरका प्रमुख ज...
छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ्य दिइँदै

छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ्य दिइँदै

विराटनगर । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिइँदैछ । बिहानै स्नान गरी दिनभर निर्जल व्रत गरेका बर्तालुले बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने गरिन्छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व अस्ति शनिबारदेखि शुरु भएको हो । कात्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाने गरिन्छ । दोस्रो दिन सखर हाल...
आजबाट छठ पर्व शुरू : पहिलो दिन ‘नहाय–खाए’ गरिँदै

आजबाट छठ पर्व शुरू : पहिलो दिन ‘नहाय–खाए’ गरिँदै

विराटनगर । तराई मधेशमा मनाइने छठ पर्व आजदेखि शुरू भएको छ । पारिवारिक सुख–समृद्धि र सन्तानको कल्याणको कामनासहित छठ पर्व मनाउने गरिन्छ । चार दिनसम्म मनाइने छठपर्व अन्तर्गत पहिलो दिन आज बेलुका ‘नहाय–खाए’ गरिँदैछ । दोस्रो दिन भोलि दिनभरि उपवास बसी रातमा ‘खीर’ बनाई देउतालाई चढाएर खाने गरिन्छ । यो विधिलाई ‘खरना’ भनिन्छ । त्यस्तै, मुख्य दिन सोमवार ठेकुवा, भुसवालगायत कृषिजन्य अन्नको पिठोबाट बनाइएका पक...
आज भाइटीका : उत्तम साइत बिहान ११ः३९ बजे

आज भाइटीका : उत्तम साइत बिहान ११ः३९ बजे

विराटनगर । यमपञ्चक अर्थात तिहारको मुख्य दिन आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । यसरी पूजा गरी टीका लगाउनाले सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ । भाइटीकाको...
आज कुकुर तिहार, नरक चतुर्दशी र लक्ष्मीपूजा

आज कुकुर तिहार, नरक चतुर्दशी र लक्ष्मीपूजा

विराटनगर । आज एकैदिन कुकुर तिहार, नरक चतुर्दशी र लक्ष्मीपूजा मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यसवर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । आज दिउँसो दुई बजेर ५२ मिनेटसम्म चतुर्दशी र त्यसपछि औँसी तिथि लाग्ने भएकाले लक्ष्मीपूजा पनि आज नै परेको छ । नरक चतुर्दशी र कुकुर तिहार सूर्याेदयकालमा चतुर्दशी भएको ...
विपिन जोशीको शव भोलि नेपाल आइपुग्ने

विपिन जोशीको शव भोलि नेपाल आइपुग्ने

काठमाडौं । हमासद्वारा इजरायलमा मारिएका विपिन जोशीको शव भोलि नेपाल आइपुग्ने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार विपिनको शव सोमबार साढे २ बजे नेपाल आइपुग्नेछ । उनको शव नेपाल आएपछि सरकारको तर्फबाट श्रद्धाञ्जली कार्यक्रम गरिने भएको छ । ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत विपिन जोशी इजरायल गएका थिए । सन् २०२३ अक्टोबर ७ मा हमासले इजराइलमाथि आक्रमण गर्दा विपिन हमासको कब्जामा परेका थिए । जहाँ १० नेपा...
आज काग तिहार

आज काग तिहार

विराटनगर । कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार आज यमराजको दूतका रूपमा कागलाई मीठा-मीठा खानेकुरा दिएर मनाइँदैछ । यस वर्षको यमपञ्चक हिजोदेखि शुरु भएको हो । हिजो दिउँसोसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लागेकाले आज काग तिहार मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । बिहान सूर्याेदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत रूपमा आज यो पर्व म...
भाइटीकाको उत्तम साइत बिहान ११ः३९ बजे

भाइटीकाको उत्तम साइत बिहान ११ः३९ बजे

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे भाइटीकाको साइत उत्तम रहेको समितिले जनाएको छ । कात्तिक ६ गते बिहीबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला र अभिजित योग तथा विजय मुहूर्तको शुभ साइत दिइएको समितिको भनाइ छ । यस वर्ष यमपञ्चक कात्तिक १ गते शनिबा...
इजरायली सेनाका अधिकारीले भने– विपिन जोशी जीवित छैनन्

इजरायली सेनाका अधिकारीले भने– विपिन जोशी जीवित छैनन्

विराटनगर । इजरायली सेना आईडीएफका अधिकारीले इजरायलमा हमासद्वारा नियन्त्रणमा लिइएका विपिन जोशी जीवित नरहेको जानकारी गराएका छन् । इजरायलको स्थानीय समय अनुसार आज बिहान साढे ७ बजे विपिन जीवित नरहेको औपचारिक जानकारी दिएका हुन् । इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित, अमेरिकामा रहेकी विपिनकी बहिनी, नेपालमा रहेका विपिनका दाजु किशोर र इजरायलको प्रधानमन्त्री कार्यालयका दुई अधिकारीहरूलाई भिडियो कन्...
जेनजी समुहले सित्तैमा लियो भोटेकोशीको १० प्रतिशत सेयर 

जेनजी समुहले सित्तैमा लियो भोटेकोशीको १० प्रतिशत सेयर 

काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको एउटा जेनजी समूहले भोटेकोशी पावर कम्पनीलाई दबाब दिँदै भोटेकोशी जलविद्युत आयोजनाको १० प्रतिशत शेयर सित्तैमा लिएको छ । आइतबार भोटेकोशी पावर कम्पनी र जेनजी पब्लिक इन्भेष्टमेन्ट पब्लिक लिमिटेडबीच १० प्रतिशत शेयर लेनदेनमा सम्झौता भएको हो । भोटेकोशी जेनजी पब्लिक इन्भेष्टमेन्ट पब्लिक लिमिटेडको नाममा स्थानीय समूहले ४५ मेगावाटको अपर भोटेकोशी जलविद्युत आयो...
कोशी सरकारले बाढी पहिरोले भत्काएका सबै घर पुनर्निर्माण गरिदिने

कोशी सरकारले बाढी पहिरोले भत्काएका सबै घर पुनर्निर्माण गरिदिने

विराटनगर । कोशी प्रदेश सरकारले बाढी पहिरोले भत्किएका र बगाएका सबै घर पुनर्निर्माण गरिदिने भएको छ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा आज बसेको प्रदेश विपद व्यवस्थापन परिषद्को बैठकले सबै घर बनाइदिने निर्णय गरेको हो । विपत्‌मा सबैभन्दा बढी क्षति भएको इलाम, झापा र मोरङका घरहरू तत्कालै बनाउन सुरु गर्ने कोशी प्रदेश सरकारले जनाएको छ । घरहरूको सम्पूर्ण विवरण संकलन पनि गर...
कोशीका १४ सहित २० जिल्लामा बाढीको उच्च जोखिम

कोशीका १४ सहित २० जिल्लामा बाढीको उच्च जोखिम

विराटनगर । बाढी पूर्वानुमान महाशाखाले कोशीका १४ सहित २० जिल्लामा बाढीको उच्च जोखिमको चेतावनी दिएको छ । गएरातिदेखि वर्षा भइरहेको र दिउँसोपछि वर्षा झनै बढ्ने सम्भावनाका कारण महाशाखाले ‘रेड अलर्ट’ जारी गरेको हो । महाशाखाको सूचना अनुसार काठमाडौं, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, दोलखा, रामेछाप, ...
तीन दिनसम्म लामो दूरीका यातायात बन्द गर्ने निर्णय

तीन दिनसम्म लामो दूरीका यातायात बन्द गर्ने निर्णय

विराटनगर । तीन दिनसम्म भारी वर्षाको सम्भावना रहेकाले लामो दूरीका यातायात सञ्चालनमा रोक लगाइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सूचना जारी गर्दै लामो दूरीका यातायात तीन दिनका लागि बन्द गर्ने निर्णय भएको जनाएको हो । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ । सोही अनुरूप प्राधिकरणले लामो दूरीका य...
आज यी स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना

आज यी स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना

विराटनगर । हाल देशभरको मनसुनी प्रणालीमा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान मधेस, बागमती, लुम्बिनी, गण्डकी प्रदेशमा मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भाग धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका क...
बडादशैँको टिकाको दोस्रो दिन, आज पनि मान्यजनको हातबाट टीका लगाइँदै

बडादशैँको टिकाको दोस्रो दिन, आज पनि मान्यजनको हातबाट टीका लगाइँदै

विराटनगर । आज असोज शुक्ल पक्षको एकादशी अर्थात दशैंको टीकाको दोस्रो दिन । हिजो मान्यजनबाट टीका, जमरा थाप्न जान नभ्याएकाले आज टीका र जमरा सहित आशीर्वाद थाप्ने चलन छ । दशैंको टीका कोजाग्रत पूर्णिमाको दिनसम्म रहन्छ । धेरैजसो ठाउँमा कोजाग्रत पूर्णिमाका दिनसम्मनै टीका, जमरा लगाई आशीर्वाद थापिन्छ । तर नेपालका केही भागमा भने कुल, परम्परा अनुसार हिजोमात्र दुर्गा देवीको प्रसादका रुपमा टीका र जमरा लगाउने ...
आज विजयादशमी, बिहान ११ बजेर ५३ मिनेटको साइत उत्तम

आज विजयादशमी, बिहान ११ बजेर ५३ मिनेटको साइत उत्तम

विराटनगर । आज बडादशैँ अर्थात दुर्गापक्षको मुख्य दिन, मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र जमरा लगाइँदै छ । रातो टीकालाई शुभ साइतको प्रतीक र जमरालाई समृद्धिको प्रतीक मानिन्छ । दशैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइ...
यस्तो छ शुक्रबारसम्मको मौसम, कोशीसहित केही स्थानमा भारी वर्षाको सम्भावना

यस्तो छ शुक्रबारसम्मको मौसम, कोशीसहित केही स्थानमा भारी वर्षाको सम्भावना

भोजपुर । हाल देशभर मनसुनी र स्थानीय वायुको प्रभाव छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया बदली तथा बाँकी स्थानमा आंशिक देखि साधारणतया बदली भइरहेको छ । आज दिउँसो सबै प्रदेशमा साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी र तराई भू–भाग तथा मधेश प्रदेशका केही स्थान साथै बाँकी प्रदेशका पहाडी र तराई भू-भागका थोरै...
आज महानवमी, सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरिँदै

आज महानवमी, सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरिँदै

काठमाडौं । आज देशभर नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी महानवमी पर्व मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा आज  विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दशैँघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बलिसहित दुर्गा भवानीको विशेष पूजाआराधना र दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिन्छ । शाकाहारीले भने महानवमीका दिन...
आज बडादशैँको अष्टमी : महागौरी देवीको विधिपूर्वक पूजाआराधना गरिँदै

आज बडादशैँको अष्टमी : महागौरी देवीको विधिपूर्वक पूजाआराधना गरिँदै

विराटनगर । नवरात्रको नवौँ दिन आज दशैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । हरेक वर्ष आश्विन शुक्ल अष्टमीका दिन महागौरी देवीको विधिपूर्वक पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा छ । तिथि वृद्धि नभएका वर्ष नवरात्रको आठौँ दिन पर्ने भए पनि यस वर्ष चौथी तिथि वृद्धि भएकाले नवौँ दिन महागौरी देवीको पूजा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाए...
बडादशैँकाे साताैं दिन आज घरघरमा फूलपाती भित्र्याइँदै

बडादशैँकाे साताैं दिन आज घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडाैं । आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्व आज घर-घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ। घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ। नवपत्रिकाको नामले समेत चिन...
error: Content is protected !!