कोशी र गण्डकी प्रदेशमा भारी वर्षा

कोशी र गण्डकी प्रदेशमा भारी वर्षा

विराटनगर । कोशी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा भएको छ । धनकुटाको मूलघाट, त्रिवेणी र मझुवाघाट, सुनसरीको तरहरा र धरान, इलामको माईपोखरी, कास्कीको लुम्लेलगायतका क्षेत्रमा भारी वर्षा भएको हो । सुनसरीको सर्दु खोला मदन भण्डारी राजमार्ग जलमापन केन्द्रमा जलसतहले खतरा तह पार गरेको छ । त्यस्तै कास्कीको लुम्ले क्षेत्रमा ठूलो वर्षा भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । पर्वतको मोदी खोला जलमापन ...
आज साउने सङ्क्रान्ति पर्व मनाइँदै

आज साउने सङ्क्रान्ति पर्व मनाइँदै

विराटनगर । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रूपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुरु हुने उत्तरायण र साउन १ ग...
राजीनामापछि गुप्ताले लेखे– नखाएको विषको शिकार भएँ

राजीनामापछि गुप्ताले लेखे– नखाएको विषको शिकार भएँ

विराटनगर । घुस डिल अडिओ प्रकरणमा मुछिएपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री पदबाट राजीनामा दिएका राजकुमार गुप्ताले आफू प्रविधिको शिकारमा परेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै गुप्ताले विगत केही दिन अघिदेखि निरन्तर आफ्नो नाम घुस डिलसँग जोडेर प्रचार भएको उल्लेख गरेका छन् । ‘कहिलेकाँही नखाएको विष पनि लाग्दो रहेछ । म अहिले त्यसैको शिकार भएँ’, उनले लेखेका छन्, ‘अब लागेका आर...
यस्तो छ बिहीबारसम्मको मौसम, केही स्थानमा भारी वर्षा र हावाहुरीको सम्भावना

यस्तो छ बिहीबारसम्मको मौसम, केही स्थानमा भारी वर्षा र हावाहुरीको सम्भावना

विराटनगर । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती,...
आज गुरु पूर्णिमा 

आज गुरु पूर्णिमा 

विराटनगर । आज असार शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा मनाइँदैछ । गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा मनाइन्छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिककालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ । वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद्ल गायतका धार्मिकग्रन्थ लेख...
यी हुन् बाढीपहिरोले पूर्णरूपमा अवरुद्ध भएका प्रमुख राजमार्ग

यी हुन् बाढीपहिरोले पूर्णरूपमा अवरुद्ध भएका प्रमुख राजमार्ग

विराटनगर । बाढीपहिरोका कारण देशभर केही मुख्य राजमार्ग पूर्णरूपमा अवरूद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार कोशीका संखुवासभा र पाँचथरसहित देशका विभिन्न स्थानका मूख्य राजमार्ग अवरुद्ध भएका हुन् । संखुवासभामा कोशी राजमार्ग, पाँचथरस्थित मेची राजमार्ग, रसुवाको पासाङ ल्हामु राजमार्ग, मकवानपुरको कान्तीलोक पथ, म्याग्दीस्थित दरबाङ सडक र नवलपरासीस्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध छ...
यी हुन् कालोसूचीमा परेका चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता 

यी हुन् कालोसूचीमा परेका चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता 

विराटनगर । सार्वजनिक खरिद अनुगमन कार्यालयले चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सन्तोषजनक काम नगरेको भन्दै एक वर्षको लागि कालोसूचीमा राखेको हो । लुना खरेल मुख्य व्यक्ति भएको काठमाडौंको ग्रीन लिफ प्रालि, राधेश्याम झाको धनुषाको शिवम् कन्स्ट्रक्सन र रघुनाथ कुमार ठाकुर मुख्य व्यक्ति र...
साउनदेखि नियुक्त हुने कर्मचारीहरूले पेन्सन नपाउने 

साउनदेखि नियुक्त हुने कर्मचारीहरूले पेन्सन नपाउने 

विराटनगर । आगामी आर्थिक वर्ष २०८२/०८३ देखि नियुक्त हुने कर्मचारीहरूलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने भएको छ । आज अर्थ मन्त्रालयले सामाजिक सुरक्षा प्रणाली लागू गर्न आवश्यक व्यवस्था मिलाउन सबै मन्त्रालय, नियामक निकाय, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरूलाई परिपत्र गरेको छ । योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू नगरेका कारण सिर्जना...
सवारी चालक अनुमतिपत्र प्रणालीसँग सम्बन्धित सबै सेवा बन्द

सवारी चालक अनुमतिपत्र प्रणालीसँग सम्बन्धित सबै सेवा बन्द

विराटनगर । सवारी चालक अनुमतिपत्र प्रणालीसँग सम्बन्धित सेवाहरू बन्द भएका छन् । यातायात व्यवस्था विभागले आज एक सूचना जारी गर्दै सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या आएकोले सेवाहरू बन्द गरेको जनाएको छ । विभागले उक्त समस्याको समाधान कार्य भइरहेको हुँदा अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि सवारी अनुमतिपत्रसँग सम्बन्धित सबै सेवाहरू बन्द रहने उल्लेख गरेको छ ।
देशभरको शैक्षिक गुणस्तर खस्किँदो

देशभरको शैक्षिक गुणस्तर खस्किँदो

धनकुटा । पछिल्लो समय देशभरीकै शैक्षिक गुणस्तर खस्किँदो अवस्थामा रहेको एक प्रतिवेदनले देखाएको छ । शैक्षिक गुणस्तर परीक्षण केन्द्र सानोठिमी भक्तपुरले शिक्षा विकास निर्देशनालय धनकुटामा आज आयोजित कार्यक्रममा सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को प्रतिवेदनले यस्तो देखाएको हो । कार्यक्रममा सन् २०२३ मा शैक्षिक गुणस्तर परीक्षण केन्द्रले कक्षा १० का विद्यार्थीहरूको सिकाइ उपलब्धि बारे गरेको राष्ट्रिय प...
आम सञ्चार विधेयकको संसोधन सुझाव हस्तान्तरण

आम सञ्चार विधेयकको संसोधन सुझाव हस्तान्तरण

विराटनगर । कोशी प्रदेश सरकारले निर्माण गर्न लागेको आम सञ्चार विधेयकमा नागरिक समाजको तर्फबाट संकलन भएको सुझाव विषयगत समितिलाई हस्तान्तरण गरिएको छ । साझा सवालका लागि साझा मञ्च कोकनले सोमबार कोशी प्रदेश सभाको न्याय प्रशासन तथा विद्यायन समिति सभापति कमला दर्नाल र सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीलाई विधेयकको सुझाव हस्तान्तरण गरेको हो । कोकनले विभिन्न चरणमा कोशी सरकारले प्रद...
एक वर्षमा कोशीका दुई लाख ६० हजार युवा विदेशिए

एक वर्षमा कोशीका दुई लाख ६० हजार युवा विदेशिए

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङमा तीन सय १३ वटा वैदेशिक रोजगारी सम्बन्धी ठगीका उजुरी परेका छन् । कार्यालयका अनुसार चालू आर्थिक वर्षको जेठ मसान्तसम्म उक्त उजुरी परेका हुन् । रोजगार सेवा केन्द्रका कर्मचारी र सुरक्षित आप्रवासन (सामी) जिल्ला संयोजकसँगको अन्तरक्रिया तथा तालिम कार्यक्रममा बोल्दै मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले उक्त उजुरीमध्ये एक सय ३६ वटा छानबिन गरी टुङ्गो लागिस...
शिक्षक महासंघ र शिक्षा मन्त्रालयबीचको वार्ता सहमति बिनै टुङ्गियो

शिक्षक महासंघ र शिक्षा मन्त्रालयबीचको वार्ता सहमति बिनै टुङ्गियो

विराटनगर । नेपाल शिक्षक महासंघ र शिक्षा मन्त्रालयबीचको आज भएको वार्ता बिनानिष्कर्ष टुङ्गिएको छ । शिक्षक महासंघका प्रतिनिधिले शिक्षा मन्त्रालयले शिक्षकको पदपूर्तिबारे गरेको प्रस्तावमा असहमति जनाएपछि बिनानिष्कर्ष वार्ता टुङ्गिएको हो । मन्त्रालयले ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धाबाट शिक्षकको पदपूर्ति गर्ने प्रस्ताव गरेपछि महासंघका प्रतिनिधिले वार्ता छाडेका छन् । तर महासंघले भने ७...
शिक्षा विधेयकमा बिलम्ब र षड्यन्त्र भए तुरुन्तै आन्दोलन गर्ने महासंघको चेतावनी

शिक्षा विधेयकमा बिलम्ब र षड्यन्त्र भए तुरुन्तै आन्दोलन गर्ने महासंघको चेतावनी

विराटनगर । विद्यालय शिक्षा विधेयकमा बिलम्ब र षड्यन्त्र भए तुरुन्तै आन्दोलनमा जान बाध्य हुने नेपाल शिक्षक महासंघले चेतावनी दिएको छ । असार १५ गते विधेयक प्रतिनिधिसभामा पेस गर्ने सहमति भएपनि त्यस अनुरूप नभएपछि महासंघले विज्ञप्तिमार्फत पुनः आन्दोलनको चेतावनी दिएको हो । महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले हस्ताक्षर गरेको विज्ञप्तिमा आन्दोलनको स्थित हुन नदिन सक्रिय र गम्भी...
अबदेखि जुनसुकै विषय पढेकोले पनि शिक्षक लाइसेन्स पाउने

अबदेखि जुनसुकै विषय पढेकोले पनि शिक्षक लाइसेन्स पाउने

विराटनगर । शिक्षाशास्त्र संकायबाहेकले पनि अब शिक्षक लाइसेन्सको परीक्षा दिन पाउने भएका छन् । आज सिंहदबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले विद्यालय तहको शिक्षक हुन जुनसुकै विषय पढेकाले पनि अध्यापन अनुमतिपत्र लिन पाउने सहमति गरेको हो । यस्तै विद्यालय शिक्षाको पाठ्यक्रम परिवर्तन भए वा प्रत्येक पाँच वर्षमा शिक्षकहरूले पुनर्ताजगी तालिम लिनुपर्ने सहमति पनि जुटेको छ । विद्याल...
आज असार १५ : दही चिउरा खाएर मनाइँदै

आज असार १५ : दही चिउरा खाएर मनाइँदै

विराटनगर । हरेक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषिप्रधान देश भएकाले नेपालका धेरै मानिसको पेसा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । असारमा एकपटक हिलोमा पस्नुपर्ने मान्यता नेपाली...
एसईईको नतिजा सार्वजनिक

एसईईको नतिजा सार्वजनिक

विराटनगर । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । आज बसेको बोर्डको बैठकले एसईईको नतिजा सार्वजनिक गरेको हो । नियमित परीक्षामा सहभागी भएका ४ लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३.६ देखि ४ जीपीए ४८ हजार १७७, ३.२ देखि ३.६ जीपीएसम्म ८१ हजार ३५५, २.८ देखि ३.२ जीपीएसम्म ९९ हजार १२४ जना, २.४ देखि २.८ जीपीएसम्म ४८ हजार ४७९, २ देखि २.४ सम्म ल्याउने ४ ह...
एसईईको नतिजा प्रकाशनको तयारी 

एसईईको नतिजा प्रकाशनको तयारी 

विराटनगर । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक डा. गणेश भट्टराईका अनुसार नतिजाको काम अन्तिम चरणमा पुगेको हो । नतिजा प्रकाशनका लागि आज बोर्ड बैठक बस्ने तयारी छ । तर बैठक बस्ने समयतालिका निर्धारण भइसकेको छैन । बोर्ड बैठक बसेपछि नतिजा प्रकाशनको टुङ्गो लाग्नेछ । २०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो...
कतारले खोल्यो हवाईमार्ग, जनजीवन सामान्य बन्दै

कतारले खोल्यो हवाईमार्ग, जनजीवन सामान्य बन्दै

विराटनगर । कतारले हवाईमार्ग खुला गरेको छ । कतारको दोहास्थित अमेरिकी अल उदिद सैन्य अड्डामा इरानले आक्रमण गर्ने सूचना पाएपछि बन्द गरिएको हवाई मार्ग अहिले खुला गरिएको हो । हवाईमार्ग बन्द हुँदा कतार र कतारको दोहा हुँदै अन्य देश जाने यात्रुहरू समस्यामा परेका थिए । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएका यात्रुहरू पनि अलपत्र परेका थिए । कतिपय जहाज डाइभर्ट गरिएको थियो । अहिले कतारको...
रोकियो नेपालबाट कतार जाने उडान

रोकियो नेपालबाट कतार जाने उडान

विराटनगर । नेपालबाट कतार जाने उडान रोकिएको छ । इरानले अमेरिकी सैन्य अड्डामा मिसाइल आक्रमण गरेपछि उडान रोकिएको हो । सोमबार बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको राजधानी दोहाका लागि उडेको कतार एयरवेजको विमान ओमानको मस्कटमा अवतरण गरिएको छ । इरानले आक्रमण गरेसँगै कतारले आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको छ । कतारको हवाई क्षेत्र बन्द भएसँगै नेपाल एयरलाइन्सको दोहा उडानसमेत प्र...
शिक्षक आन्दोलनका कारण एसईईको नतिजामा ढिलाई, कहिले सार्वजनिक हुन्छ ?

शिक्षक आन्दोलनका कारण एसईईको नतिजामा ढिलाई, कहिले सार्वजनिक हुन्छ ?

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार तेस्रो सातामात्र सार्वजनिक हुने भएको छ । नियमित तालिका अनुसार असारको पहिलो साता नतिजा सार्वजनिक हुनुपर्ने भएपनि यसपटक ढिलाई हुने भएको हो । यसअघि २९ दिनसम्म शिक्षकहरूको आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षणमा ढिलाई हुँदा नतिजा पनि ढिलो सार्वजनिक हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । अहिले एसईईको उत्तरपुस्तिका परीक्षणको काम अन्तिम चरणमा प...
कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना

कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना

विराटनगर । आज कोशीसहित तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । तर कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई ठाउँमा भारी वर्षाको पनि सम्भावना छ । २४ घण्टाभित्र ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नुलाई महाशाखाले भारी वर्षा भन्ने गरेको छ । महाशाखाका अनुसार गण्डकी, बागमती र लुम्बिनी प्रदे...
एयर इन्डिया विमानमा सवार सबै २४२ यात्रुको मृत्यु

एयर इन्डिया विमानमा सवार सबै २४२ यात्रुको मृत्यु

विराटनगर । भारतको अहमदाबादमा भएको एयर इन्डियाको विमान दुर्घटनामा सवार सबै २४२ यात्रुको मृत्यु भएको छ । जसमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणी पनि छन् । आज दिउँसो अहमदाबादबाट लन्डन प्रस्थान गर्न लागेको एयर इन्डियाको फ्लाइट एआइ १७१ विमानमा २३२ यात्रुसहित १० क्रू मेम्बर सवार थिए । समाचार संस्था एपीका अनुसार दुर्घटनामा कोही पनि जीवित भेटिने सम्भावना छैन । भारतीय सञ्चारमाध्यमका अनुसार अहिलेसम्...
यस्तो रहनेछ आजको मौसम

यस्तो रहनेछ आजको मौसम

विराटनगर । देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश र बाग्मती प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको छ । यी स्थानका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बद...
आज विराटनगरको अधिकतम तापक्रम ३८ डिग्री पुग्ने सम्भावना

आज विराटनगरको अधिकतम तापक्रम ३८ डिग्री पुग्ने सम्भावना

विराटनगर । सोमबारको तुलनामा आज थप गर्मी बढ्ने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागले आज केही डिग्री तापक्रम बढ्ने अनुमान गरेको हो । विभागका अनुसार आज विराटनगरको अधिकतम तापक्रम ३६-३८ डिग्री सेल्सियस पुग्ने छ । धरानको ३५-३७, नेपालगञ्जको ३९-४१, भैरहवाका ३९-४१, धनगढीको ३९-४१, दाङको ३९-४१, दिपायलको ३७-३९, घोराहीको ३५-३७, वीरगञ्जको ३६-३८, सिमराको ३६-३८ डिग्री सेल्सियस पुग्ने अनुमान छ । मौसमवि...
टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

विराटनगर । नेपाल टेलिकमकी प्रबन्ध निर्देशक सङ्गीता पहाडीसहित १८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकमकी प्रबन्ध निर्देशक पहाडी, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित १८ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको हो । उनीहरूले नेपाल टेलिकमको बिलिङ प्रणाली मर्मत गर्न ठेक्का प्रणाली लम्ब्याएर भ्रष्...
२० बुँदे घोषणापत्र जारी गर्दै सकियो उप-प्रमुख तथा उपाध्यक्षहरूको राष्ट्रिय सम्मेलन

२० बुँदे घोषणापत्र जारी गर्दै सकियो उप-प्रमुख तथा उपाध्यक्षहरूको राष्ट्रिय सम्मेलन

विराटनगर । विराटनगर महानगरपालिकाले आयोजना गरेरको पालिकाका उप-प्रमुख तथा उपाध्यक्षहरूको राष्ट्रिय सम्मेलन समापन भएको छ । शुक्रबारबाट सुरु भएको सम्मेलन २० बुँदे विराटनगर घोषणापत्र जारी गर्दै आज सम्पन्न भएको हो । न्यायिक समितिबाट भएका निर्णय तथा फैसलाहरूको अभिलेखका लागि प्रदेशस्तरीय सफ्टवेयर र सर्भरको व्यवस्थापन गर्न प्रदेश सरकारसँग माग गर्ने, न्यायिक समितिका कार्यहरूमा एकरूपता कायम गर्न सबै स्थानीय...
आज प्रधानमन्त्री ओली विराटनगर आउँदै

आज प्रधानमन्त्री ओली विराटनगर आउँदै

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली आज विराटनगर आउने भएका छन् । मोरङको कटहरी गाउँपालिका-२ हल्दीबारीमा दुई अर्ब लगानीमा निर्मित दुई सय बेडको जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउन्डेशनको उद्घाटनका लागि ओली विराटनगर आउन लागेका हुन् । प्रधानमन्त्री ओली दिउँसो १ बजे नेपाली सेनाको हेलिकप्टरमार्फत विराटनगर आउने तय भएको छ । अस्पताल उद्घाटनपछि उनी दिउँसो ३ बजे काठमाडौं फर्कने छन् । ...
आज बकर ईद

आज बकर ईद

विराटनगर । आज मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद मनाइँदैछ । इदुल फित्र अर्थात रमजान पर्वको ७० औँ दिनमा बकर ईद मनाउने गरिन्छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गएर सामूहिक नमाज पढेर यो पर्व मनाउँछन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गरिन्छ । हिजरी सम्वत् अनुसार १४४० वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बल...
कोशीमा मनसुनी वायुको प्रभाव, धेरै स्थानमा वर्षा

कोशीमा मनसुनी वायुको प्रभाव, धेरै स्थानमा वर्षा

विराटनगर । कोशी प्रदेशका धेरै स्थानमा मनसुनी वायुको प्रभाव रहेकोले विराटनगरसहित अन्य स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । देशको पश्चिम र मध्य भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पछिल्लो ३ घण्टामा सबैभन्दा धेरै सर्लाहीको परवानीपुरमा ५६ दशमलव २ मिलिमिटर वर्षा मापन भएको छ । मोरङमा २९ दशमलव ६, सिन्धुलीमा २५ दशमलव ८ र ...
आज गणतन्त्र दिवस, विविध कार्यक्रम गरेर मनाइँदै

आज गणतन्त्र दिवस, विविध कार्यक्रम गरेर मनाइँदै

विराटनगर । आज १८ औं गणतन्त्र दिवस, विविध कार्यक्रम गरेर मनाइँदैछ । २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकद्वारा २४० वर्षे निरंकुश राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको सोही ऐतिहासिक दिनको सम्झनामा गणतन्त्र दिवस मनाउने गरिएको छ । आज मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरी हर्षाेल्लासका साथ गणतन्त्र दिवस मनाइँदैछ । गणतन्त्र दिवस मूल समारोह समितिद्वारा सैनिक मञ्...
error: Content is protected !!