५० लाख म्यासेज पठाएर राजसंस्था स्थापनाको आह्वान गर्ने सेढाईं पक्राउ
काठमाडौं । मुलुकको प्रदेश संरचना हटाउन र सनातन संवैधानिक राजसंस्था स्थापनाको आह्वान गर्दै ५० लाख एसएमएस पठाउने निर्देश सेढाईंलाई प्रहरीले पक्राउ गरेको छ ।
चितवन घर भई गाडी व्यवसायमा संलग्न ३४ वर्षीय सेढाईंलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार राति काठमाडौँको हात्तीसारबाट पक्राउ गरेको हो ।
उनले नेपाल टेलिकमको गेटवे प्रयोग गरी ‘एटी अलर्ट’ मार्फत ठूलो संख्यामा सामूहिक सन्देश पठाएक...






























