कोशीमा मनसुनी वायुको प्रभाव, धेरै स्थानमा वर्षा
विराटनगर । कोशी प्रदेशका धेरै स्थानमा मनसुनी वायुको प्रभाव रहेकोले विराटनगरसहित अन्य स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । देशको पश्चिम र मध्य भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार पछिल्लो ३ घण्टामा सबैभन्दा धेरै सर्लाहीको परवानीपुरमा ५६ दशमलव २ मिलिमिटर वर्षा मापन भएको छ । मोरङमा २९ दशमलव ६, सिन्धुलीमा २५ दशमलव ८ र ...






























