एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, कति विद्यार्थी उत्तीर्ण भए ?

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, कति विद्यार्थी उत्तीर्ण भए ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको  छ । आज प्रकाशित नतिजाअनुसार ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण भएका छन् । यस्तै परीक्षामा सहभागी भएका १ लाख ४३ हजार २ सय ५७ परीक्षार्थीमध्ये ५९ हजार ६९३ जना अनुत्तीर्ण भएको बोर्डले जनाएको छ । परीक्षा साउन २९ देखि भदौ ६ गतेसम्म सञ्चालन भएको थियो । गत वैशाखमा सञ्चालित वार्षिक परीक्षामा दुई विषयसम्म ‘नन ग्रेडेड’प्राप्त ...
भारतको जोगबनीमा झडप हुँदा केहीबेर बन्द भएको रानी नाका खुल्यो

भारतको जोगबनीमा झडप हुँदा केहीबेर बन्द भएको रानी नाका खुल्यो

विराटनगर । भारतको जोगबनी बजारमा दुईपक्षबीच झडप हुँदा केहीबेर बन्द गरिएको रानी नाका खोलिएको छ । अवस्था सामान्य बनेपछि नाका खुल्ला गरिएको हो । जोगबनीमा झडप हुँदा किनमेलका लागि गएका नेपाली उपभोक्ता भागेर नेपाल फर्किएका थिए । दशैँ लक्षित किनमेलका लागि जोगबनी हिँडेका उपभोक्ता पनि केहीबेर रानी नाकामा नै रोकिएका थिए । ‘अहिले अवस्था सामान्य भइसकेको छ’, मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले संग...
भारतको जोगबनीमा दुईपक्षबीच झडप, नेपाल-भारत सीमा नाका बन्द

भारतको जोगबनीमा दुईपक्षबीच झडप, नेपाल-भारत सीमा नाका बन्द

विराटनगर । भारतको जोगबनी बजारमा दुईपक्षबीच झडप हुँदा तनाव बढेको छ । किनमेलका लागि जोगबनी पुगेका नेपाली उपभोक्ता भागेर नेपालतर्फ आएका छन् । हिन्दु समुदायले पैगम्बरका बारेमा सामाजिक सञ्जालमा गलत टिप्पणी गरेको मुस्लिम समुदायको आरोप छ । सोही विषयलाई लिएर मुस्लिम र हिन्दु समुदायबीच झडप भएको जनाइएको छ । यद्यपि यकिन कारण भने खुलेको छैन । जोगबनीमा तनाव बढेपछि नेपाल-भारत सीमा नाका बन्द गरिएको छ । प्रहर...
जेनजी आन्दोलनका बेला भागेका ८ हजारबढी कैदीबन्दी कारागार फर्किए

जेनजी आन्दोलनका बेला भागेका ८ हजारबढी कैदीबन्दी कारागार फर्किए

विराटनगर । जेनजी आन्दोलनका क्रममा भागेको ८ हजारबढी कैदीबन्दी कारागार फर्किएका छन् । देशका २८ वटा कारागार र ९ वटा सुधारगृहबाट भागेका १४ हजार पाँच सय ४९ कैदीबन्दीमध्ये आठ हजार ५४ जना फर्किएका हुन् । जसमध्ये सात हजार सात सय १३ जना कारागार र तीन सय ४१ जना सुधारगृहबाट भागेका कैदीबन्दी रहेका कारागार व्यवस्थापन विभागले जनाएको छ । विभागका अनुसार कतिपय कैदीबन्दी आफैँ आएका हुन् भने कतिपयलाई सुरक्षाकर्मी...
नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजाआराधना गरिँदै

नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजाआराधना गरिँदै

विराटनगर । नवरात्रको पाँचौँ दिन आज नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजाआराधना गरिन्छ । पौराणिक ग्रन्थमा स्कन्दमाताका विषयमा विभिन्न कथा वर्णन गरिएको छ । पार्वतीको आज्ञालाई स्वीकार गरी सनतकुमारले पार्वतीबाट जन्म ग्रहण गरेकाले स्कन्दमाता नाम रहन गएको भन्ने कथा पाइन्छ । ...
दशैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजाआराधना

दशैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजाआराधना

विराटनगर । नवरात्रको चौथो दिन आज दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । प्रत्येक वर्ष असोज शुक्ल चतुर्थी अर्थात दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गर्ने शास्त्रीय विधि छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाले शरणमा आएका भक्तको तीनै ताप हेरिदिने भएकै...
दशैँको तेस्रो दिन : आज चन्द्रघण्टाको पूजा गरिँदै

दशैँको तेस्रो दिन : आज चन्द्रघण्टाको पूजा गरिँदै

काठमाडौं । दशैँको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा गरी मनाइँदै छ । नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । नवरात्रमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कूष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात...
नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै

नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै

काठमाडौं । नवरात्रको दोस्रो दिन आज, दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विशेष पूजा आराधना गरिँदै छ । नवरात्रको पहिलो दिन सोमबार दशैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । सोही दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो । दोस्रो दिन आज पूजा स्थलमा ब्रह्माचारि...
सुरु भयो दशैँ, आज घटस्थापना

सुरु भयो दशैँ, आज घटस्थापना

विराटनगर । आजबाट हिन्दुहरूको महान् चाड बडादशैँ सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुन यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ । बडा दसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दशैँ घरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नित्य कर्म ...
विद्युत प्राधिकरणबाट हितेन्द्रदेवलाई हटाइयो, मनोज सिलवाल नयाँ एमडीमा नियुक्त

विद्युत प्राधिकरणबाट हितेन्द्रदेवलाई हटाइयो, मनोज सिलवाल नयाँ एमडीमा नियुक्त

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हितेन्द्रदेव शाक्यलाई हटाइएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई हटाएर मनोज सिलवाललाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । शाक्यलाई जल तथा ऊर्जा आयोगको विशिष्ट श्रेणीको विशेषज्ञ पदमा सरुवा गरिएको छ । प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक समेत रहेका इन्जिनियर सिलवाललाई प्राधिकरणको कार्यकारी निर्देशक पदमा नियुक्त ग...
आज संविधान दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

आज संविधान दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

विराटनगर । आज संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइँदैछ । संविधानसभाबाट नेपालको संविधान, २०७२ साल असोज ३ गते आजकै दिन घोषणा भएको थियो । २०७२ साल असोज ३ गते तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले संविधान जारी भएको घोषणा गरेका थिए । वर्तमान संविधान घोषणाको एक दशक पुरा भएको छ । संविधान दिवस २०८२ लाई आज विभिन्न कार्यक्रम गरी देशभर मनाइँदैछ । सरकारले देशको परिवर्तित राजनीतिक उपलब्धिको संरक्षण गर्ने म...
नेपाल प्रहरीका ४८ जना एसपीको सरुवा, मोरङ आए कबित कटुवाल

नेपाल प्रहरीका ४८ जना एसपीको सरुवा, मोरङ आए कबित कटुवाल

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नारायण चिमरियाको सरुवा भएको छ । उनको ठाउँमा कबित कटुवाल आएका छन् । सुनसरीका प्रहरी उपरीक्षक (एसपी) सुमनकुमार तिम्सिनाको स्थानमा केशव कुमार थेवे आएका छन् । प्रहरी महानिरीक्षकको भदौ ३१ को निर्णयअनुसार नेपाल प्रहरीका ४८ जना एसपीको सरुवा हुँदा १४ जिल्लाका प्रहरी प्रमुखहरू परिवर्तन भएका हुन् । सप्तरीमा गौतम कुमार केसी, कास्कीमा नवीन कार्की र ...
आज केही ठाउँमा ठूलो वर्षाको सम्भावना, दिनभरी झरी

आज केही ठाउँमा ठूलो वर्षाको सम्भावना, दिनभरी झरी

विराटनगर । आज विराटनगरसँगै देशका धेरै ठाउँमा पानी परिरहेको छ । आज देशका धेरै ठाउँमा दिनभरी झरी पर्ने सम्भावना छ भने केही स्थानमा ठूलो पानी पर्ने सम्भावना छ । कोशी, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अरू ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने छ । गएराति कोशी र मधेश प्रदेशका केही ठाउँमा ठूलो प...
कक्षा १२ को स्थगित पूरक परीक्षा असोज ७ र ८ गते सञ्चालन हुने

कक्षा १२ को स्थगित पूरक परीक्षा असोज ७ र ८ गते सञ्चालन हुने

विराटनगर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा सञ्चालन गर्ने भएको छ । बोर्डले जेनजी आन्दोलनका कारण स्थगित भएको पूरक परीक्षा असोज ७ र ८ गते सञ्चालन गर्ने भएको हो । यसअघि भदौ २८ र २९ गते परीक्षा सञ्चालन गर्ने तालिका थियो । बोर्डले सार्वजनिक गरेको नयाँ तालिका अनुसार असोज ७ गते अनिवार्य अंग्रेजी, एक विषय मात्र भएकाहरूको लागि सबै विषयको परीक्षा हुने बोर्डले जनाएको छ । यस्तै दुई विषयम...
आज विश्वकर्मा पूजा

आज विश्वकर्मा पूजा

विराटनगर । आज पूजा आराधना गरी वास्तु दिवस एवम् विश्वकर्मा पूजा मनाइँदैछ । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा गरी यो दिवस मनाउने गरिन्छ । आजका दिन कालिगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ । बालुवा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति ...
बालेनले हर्क साम्पाङलाई भने– ‘मलाई जति गाली गरेपनि तिमीलाई माया गर्न छोड्दिन’

बालेनले हर्क साम्पाङलाई भने– ‘मलाई जति गाली गरेपनि तिमीलाई माया गर्न छोड्दिन’

विराटनगर । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई माया गर्न नछाड्ने बताएका छन् । आज केहीबेर अघि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै बालेनले एकतर्फी भएपनि माया गर्न नछाड्ने बताएका हुन् । हर्कले सामाजिक सञ्जालबाटै आक्रोश पोख्दै बालेन लक्षित टिप्पणी गरिरहेका थिए । हर्कले लगातार गाली गरेपछि बालेनले स्टाटस लेख्दै हर्कलाई फकाउन खोजेका छन् । ‘डियर हर्क ...
नवनियुक्त प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै जेनजीहरुले नै गरे प्रदर्शन

नवनियुक्त प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै जेनजीहरुले नै गरे प्रदर्शन

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै प्रधानमन्त्री निवास बालुवाटारमा गएराती जेनजीहरुले नै प्रदर्शन गरेका छन् । प्रधानमन्त्रीले युवाहरूसँग समन्वय नगरी आफूखुसी मन्त्रीहरू नियुक्त गरेको भन्दै जेनजी समूहको अगुवाई गर्दै आएका सुदन गुरुङसहितको समूहले नारावाजी गरेको हो । सो क्रममा जेनजी आन्दोलनको क्रममा मृत्यु भएका व्यक्तिको परिवारका सदस्यहरू पनि सहभागि थिए । उनीहरूले ‘...
लाइसेन्स छपाइ र वितरण अनिश्चितकालका लागि बन्द

लाइसेन्स छपाइ र वितरण अनिश्चितकालका लागि बन्द

विराटनगर । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तथा वितरण कार्य अनिश्चितकालका लागि बन्द भएको घोषणा गरेको छ । एक सूचना जारी गर्दै विभागले भदौ २३ र २४ गते भएको विरोध प्रदर्शनको क्रममा संरचनामा भएको तोडफोड, आगजनी र लुटपाटका कारण इलेक्ट्रोनिक उपकरण, छपाइ मेसिन र सर्भरमा क्षति पुगेको उल्लेख छ । सोहीकारण विद्युतीय सवारी साधन दर्ता प्रणालीसहित सूचना प्रविधिसम्बन्धी सम्पूर्ण ...
प्रतिनिधि सभा विघटन, फागुन २१ गते चुनाव हुने

प्रतिनिधि सभा विघटन, फागुन २१ गते चुनाव हुने

काठमाडौँ । प्रतिनिधि सभा विघटन गरेर चुनाव घोषणा गरिएको छ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेका हुन् । जेनजी अर्थात युवा पुस्ताको आन्दोलनको बलमा पूर्वप्रधानन्यायाधीश कार्की शुक्रबार प्रधानमन्त्री बनेकी हुन् । उनले पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरिन् । सोही सिफारिसका आधारमा राष्ट्रपति पौडेलले संसद् विघटन गर्दै प...
नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् सपथ

नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् सपथ

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन् । शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई शपथ ग्रहण गराएका हुन् । जेनजी आन्दोलनको बलमा उनी प्रधानमन्त्री बसेकी हुन् । संविधानको धारा ६१ को उपधारा ३ र ४ मा अन्तर्निहित राष्ट्राध्यक्षको अधिकार प्रयोग गरेर उनलाई अन्तरिम सरकारको प्रमुखमा नियुक्त गरिएको हो ।
आन्दोलनमा भएका अप्रिय घटनाका तस्बिर तथा भिडियो पठाइदिन प्रहरीको आग्रह

आन्दोलनमा भएका अप्रिय घटनाका तस्बिर तथा भिडियो पठाइदिन प्रहरीको आग्रह

विराटनगर । नेपाल प्रहरीले भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा भएका अप्रिय घटनाका तस्बिर तथा भिडियो पठाइदिन आग्रह गरेको छ । आज एक सूचना जारी गर्दै देशका विभिन्न स्थानमा भएका त्यस्ता घटनाका तस्बिर तथा भिडियो मेल ([email protected]) मा पठाइदिन आग्रह गरेको हो । ‘काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानहरूमा भएको विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा घटेका विभिन्न अप्रिय घटना, आगजनी, लुटप...
संविधान रक्षाका लागि बार एसोसिएसनले आज देशव्यापी प्रदर्शन गर्ने

संविधान रक्षाका लागि बार एसोसिएसनले आज देशव्यापी प्रदर्शन गर्ने

काठमाडौं । कानून व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले देशव्यापी प्रदर्शन गर्ने भएको छ । संविधान रक्षाका लागि भन्दै नेपाल बार एसोसिएसनले आज देशव्यापी प्रदर्शन गर्न लागेको हो । केन्द्रीय बारका पदाधिकारीहरूको आकस्मिक बैठकले आज दिउँसो १ बजे देशभरका बार इकाइमा प्रदर्शन गर्ने निर्णय गरेको छ । यस्तै एसोसिएसनले बेलुका ५ बजे बार केन्द्रीय कार्यालय रामशाहपथबाट प्रदर्शन गर्ने तयारी गरेको छ । कान...
त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै

त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको नियमित पठनपाठन छठ पर्वपछि मात्रै हुने भएको छ । त्रिविले आज सूचना जारी गरी असामान्य परिस्थितिका कारण समस्या भएको जनाउँदै आगामी कात्तिक ११ गतेपछि मात्रै पठनपाठन सुरु हुने जनाएको हो । हिउँदे बिदाबाट कटौती गर्ने गरी त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरिएको विज्ञप्तिमा जनाइएको छ ।
देशभर निषेधाज्ञा र कर्फ्यु

देशभर निषेधाज्ञा र कर्फ्यु

विराटनगर । नेपाली सेनाले देशभर निषेधाज्ञा र कर्फ्यु आदेश जारी गरेको छ । आज साँझ ५ बजेसम्म निषेधाज्ञा र बिहीबार बिहान ६ बजेसम्म कर्फ्यु आदेश लागू हुने सेनाले विज्ञप्तिमार्फत जनाएको छ । आन्दोलनको नाममा अझै पनि विभिन्न अराजक व्यक्ति र समुहहरूले घुसपैठ गरी व्यक्तिगत तथा सार्वजनिक सम्पत्ति तोडफोड, आगजनी, लुटपाट गरिरहेको सेनाले उल्लेख गरेको छ । अपराधजन्य गतिविधि नियन्त्रणको प्रयासमा सहकार्यका लागि स...
प्रचण्ड निवासमा तोडफोड र आगजनी

प्रचण्ड निवासमा तोडफोड र आगजनी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा प्रदर्शनकारीहरूले तोडफोड र आगजनी गरेका छन् । उनको निवास नजिकै रहेको प्रहरी बिटमा आगजनी गरेर अघि बढेको समूहले प्रचण्ड निवास पुगेर ढुंगामुढासँगै आगजनी गरेका हुन् । स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । सोमबारबाट चर्किएको जेनजी पुस्ताको आन्दोलन आज थप चर्किएको छ ।
सञ्चारमन्त्री गुरुङको घरमा प्रदर्शनकारीले लगाए आगो

सञ्चारमन्त्री गुरुङको घरमा प्रदर्शनकारीले लगाए आगो

काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा प्रदर्शनकारीले आगो लगाएका छन् । मन्त्री गुरुङको घरमा पुगेका प्रदर्शनकारीहरूले आगो लगाएको प्रहरीले जनाएको छ । प्रदर्शनकारीले सुरुमा मन्त्री गुरुङको घरमा ढुंगा प्रहार गरेका थिए । त्यसपछि आगजनी गरिएको हो ।  
गृहमन्त्री लेखकले दिए राजीनामा

गृहमन्त्री लेखकले दिए राजीनामा

काठमाडौं । जेनजी पुस्ताको आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर धेरैको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले नैतिकताका आधारमा राजीनामा दिएका छन् । आज साँझ बसेको मन्त्रिपरिषद् बैठकमा गृहमन्त्री लेखकले प्रधानमन्त्री केपी ओली समक्ष राजीनामा बुझाएका हुन् । सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारको विरोध गर्दै जेनजीहरुले गरेको आन्दोलन हिंसात्मक बनेपछि प्रहरीले बल प्रयोग गोलीसमेत चलाएको थियो । सो क्रममा हालसम्म...
अपडेट : जेनजी प्रदर्शनमा मृतकको संख्या १९ पुग्यो

अपडेट : जेनजी प्रदर्शनमा मृतकको संख्या १९ पुग्यो

काठमाडौं । जेनजीहरूको प्रदर्शनमा मृत्यु हुनेको संख्या १९ पुगेको छ । काठमाडौंमा १७ र सुनसरीको इटहरीमा दुई जनाको मृत्यु भएसँगै मृतकको संख्या १९ पुगेको हो । प्रदर्शनका क्रममा गोली लागेर घाइते भएका प्रदर्शनकारीको उपचारका क्रममा विभिन्न अस्पतालमा मृत्यु भएको हो । इटहरीका भने प्रदर्शनकारीको गोली लागेर घटना स्थलमै मृत्यु भएको जनाइएको हो । प्रदर्शनका क्रममा मृत्यु भएकाहरूको परिचय खुलेको छैन । प्रदर्शन...
प्रधानमन्त्री ओलीले डाके मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री ओलीले डाके मन्त्रिपरिषद् बैठक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक डाकेका छन् । आज साँझ ६ बजे बस्नेगरी बैठक बोलाइएको हो । सामाजिक सञ्जाल  बन्द र भ्रष्टाचारको विरोधमा युवापुस्ताको आन्दोलन चर्किएका बेला आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक बोलाइएको हो । प्रदर्शनले उग्र रूप लिएपछि प्रहरीले चलाएको गोली लागेर हालसम्म १४ जनाको मृत्यु भइसकेको छ । काठमाडौँ, विराटनगर, इटहरी लगायत देशका ठूला शहरहरूमा आन्दोलन जारी...
जेनजी प्रदर्शन : मृत्यु हुनेको संख्या १४ पुग्यो

जेनजी प्रदर्शन : मृत्यु हुनेको संख्या १४ पुग्यो

काठमाडौं । जेनजी पुस्ताले सरकारविरुद्ध गरेको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर मृत्यु हुनेको संख्या १४ पुगेको छ । काठमाडौंका विभिन्न अस्पतालमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको हो । मृतकहरूको पहिचान खुलेको छैन । ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १, त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जनाको मृत्यु भएको हो । सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध र भ्...
जेनजी प्रदर्शन : प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या ९ पुग्यो 

जेनजी प्रदर्शन : प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या ९ पुग्यो 

काठमाडौं । जेनजी पुस्ताको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर मृत्यु हुनेको संख्या ९ पुगेको छ । बानेश्वर क्षेत्रमा प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा घाइते भएका उनीहरूको उपचारका क्रममा मृत्यु भएको हो । घाइतेमध्ये ६ जनाको ट्रमा सेन्टर र २ जनाको सिभिल अस्पतालमा मृत्यु भएको जनाइएको छ । यस्तै केएमसीमा पनि उपचारका क्रममा एक जनाको मृत्यु भएको छ । मृतकहरूको पहिचान खुल्न बाँकी छ । आन्दोलनका क्र...
error: Content is protected !!