टिपर चालकको ‘लापरबाही’ले धेरै दुर्घटना
काठमाडौं । फागुन १३ गते पेप्सीकोला जाँदै गरेको बा ३ ख ९१२० नम्बरको टिपरले बा ६९ प ४०३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सन्तोषसिंह कार्की गम्भीर घाइते भए ।
फागुन १२ गते बालाजुबाट लैनचौर जाँदै गरेको बा ३ ख ४५७९ नम्बरको टिपर ट्याक्सीमाथि पल्टिँदा २२ बर्षीय श्यामबहादुर प्रधान गम्भीर घाइते भए । त्रिवि शिक्षण अस्तालमा उपचारको क्रममा उनको मृत्यु भयो ।
फागुन १ गते थानकोटबाट कलंकी आउँदै...

