काठमाडौं । राजधानीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आएका एकजना विरामीमा स्वाइन फ्लु भाइरस फेला परेको छ ।

Advertisement

गोरखापत्र दैनिकमा प्रकाशित समाचार अनुसार अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले ती बिरामीको रुघाखोकी निको नभएपछि स्वाइन फ्लुको भाइरस भेटिएको हो ।

कोही पनि बिरामीमा खोकी लागिरहेमा, घाँटी खस्खसाइरहेमा एवं १० दिनसम्म पनि कडा ज्वरो आइरहेमा चिकित्सिककहाँ जान डा. पुनले सुझाव दिएका छन् ।

त्यसैगरी वालवालिकामा ज्वरोसँगै बान्ता हुने पखाला लाग्ने भएमा त्यस्तो लक्षण देखिनेवित्तिकै डाक्टरकहाँ जान पुनको सुझाव छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!