काठमाडौं,१३ फागुन । मधेसी मोर्चासहितको संघीय गठबन्धनले स्थानीय तहको निर्वाचन अस्वीकार्य भएको बताएको छ । साथै सरकारलाई दिएको समर्थन फिर्ताबारे अर्को बैठकबाट निर्णय लिने बताएको छ ।

Advertisement

संघीय समाजवादी फोरम, नेपालको कार्यालय तीनकुनेमा शुक्रबार बसेको बैठकले संविधान संशोधन विना वैशाख ३१ मा चुनाव घोषणा भएको भन्दै अमान्य हुने बताएको छ । साथै सशक्त आन्दोलन गर्ने निर्णय गरेको छ ।

बैठकले भावी आन्दोलनका कार्यक्रम तय गर्न फोरम नेपालका सह-अध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा ९ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा बृषेशचन्द्र लाल, केशव झा, रामनरेश राय, डा. ओम गुरुङ, डा. विजय सैंजु, दुर्गा राई, दलमर्दन कामी र प्रेमबहादुर खाती छन् ।

समर्थन फिर्ताबारे अर्को बैठकबाट निर्णय

संघीय गठवन्धनमा आवद्ध मधेसी मोर्चासहितका दलले सरकारलाई दिएको समर्थन फिर्ताबारे अर्को बैठकले निर्णय गर्ने भएको अनलाइन खवरमा समाचार छ ।

संसदमा प्रतिनिधित्व गर्ने दलहरुसँग छलफल गरी अर्को बैठकमा निर्णय गर्ने सहमति भएको गठवन्धनका प्रवक्ता ओम गुरुङले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!