आइतबार सूर्य ग्रहण लाग्दैछ । बेलुकी ५ बजेर ५५ मिनेटमा सुरु हुने सूर्य ग्रहण राती १० बजेर १६ मिनेटसम्म रहन्छ ।

Advertisement

यो नेपालमा आशिंक रुपमा देखिनेछ भने दक्षिण अमेरिका, दक्षिण अफ्रिका, प्रशान्त, अटलान्टिक र हिन्द महासागरमा पूर्ण रुपमा देखिनेछ ।

स्मरण रहोस्, सूर्यग्रहण एक खगोलीय घटना हो र यो घटना त्यतिबेला हुन्छ जब चन्द्रमा र सूर्य पृथ्वीको बिचबाटोमा आइपुग्छ । शास्त्रमा केही यस्ता कुराहरु बताइएका छन् जुन हामीले ग्रहणका बेला गर्नुहुँदैन ।

जुन यसप्रकार छन्ः

– ग्रहणको समयमा शरिरमा तेलले मालिस गर्नु हुँदैन । सूर्य ग्रहणका बेला तेल मालिस गर्दा छाला सम्बन्धि रोग लाग्ने मान्यता छ ।

– ग्रहणका बेला गर्भवती महिलाले विशेष ध्यान दिनुपर्ने हुन्छ । ग्रहणका बेला उनीहरु घरबाट निस्कनु हुँदैन र गर्भमा रहेको शिशुमाथि नराम्रो असर नपरोस् भन्नका लागि भगवानलाई सम्झनुपर्छ ।

– जब ग्रहण लाग्छ तब कुनै भगवानको प्रतिमालाई छुनु हुँदैन साथै, सुत्ने, खाना बनाउने, खाने आदि कामहरु गर्नुहुँदैन ।

– श्रीमान्, श्रीमतीले ग्रहणका बेला यौनसम्बन्ध स्थापित गर्नुहुँदैन । शास्त्रलाई मान्ने हो भने यतिबेला गर्भधारण गर्दा जन्मिने बच्चा नकारात्मक ऊर्जाले भरिपूर्ण हुन्छ ।

– ग्रहण लाग्नुपूर्व नै खाना खानुहोस् । त्यसपछि दुध दहि वा खानेकुरामा तुलसीको पात हाल्नुहोस् । यस्तो गर्दा खानेकुरामा ग्रहणको असर पर्दैन । ग्रहण सिद्धिएपछि घरको सर सफाइ गर्नुहोस् र आफू पनि नुहाउनुहोस् ।

वैज्ञानिक मान्यताः

सूर्य ग्रहणका बेला पृथ्वीको उत्तरी एवं दक्षिणी ध्रुव प्रभावित हुन्छ त्यसकारण यो अवधि नराम्रो मानिन्छ । सूर्यबाट अल्ट्राभोयलेट किरण निस्कन्छ जसले इन्जायम सिस्टमलाई प्रभावित गर्ने गर्दछ । त्यसकारण सूर्यग्रहणका बेला सावधानी अपनाउनु आवश्यक छ ।

कहिले हुन्छ अर्को ग्रहण ?

आज पछि दुई अन्य ग्रहण देखिनेछन् । यसमा एक चन्द्र ग्रहण हुनेछ भने दोस्रो सूर्य ग्रहण । आउँदो ७–८ अगस्टमा चन्द्रग्रहण हुँदैछ जसलाई युरोप, अफ्रिका, एशिया र अष्ट्रेलियामा देख्न सकिन्छ जबकी २१ अगस्टमा पूर्ण सूर्य ग्रहण लाग्नेछ । अर्थात्, आजको सूर्यग्रहण नै यस वर्षको अन्तिम सूर्य ग्रहण हुनेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!