अरुण तेस्रो बनाउन भारतद्वारा ९१ अर्ब बजेट
काठमाडौं । भारतले ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजना निर्माणका लागि सतलज कम्पनीलाई अनुमति दिएको छ । साथै ९१ अर्बको बजेट पनि स्वीकृत गरेको छ ।
नेपालको संखुवासभामा निर्माण हुने यो आयोजनाबाट भारतमा बिजुली निर्यातको लक्ष्य राखिएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा भारतीय मन्त्रिपरिषदको बुधबार बसेको बैठकले आयोजना र लागत स्वीकृत गरेको हो । ‘आगामी सेप्टम्बरसम्ममा फाइनान्सियल...

