काठमाडौं । सरकारले युएई र ओमानका लागि राजदूत सिफारिस गरेका दुई महिलाको नाम फिर्ता लिएको छ ।

Advertisement

मन्त्रिपरिषको बैठकले कांग्रेसको कोटाबाट युएईका लागि सिफारिस भएकी आशाकुमारी लामा र फोरम लोकतान्त्रिकको कोटाबाट ओमानका लागि सिफारिस भएकी शर्मिला पराजुली ढकालको नाम फिर्ता लिइएको हो ।

यी दुई रजदूतबारे बिबादास्पद प्रसंग तथा तथ्यहरु बाहिर आएकाले उनीहरुको सिफारिस फिर्ता लिइएको श्रोतलाई उल्लेख गर्दै अन्नपूर्ण पोस्टले समाचार छापेको छ ।

गत सोमबारको मन्त्रिपरिषद बैठकले उनीहरुलाई राजदूत सिफारिस गरेपनि त्यसको तीन दिनपछि नै कांग्रेस सभापतिले परराष्ट्रमन्त्री र प्रधानमन्त्रीलाई आशा लामाको नाम फिर्ता लिन भनेका थिए । साथै ढकालको नामसमेत राजदूतको नामबाट फिर्ता लिने निर्णय गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!