काठमाण्डौ । निर्वाचन आयोगले केही दिनभित्रै आचारसंहिता लागू गर्ने तयारी गरेपछि सरकारले कर्मचारी सरुवा गर्ने तयारी गरेको छ ।  सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन घोषणा गरेलगत्तै निर्वाचन आयोगले तयारी तीव्र बनाएको छ।

आयोगले बिहीबार स्थानीय तहको निर्वाचन कार्यतालिका सार्वजनिक गरेपछि छिट्टै आचारसंहिता पनि लागू गर्ने भएकाले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, जिल्ला विकास अधिकारीलगायत निजामती कर्मचारीको सरुवा तयारी गरेको छ। निर्वाचन आयोगले आचारसंहिता लागू गरेपछि सरकारले कर्मचारी सरुवा गर्न पाउँदैन।

विशेष कारण दर्साई निर्वाचन आयोगसँग स्वीकृति लिएर मात्रै सरुवा गर्न सक्छ। गृह मन्त्रालयले बिहीबार २० डीआईजी सरुवा गरेको छ। केही दिनमै प्रमुख जिल्ला अधिकारीको सरुवा गर्ने तयारी गृह मन्त्रालयले थालेको छ। यता स्थानीय विकास मन्त्रालयले पनि विभिन्न जिल्लाका जिल्ला विकास अधिकारीलगायत कर्मचारीको सरुवाको तयारी गरेको छ। आजको अन्नपूर्णबाट

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!