तेह्रथुम,१८ फागुन । तेह्रथुमका ६ वटा क्याम्पसमध्ये तीनवटामा विद्यार्थी संगठनले ताला लगाएका कारण स्ववियु चुनाव रोकिएको छ ।

Advertisement

विद्यार्थी संगठनको आपसी विवादका कारण जिल्लाका तीन क्याम्पसमा ताला लागेको हो । वसन्त बहुमुखी क्याम्पस वसन्तपुरमा अनेरास्ववियु र अखिल (क्रान्तिकारी) ले तालाबन्दी गरेका छन् । तेह्रथुम बहुमुखी क्याम्पस चुहानडाँडामा अनेरास्ववियुले तालाबन्दी गरेको छ । त्यस्तै, ह्यात्रुङ झरना क्याम्पस संक्रान्तिमा क्याम्पस प्रशासनले निर्वाचन प्रकृया नै अगाडि नबढाएका कारण निर्वाचन अनिश्चित बनेको छ ।

म्याङलुङ बहुमुखी क्याम्पस म्याङलुङमा भने साताअघिदेखि नै नेविसंघ, अखिल क्रान्तिकारी र लिम्बुवान विद्यार्थी संगठनले तालाबन्दी गरेका कारण निर्वाचन प्रकृया नै रोकिएको छ । त्यस्तै जिरिखिम्ती बहुमुखी क्याम्पस र छथर बहुमुखी क्याम्पसमा भने निर्वाचन प्रकृया अगाडि बढ्ने संभावना रहेको क्याम्पस प्रशासनले जनाएको टिभि अन्नपुर्णमा समाचार छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!