राष्ट्रिय फोटो पत्रकार समूहले फोटो पत्रकारिताको क्षेत्रमा क्रियाशिलका मध्येबाट एकजनालाई राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७३ प्रदान गर्ने भएको छ । राष्ट्रिय फोटो पत्रकार समूहले स्थापनाको २० औ वर्ष पुरा गरेको अवसरमा लामो समयदेखि फोटो पत्रकारितामा क्रियाशिल मध्येबाट एक जनालाई राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७३ प्रदान गर्न लागेको हो।

Advertisement

 

समूहले आईतबार राजधानीमा पत्रकार सम्मेलन गरी डिबी थापा लाइफटाइम एचिभमेन्ट अवार्डबाट उत्कृष्ठ एक जना फोटो पत्रकार र अन्य दश विधाका फोटो पत्रकारलाई सम्मानित गर्ने जानकारी गराएको हो।

समूहले  विभिन्न दश विधामा उत्कृष्ट हुने एक जनालाई फोटो जर्नालिस्ट अफ दि इयर प्रदान गर्ने छ। त्यसैगरी स्पोर्टस् टुरिजम एण्ड कल्चर, पोलिटिकल, डेली लाईफ, इन्टरटेनमेन्ट, बिजनेश, फिमेल, मोफसल, अनलाईन र एक्टीभ मेम्बर क्याटेगोरी गरी १० वटा भिन्ना भिन्नै विधामा फोटो पत्रकारलाई पुरस्कृत गर्नेछ।

लाईफटाईम एचिभमेन्ट अवार्डको राशी नगद पचास हजार, फोटो जर्नालिस्ट अफ दि इयर  र अन्य दश वटा विधाको राशी २५-२५ हजार नगद, ट्रफी र प्रमाणपत्र रहेको छ।

आगामी वैशाख १३ गते फोटो पत्रकारिता दिवसको अवसरमा प्रदान गरिने सबै पुरस्कारमा सहभागी हुन चाहनेले चैत १४ गते भित्र फारम भरि राष्ट्रिय फोटो पत्रकार समूहको कार्यालयमा बुझाउनुपर्ने छ।

विभिन्न क्षेत्रका संचारविज्ञ सहितको ७ सदस्यीय छनोट समितिले अवार्डको टुंगो लगाउने पनि समूहले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!