उत्तर कोरियाली नेता किम जोंग ऊनका सैतोनी दाइ किम जोंग नममाथि घातक हमला गरेको आरोपमा पक्राउ परेकी एक महिलाका अनसार उनलाई यस्तो गर्नका लागि ९० डलर ( १० हजार रुपैयाँभन्दा कम ) दिइएको बताएकी छिन् । मलेसियास्थित इन्डोनेसियाली दूतावासका अधिकारी अनुसार सिती आइसियासँग शनिबार राजधानी कवालालम्पुरमा सोधपुछपश्चात् यस्तो जानकारी पाइएको हो ।

सोधपुछको क्रममा उनले किम जोंग ऊनको अनुहारमा ‘नवजात शिशुको तेल’ पोत्ने ठट्यौली गर्नका लागि ९० डलर दिइएको बताइएको छ । अनुसन्धानपश्चात् निकै विषालु नर्भ एजेन्ट भीएक्समार्फत किमको हत्या गरिएको पाइएको छ । संयुक्त राष्ट्रले यो नर्भ एजेन्टलाई सामूहिक नरसंहारको हतियार घोषित गरेको छ ।

Advertisement

उत्तर कोरियाको अस्विकारः

किम जोंग नामको हत्या पछाडि उत्तर कोरियाको हात भएको थुप्रैले अनुमान गरेतापनि उत्तर कोरियाले भने यसलाई ठाडै अस्विकार गरेको छ ।

हत्यामा संलग्न भएको आरोपमा तीनजनालाई पक्राउ गरिएको छ । साथै पुलिसले सात अन्य मानिसहरुको खोजी गरिरहेका छन् । यसमा उत्तर कोरियामा तीनजना पनि संलग्न छन् ।

इन्डोनेसियाका उप राजदूत आन्द्रियानो इर्विनले भने, ‘सिति आइसियाले आफूलाई केही मानिसहरुले यस्तो गर्न लगाएको बताएकी छिन् । उनका अनुसार केही मानिसहरु जापानी वा कोरियालीजस्ता देखिन्थे ।’

के हो एजेन्ट भीएक्स ?

– यो ज्ञात रासायनिक हतियारमध्ये सबैभन्दा घातक हो । यो हेर्दा सफा, गाढा खैरो रंगको तैलीय पदार्थ हो । यो गन्धहिन हुन्छ ।

– यो छालाभित्र छिरेर स्नायु तन्त्रको काम ठप्प गरिदिन्छ । कम डोज हुँदा आँखामा दुखाई, धमिलो देख्ने, बान्ता हुनेलगायतका समस्या देखिन्छन् ।

– यसलाई हावा, पानी र खानेकुरामा मिसाउन सकिन्छ ।

– यो सास तान्दा, छालाको स्पर्श र आँखामार्फत शरिर भित्र जान सक्छ ।

– भिएक्सको बाफ कपडामा आधा घण्टासम्म बस्न सक्छ । यो क्रममा यसले अरुलाई पनि संक्रमित गर्नसक्छ ।

– रासायनिक हतियार सम्मेलनले सन् १९९३ मा यसमाथि प्रतिबन्ध लगाएको थियो । एजेन्सी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!