कांग्रेस नेता एवं पूर्व सहायकमन्त्री ढुंगेल मृत भेटिए
काठमाडौं । कांग्रेसका नेता एवं पूर्वकृषि सहायकमन्त्री रामहरि ढुंगेलको बुधबारराति काठमाडौं डिल्लीबजारस्थित डेरामा निधन भएको छ ।
उनको निधन हृदयघातबाट भएको हुन सक्ने अनुमान गरिएको छ । बेडमा सुतेकै अवस्थामा उनलाई मृत अवस्थामा भेटिएको हो ।
अविवाहित ढुंगेल एक्लै बस्दै आएका थिए । राति केहि असजिलो भएपछि ढुंगेल हिमाल अस्पताल पुगेका थिए । अस्पतालले ग्यास्टिकको समस्या भन्दै सामान्य औषधि दिएर फर्काएपछि उनी...

