काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तरगत आज हुने स्ववियु निर्वाचनमा छुटेका क्याम्पसहरुको चुनाव अनुकुल समय मिलाएर सम्बन्धित क्याम्पस प्रशासनले गर्ने भएको छ । बाँकी क्याम्पसहरुमा आज चुनाव हुँदैछ ।

Advertisement

स्ववियु निर्वाचन परिचालन समितिकी संयोजक एवं शिक्षाध्यक्ष डा. सुधा त्रिपाठीको भनाइ उधृत गर्दै अन्नपूर्णपोष्ट दैनिकले लेखेको छ- अब अर्को चुनाव ०७५ साल फागुन १४ गते मात्र गर्ने हो, अहिले छुटेका क्याम्पसले आफू अनुकल मिलाएर स्ववियु निर्वाचन गर्छन् ।

त्यसमा हाम्रो कुनै हस्तक्षेप रहँदैन । समाचारमा जनाइए अनुसार आज उपत्यका र बाहिर गरेर दुईदर्जन क्याम्पसमा मात्रै स्ववियु निर्वाचन हुनेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!