पार्टी महाधिवेशनका निर्णयबारे जानकारी दिन बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलन

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले स्थानीय निकायको चुनाव यसअघिकै निरन्तरता भएको भन्दै बहिस्कार गर्ने बताएको छ । सरकारले स्थानीय चुनाव घोषणा गरे पनि त्यस्ता चुनावको कुनै अर्थ नरहेको विप्लवले बताएका छन् ।

पार्टी महाधिवेशनका निर्णयबारे जानकारी दिन बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा विप्लवले भने, ‘हामीले जनयुद्धका बेला तीनवटा निर्वाचन बहिस्कार गरिसकेका छौं प्रचण्डकै नेतृत्वमा । त्यस्तै खाले चुनाव अहिले प्रचण्डकै नेतृत्वमा हुँदैछ, यस्तो चुनाव कसरी स्वीकार गर्न सकिन्छ ?’

माओवादी निर्वाचनको बिरोधी नभएको तर अहिलेको चुनावको अर्थ नहुने उनले बताए । उनले भने, ‘यस्तो चुनाव स्वीकार गर्नु भनेको आर्यघाटबाट मृत शरीर उठाएर ल्याउनु जस्तै हो ।’

चुनाव बहिस्कार गरे पनि बिथोल्ने योजना भने नरहेको उनले बताए । जनयुद्धको बेलाजस्तो अहिलेको निर्वाचनलाई नमान्ने तर नबिथोल्ने उनले प्रष्ट पारे ।

पत्रकार सम्मेलनमा विप्लवले ६१ सदस्यीय केन्द्रीय समिति सार्वजनिक गरे । पार्टीको महासचिव उनी आफैं निर्वाचित भएका छन् । महाधिवेशनमा ७४ लाख रुपैयाँ खर्च भएको र चन्दाबाट उठेको रकम केही बचत भएको उनले जानकारी दिए । अनलाइन खवरमा समाचार छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!