धनगढी, १३ असार। निर्वाचन बिथोल्नका लागि आफैंले बोकेको बम आत्मघाती रुपमा विस्फोटन हुँदा कैलालीमा एक जना विप्लव समूहका कार्यकर्ताको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका ४ कैलालीपुल नजिकै खानेपानी संस्थान रोडस्थित जीएस सन्स एन्ट स्ट्रोमा सोमबार राति ९ः५५ बजे उक्त आत्मघाती बम बिस्फोटन भएको थियो ।

Advertisement

म विस्फोटबाट  घाइते भएका विप्लवका कार्यकर्ता २९ वर्षीय चन्द्र सिंह (सनराइज) लाई प्रहरीले उद्धार गरेर तत्कालै अस्पताल पुर्याएको थियो । तर, सेती अञ्चल अस्पतालमा राति १२ः४० बजे सिंहको निधन भएको प्रहरीले जनाएको छ ।

आफैंले बोकेको बम विस्फोटन हुँदा उनको गुप्ताङ र अनुहार लगायत शरीरका विभिन्न भागमा चोट लागेको थियो । उनका हातका औंलासमेत चुँडिएका थिए ।

मृतक सिंह धनगढी १२ जुगेडा निवासी हुन् । उनी विप्लव समूहका कैलाली जिल्ला सदस्य हुन् ।

पूर्वमाओवादी नेता विप्लवले देशैभरि बमहरु राख्ने र तर्साउने गतिविधि गरिरहेका छन् । जनताले आफ्ना प्रतिनिधि आफैं छान्ने लोकतान्त्रिक अभ्यास गरिरहेका बेला नेत्रविक्रम चन्द विप्लवले भने आफ्ना कार्यकर्तालाई जोखिमपूर्ण काममा होमेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!