विपद्का घटनामा १९३ जनाको मृत्यु

विपद्का घटनामा १९३ जनाको मृत्यु

विराटनगर ।  अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‌मा परी मङ्गलबार दिउँसोसम्म १ सय ९३ जनाको मृत्यु भएको छ ।  काठमाडौँ उपत्यकामा ३ जना, कोशी प्रदेशमा २७ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ३४ जना, गण्डकी प्रदेशमा ५६ जना, लुम्बिनी प्रदेशमा ३७ जना, कर्णाली प्रदेशमा १३ जना र सुदूरपश्चिम प्रदेशमा १५ जना गरी जम्मा १ सय ९३ जनाको मृत्यु भएको हो ।...
ओली नेतृत्वको सरकारले हटाउला टिकटक माथिको प्रतिबन्ध ?

ओली नेतृत्वको सरकारले हटाउला टिकटक माथिको प्रतिबन्ध ?

विराटनगर । सरकारले सामाजिक सञ्जाल टिकटक माथिको प्रतिबन्ध हटाउने गृहकार्य थालेको छ । विभिन्न पक्षबाट टिकटकको प्रतिबन्ध हटाउन ‘दबाब’ बढेपछि सरकार लचिलो भएको हो ।  पुष्पकमल दाहाल नेतृत्वको तत्कालीन सरकारले २०८० कात्तिक २७ गते टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । टिकटक प्रतिबन्ध लगाएकोप्रति धेरैले प्रशंसा गरे भने विरोध गर्नेको सङ्ख्या पनि उत्तिकै थियो ।  टिकटकका माध्यमबाट समाजमा अपाच्य ...
आज जनैपूर्णिमा, रक्षाबन्धनसँगै क्वाँटी खाने दिन

आज जनैपूर्णिमा, रक्षाबन्धनसँगै क्वाँटी खाने दिन

विराटनगर । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।  जनैपूर्णिमाका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । आजका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन् । रक्षाबन्धन गर्दा गुरु पुरोहितले ‘येन बद्धो बलि...
एआईको दुरुपयोग नगर्न साइबर ब्युरोको आग्रह

एआईको दुरुपयोग नगर्न साइबर ब्युरोको आग्रह

विराटनगर । आर्टिफिसियल इन्टिलिजेन्स (एआई) को दुरुपयोग बढेको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोले सचेत गराएको छ । एआई लगायतको दुरुपयोग गरेर राजनीतिक नेतृत्व लगायतको चरित्र हत्या गर्नेक्रम बढेको भन्दै ब्युरोले ध्यानाकर्षण गराएको हो । पछिल्लो समय एआईबाट निर्मित सामग्री प्रकाशन गर्ने गरेको पाइएको भन्दै ब्युरोले यस प्रकारको गतिविधिहरू नगर्न, नगराउन भनेको छ । सामाजिक सञ्जाल, अन्य डिजिटल प्लेटफर्म र एआ...
नेपाल टेलिकमको सेवा आज राति चार घण्टा बन्द हुने

नेपाल टेलिकमको सेवा आज राति चार घण्टा बन्द हुने

विराटनगर । नेपाल टेलिकमको सेवा आज राति आंशिक रुपमा प्रभावित हुने भएको छ । टेलिकमले ग्राहक सेवा प्रणाली स्तरोन्नति गर्न लागेकाले ब्यालेन्स रिचार्ज, प्याकेज खरिद र सोधपुछ सेवा प्रभावित हुने भएको हो । नेपाल टेलिकमको ग्राहक सेवा प्रणालीको नियमित स्तरोन्नति कार्य आज राति गर्दै छ । त्यसक्रममा राति ११ बजेदेखि करिब चार घण्टा सेवा प्रभावित हुने टेलिकमले सूचना जारी गरी जनाएको छ । सेवासम्बन्धी समस्याका ल...
पासाङद्वारा ८ हजार मिटरभन्दा अग्ला १४ हिमाल आरोहण

पासाङद्वारा ८ हजार मिटरभन्दा अग्ला १४ हिमाल आरोहण

काठमाडौँ । पासाङ नाम्गेल शेर्पाले आठ हजार मिटरभन्दा अग्ला १४ वटा चुचुराको सफल आरोहण गरेका छन् । ती र अरु दुईवटा हिमालको सफल आरोहण गरेर उनी आज नेपाल फर्किएका छन् । नेपाल पर्वतारोहण सङ्घले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको थियो । उनी आठ हजार मिटरभन्दा अग्ला १४ वटा र थप दुईवटा चुचुराको सफल आरोहण गर्ने नेपालका एक मात्र आरोही हुन् । उनले १६ वटा चुचुराहरूको आरोहण गर्न २२ वर्ष ल...
सार्वजनिक यातायात व्यवस्थित बनाउन गृहको १२ बुँदे निर्देशन

सार्वजनिक यातायात व्यवस्थित बनाउन गृहको १२ बुँदे निर्देशन

विराटनगर । गृह मन्त्रालयले सार्वजनिक यातायातमा अनिवार्य जीपीएस ट्र्याकिङ प्रणाली, सिसिटिभी जडान र अनलाइन टिकटको व्यवस्था गर्न व्यवसायीहरूलाई निर्देशन दिएको छ । मन्त्रालयले बुधबार यातायात व्यवसायी राष्ट्रिय महासङ्घलाई पत्र लेख्दै सिमलताल घटना अध्ययन प्रतिवेदनको सुझाव कार्यान्वयन गर्न भनेको हो ।  मन्त्रालयले सार्वजनिक यातायातलाई सुरक्षित र भरपर्दो बनाउन यातायात व्यवसायीलाई १२ बुँदे निर्देशन दिएको...
गायक प्रकाश तिमिल्सिनाको निधन

गायक प्रकाश तिमिल्सिनाको निधन

काठमाडौँ । गायक प्रकाश तिमिल्सिनाको निधन भएको छ । उनी गएराति भैँसेपाटीस्थित डेरामा अचेत अवस्थामा फेला परेका थिए । परिवारका सदस्यहरूले उनलाई पाटन अस्पताल पुर्याए पनि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए । तिमिल्सिनाको शव आज  बिहान ८ बजे सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने सङ्गीतकार चेतन सापकोटाले जानकारी दिए । तिमिल्सिनाको अन्तिम संस्कार आजै पशुपति आर्यघाटमा गर...
‘लिभिङ टुगेदर’ बसेको केटाले बिहे गर्न नमानेपछि महिलाद्वारा पोलबाट हामफाल्ने प्रयास

‘लिभिङ टुगेदर’ बसेको केटाले बिहे गर्न नमानेपछि महिलाद्वारा पोलबाट हामफाल्ने प्रयास

काठमाडौँ । ‘लिभिङ टुगेदर’ बसेको केटाले बिहे गर्न नमानेपछि काठमाडौंमा आज एक महिलाले पोलबाट हामफाल्ने प्रयास गरेकी छन् । जुम्ला घर भएकी सहारा शाहीले माइतीघर मण्डलास्थित राष्ट्रिय झण्डा राखेको पोलबाट हामफाल्ने प्रयास गरेकी हुन् । हामफालेर आत्महत्या गर्ने प्रयास गरेकी शाहीलाई प्रहरीले तत्काल उद्धार गरेर बचाएको छ । हामफाल्नका लागि उनी पोलमा चढिसकेकी थिइन् । आफूसँग दुई वर्षदेखि लिभिङ टुगेदरमा बसेको क...
धावनमार्गबाट फर्काइयो उड्न लागेको श्री एयरलाइन्सको विमान

धावनमार्गबाट फर्काइयो उड्न लागेको श्री एयरलाइन्सको विमान

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान सुर्खेत उडान भर्ने क्रममा रहेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्किएको छ । उक्त विमान धावनमार्गबाट उड्नैलाग्दा फर्काएर पार्किङमा ल्याइएको थियो । आज बिहान सुर्खेत उडान तालिका रहेको उक्त विमान धावनमार्गमा पुगेर फर्किएको विमानका यात्रु राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बिनिता कठायतले जानकारी दिइन् । श्री एयरलाइन्सका व्यवस्थापक अनिल मान...
आज नागपञ्मी पर्वः घरघरमा नागको तस्बिर टाँसेर पूजा

आज नागपञ्मी पर्वः घरघरमा नागको तस्बिर टाँसेर पूजा

विराटनगर । आज नागपञ्चमी पर्व मनाइँदैछ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने यो पर्व परम्पराअनुसार घरको मूलढोकामा नागको तस्बिर टाँसेर पूजार्चना गरी मनाइँदैछ । घरको मूलढोकामा नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने र अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास छ । वैदिक मान्यतानुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव ...
‘मिस्टर नेपाल-२०२४’ मा विराटनगरका ३ सहित पूर्वबाट ८ जना

‘मिस्टर नेपाल-२०२४’ मा विराटनगरका ३ सहित पूर्वबाट ८ जना

विराटनगर । मिस्टर नेपाल–२०२४ प्रतिस्पर्धामा विराटनगरबाट तीनजना युवकले सहभागिता जनाएका छन् । उनीहरू सहित मोरङबाट चार जनाले सहभागिता जनाएको आयोजकले जानकारी दिएको छ । विराटगरका सागर घिमिरे, पिन्टु सान्याल, सोहज खान तथा पथरीका प्रकाश चौहानले प्रतिस्पर्धा गरिरहेका छन् । सुनसरीबाट अग्रज श्रेष्ठ तथा आदेश प्रधान (धरान) ले यो प्रतियोगितामा भाग लिएका छन् । यस्तै, झापाबाट मणि निरौला र सन्तोष लकसमले मिस्टर...
नुवाकोटमा हेलिकोप्टर दुर्घटनाः पाँच जनाको मृत्यु

नुवाकोटमा हेलिकोप्टर दुर्घटनाः पाँच जनाको मृत्यु

काठमाडौँ । नुवाकोटको शिवपुरी गाउँपालिका–७, सूर्यचौर क्षेत्रमा एयर डाइनस्ट्रीको हेलिकोप्टर दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये चारजना चिनियाँ नागरिक रहेको प्रहरीले जनाएको छ । हेलिकोप्टरका पाइलट नेपाली नागरिक रहेको बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी विष्णुकुमार केसीले बताए । उनका अनुसार, ज्यान गुमाउनेमा चिनियाँ नागरिक जुतड ताङ, जेइली, सीयाद वी, जीक्वीङ सी, र क्याप्टेन के मल्...
सबै शारीरिक सम्बन्ध बलात्कार ठहर हुँदैनः सर्वोच्च अदालत

सबै शारीरिक सम्बन्ध बलात्कार ठहर हुँदैनः सर्वोच्च अदालत

काठमाडौँ । सर्वोच्च अदालतले सबै शारीरिक सम्बन्ध करणी/बलात्कार ठहर नहुने र दोषी करार गर्न नसकिने फैसला सुनाएको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र टेकनारायण ढुङ्गानाको संयुक्त इजलासले यस्तो फैसला सुनाएको हो । सर्वाेच्चले २०८० चैत ७ गते यो विवादमा फैसला सुनाउँदै पीडक भनिएका अभिमन्यु अहिर (यादव) लाई जबरजस्ती करणी मुद्दामा सफाइ दिएको थियो । उक्त मुद्दाको पूर्णपाठ सार्वजनिक गर्दै सर्वोच्चले जबरजस्ती कर...
एसईईको पूरक परीक्षा आजदेखि

एसईईको पूरक परीक्षा आजदेखि

विराटनगर । माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षा आजदेखि सुरु हुँदै छ । परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुने छ । सरकारले यो वर्ष २ वा सोभन्दा बढी विषयमा ननग्रेड (एनजी) अर्थात् ११ कक्षा पढ्न असफल भएका विद्यार्थी पूरक परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरेको छ । परीक्षाफल रद्द भएकाहरूले भने पूरक परीक्षा दिन पाउने छैनन् । यस वर्ष एनजी ल्याएका ५२ हजार विद्यार्थी रहेको रा...
खुट्टाले लेखेर एसईई उत्तीर्ण गरेका कँडेललाई सांसद शर्माले दिए ल्यापटप

खुट्टाले लेखेर एसईई उत्तीर्ण गरेका कँडेललाई सांसद शर्माले दिए ल्यापटप

विराटनगर । खुट्टाले लेखेर एसईईमा उत्कृष्ट नतिजा ल्याउने गुल्मीका एक विद्यार्थीलाई सङ्घीय सांसद सुनील शर्माले ल्यापटप कम्प्युटर उपहार दिएका छन् । छत्रकोट गाउँपालिका–४ का १९ वर्षीय ऋषिराम कँडेललाई शर्माले ल्यापटप दिएका हुन् ।  खुट्टाले लेखेर एसईईमा ३.३७ जिपिए ल्याएका उनलाई ल्यापटप आवश्यक भएको कुरा सोही क्षेत्रका सांसद चन्द्र भण्डारीले जानकारी गराएका थिए । त्यसपछि शर्माले भण्डारी मार्फत ल्यापटप ह...
विपदका घटनामा देशभर १५० को मृत्यु, कोशी प्रदेशमा २५

विपदका घटनामा देशभर १५० को मृत्यु, कोशी प्रदेशमा २५

विराटनगर । बाढी पहिरोलगायत विपदका कारण मनसुन सुरु भएपछि देशभर गरी  १५० जनाको मृत्यु भएको छ । तीमध्ये कोशी प्रदेशका विभिन्न जिल्लाका २५ जनाले ज्यान गुमाएको नेपाल प्रहरीले जनाएको छ । बाढी, पहिरोलगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४२ जना, लुम्बिनी प्रदेशमा २७ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदे...
गृहमन्त्री लेखकद्वारा केएमसीको निरीक्षण

गृहमन्त्री लेखकद्वारा केएमसीको निरीक्षण

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले काठमाडौंको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजको निरीक्षण गरेका छन् । केएमसीमा उपचाररत राष्ट्रिय सभा सदस्य बलदेव बोहराको स्वास्थ्य स्थिती बुझ्न पुगेका गृहमन्त्री लेखकले अस्पतालका विभिन्न विभागहरुको निरीक्षण गरेर जानकारी लिएका हुन् ।  गृहमन्त्री लेखकले अस्पतालको क्याथल्याब, एमआरआई, सीटीस्क्यानसहित अत्याधुनिक उपकरणको अवलोकन गरेर त्यहाँको अवस्था बारे जानकारी लिएको ...
आश्माकुमारी केसी बनिन् ‘मिस नेपाल-२०२४’

आश्माकुमारी केसी बनिन् ‘मिस नेपाल-२०२४’

विराटनगर । मिस नेपाल–२०२४ को उपाधि आश्माकुमारी केसीले जितेकी छन् । हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३० औं संस्करणमा २५ सुन्दरीलाई पछि पार्दै आश्माले ‘मिस नेपाल वर्ल्ड’ उपाधि जितेकी हुन् । आज आयोजित ग्राण्ड फिनालेमा मिस नेपाल इन्टरनेशनलको उपाधि करुणा रावतले जितिन् । त्यस्तै, मिस नेपाल अर्थको उपाधि सुमना केसी र मिस इन्टेलेक्चुअलको उपाधि दीक्षा अवस्थीले प्राप्त गरिन् । यो वर्षको प्रतियोगिताम...
आज ग्राण्ड फिनालेः को बन्ला नयाँ मिस नेपाल ?

आज ग्राण्ड फिनालेः को बन्ला नयाँ मिस नेपाल ?

विराटनगर । ‘मिस नेपाल–२०२४’ को ग्राण्ड फिनाले आज साँझ सम्पन्न हुँदैछ । हिडन ट्रेजरले ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा ग्राण्ड फिनाले आयोजना गर्दैछ । २६ जना युवतीहरू मध्येबाट आज नयाँ मिस नेपाल घोषणा हुनेछ । यसपटकको मिस नेपालमा अस्ट्रेलिया, अमेरिका, बेलायत तथा हङ्कङमा अध्ययन तथा रोजगारीको क्रममा बसोबास गरिरहेका नेपाली युवतीहरूले समेत सहभागिता जनाएका छन् । आयोजक संस्थाले प्रतियोगित...
१६ जिल्लाका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने

१६ जिल्लाका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने

विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले २ हजार ५२५ जना विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्ने भएको छ । परिषद्ले देशभरका १६ जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्ने भएको हो । कोशी प्रदेशका इलाम र झापासहित धनुषा, चितवन, काठमाडौँ, रसुवा, रामेछाप, पर्वत, मुस्ताङ, पाल्पा, गुल्मी, प्युठान, रुकुम, सुर्खेत, बैतडी र कञ्चनपुरका सामुदायिक विद्यालयमा अध्...
कक्षा १२ को परीक्षामा ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण

कक्षा १२ को परीक्षामा ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण

विराटनगर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् भने ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड (एनजी/अनुत्तीर्ण) भएका छन् ।  नियमिततर्फ परीक्षा ३ लाख ९० हजार ८६८ विद्यार्थीमध्ये दुई लाख तीन हजार ८४७ विद्यार्थी पास भएका छन् । यसैगरी ग्रेड वृद्धितर्फ २०७८/७९ का २८.२६ प्रतिशत पास भएका ...
कक्षा १२ को नतिजा आज प्रकाशन हुने

कक्षा १२ को नतिजा आज प्रकाशन हुने

विराटनगर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डको बैठकले आज नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालका अनुसार नतिजा प्रकाशनका लागि अन्तिम चरणको प्रक्रिया भइरहेको छ । प्राविधिक त्रुटि वा केही भइपरी नआएमा आजै नतिजा प्रकाशन हुने सम्भावना रहेको उनले बताए । गत वैशाख १४ गतेबाट सञ्चालित कक्षा १२ को परीक्षामा ४ लाख ९१ हज...
टेलिकमको सेवा आज चार घण्टा प्रभावित हुने

टेलिकमको सेवा आज चार घण्टा प्रभावित हुने

विराटनगर । नेपाल टेलिकमको सेवा आज चार घण्टा प्रभावित हुने भएको छ । बिलिङ प्रणाली स्तरोन्नति गर्नका लागि राति सेवा  प्रभावित हुन सक्ने टेलिकमले जनाएको छ । सूचना जारी गर्दै टेलिकमले बिलिङ प्रणाली स्तरोन्नति कार्यका लागि आज राति ११ बजेदेखि करिब ४ घण्टा अवधिका लागि सेवा प्रभावित हुन सक्ने जनाएको छ । ब्यालेन्स रिचार्ज, प्याकेज खरिद तथा क्यारी सेवा प्रभावित हुने जनाइएको छ । उक्त समयमा मोबाइल भ्वाइस,...
शास्त्रीय सङ्गीतका अगुवा गुरुदेव कामतको निधन

शास्त्रीय सङ्गीतका अगुवा गुरुदेव कामतको निधन

विराटनगर । शास्त्रीय संगीतमा देश, विदेशमा ख्याति कमाएका सङ्गीतकार एवं गायक गुरूदेव कामतको निधन भएको छ । आज बिहान ६ बजे जन्मथलो सिरहाको लक्ष्मणपुर पतारी गाउँपालिका–२ पोखरभिण्डामा उनको निधन भएको हो । ६९ वर्षका उनी लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिए । काठमाडौँ बस्दै आएका उनी आर्थिक समस्याका कारण त्यहाँ उपचार गराउन नसकेपछि एक महिनाअघि मात्र गाउँ फर्किएका थिए । शास्त्रीय सङ्गीतमा निकै श्रद्धाका...
सांसद शर्मालाई धनकुटेलीको सम्मान

सांसद शर्मालाई धनकुटेलीको सम्मान

काठमाडौं । प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्मा सम्मानित भएका छन् । नेपाली कांग्रेसका महासमिति सदस्यसमेत रहेका डा.शर्माले स्वास्थ्यसहित विभिन्न क्षेत्रमा पुर्याएको योगदानको मूल्याङ्कन गर्दै नेपाली कांग्रेस धनकुटा काठमाडौं सम्पर्क समितिले उनलाई सम्मान गरेको हो । नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई र सम्पर्क समितिका निवर्तमान कोषाध्यक्ष राजेश्वरवहादुर श्रेष्ठले सांसद शर्मालाई खादा, माला ...
कक्षा १२ को नतिजा आगामी साता आउने

कक्षा १२ को नतिजा आगामी साता आउने

विराटनगर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आगामी साता सार्वजनिक गर्ने भएको छ । त्यसका लागि आवश्यक प्रक्रिया पूरा गरी प्रशोधनको कार्य भइरहेको जनाइएको छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार साउन तेस्रो हप्ताभित्र नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको छ । कक्षा १२ को परीक्षा गत वैशाखमा भएको थियो । उक्त परीक्षामा चार लाख ९६ हजार विद्यार्थी सहभागी भएका थिए । बोर्डका अनुसार नियमि...
रोजगारीका लागि विदेश गएका १ हजार ३४६ नेपालीको मृत्यु

रोजगारीका लागि विदेश गएका १ हजार ३४६ नेपालीको मृत्यु

काठमाडौँ । एक वर्षको अवधिमा विदेशमा रहेका १ हजार ३४६ जना नेपालीको मृत्यु भएको छ । आर्थिक वर्ष २०८०/८१ मा त्यति सङ्ख्यामा नेपालीको मृत्यु भएको हो । एक तथ्याङ्क अनुसार वैदेशिक रोजगारीमा गएकाहरूको दैनिक औसतमा चारवटा शव नेपाल आउने गरेको छ । यो सङ्ख्या उक्त अवधिमा विदेशमा मृत्यु भएर वैदेशिक रोजगार बोर्डको सचिवालयबाट सहायता रकम दाबी गर्नेको हो । यसबाहेक वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका तर आर्थि...
सोलुखुम्बुकी लीलादेवी गड्तौला बनिन् पहिलो महिला मुख्यसचिव

सोलुखुम्बुकी लीलादेवी गड्तौला बनिन् पहिलो महिला मुख्यसचिव

काठमाडौँ । नेपालको प्रशासनिक इतिहासमा पहिलोपटक सरकारको मुख्यसचिव महिला बनेकी छन् । सोलुखुम्बुकी लीलादेवी गड्तौलाले यो जिम्मेवारी पाएकी हुन् । मन्त्रिपरिषद्ले कायममुकायम मुख्यसचिव रहेकी गड्तौलालाई मुख्य सचिव बनाउने निर्णय गरेको हो । मन्त्रिपरिषद्को आज बसेको बैठकले उनलाई कामु मुख्यसचिवबाट बढुवा गरी मुख्यसचिव बनाउने निर्णय गरेको हो । उनलाई असार ३१ गते निमित्त मुख्यसचिवबाट कामु मुख्यसचिवको जिम्मेवा...
सन् १९५५ यता नेपालमा ६९ हवाई दुर्घटनाः ९१८ जनाले गुमाए ज्यान

सन् १९५५ यता नेपालमा ६९ हवाई दुर्घटनाः ९१८ जनाले गुमाए ज्यान

काठमाडौ । नेपालमा हालसम्म भएका हवाई दुर्घटनामा ९१८ जनाको मृत्यु भएको छ । विश्वभर हुने हवाई दुर्घटनाको अभिलेख राख्ने संस्था ब्युरो अफ एयरक्राफ्ट एक्सिडेन्ट अर्काइभ (बीबीएए) का अनुसार नेपालमा हवाइ यातायात सुरु भएयता ६९ वटा दुर्घटना भएका छन् । उक्त संस्थाका अनुसार नेपालमा पहिलो पटक मानवीय क्षति हुने गरी सन् १९५५ मा कालिङ्गा एयरलाइन्सको विमान बाराको सिमरामा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा दुई ...
शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाइने

शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौँ । सरकारले विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले शोक मनाउने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङका अनुसार पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरिएको छ । यसैगरी, विमानहरुको अनिवार्य प्राविधिक परीक्षण गर्न निर्देशन दिइएको पनि उनले जानकारी दिए । काठमाडौंबाट प...
error: Content is protected !!