सुनको मूल्यमा नयाँ रेकर्ड : तोलाको ८० हजार नाघ्यो

सुनको मूल्यमा नयाँ रेकर्ड : तोलाको ८० हजार नाघ्यो

काठमाण्डौ । सुनको भाउ तोलाको ८० हजार नाघेको छ ।आज तोलामा १५ सय रुपैयाँ बढेर ८० हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । यो अहिलेसम्मकै उच्च भाउ हो । चीनलगायतका देशमा कोरोना भाइरस फैलिएपछि सुनमा लगानीकर्ताको आकर्षण बढ्दा भाउ आकासिएको महासंघअन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले बताउनुभयो । यस्तै चाँदी आज ५ रुपैयाँ बढेर तोलाको ९ सय २५ रुपैयाँ पुगेको छ ...
एक अर्बको कारोबार गर्दै सकियो बिराट एक्स्पो, साढे तीन लाखले गरे अवलोकन (भिडियोसहित)

एक अर्बको कारोबार गर्दै सकियो बिराट एक्स्पो, साढे तीन लाखले गरे अवलोकन (भिडियोसहित)

बिराटनगर । एक अर्वको आर्थिक कारोवार गर्दै बिराट एक्स्पो सम्पन्न भएको छ । ९ दिनसम्म सञ्चालित प्रदर्शनीलाई करिव ३ लाख ५० हजारले अवलोकन गरेको आयोजक उद्योग संगठन मोरङले जनाएको छ । एक्स्पो समापनका अवसरमा आयोजित कार्यक्रमलाई संबोधन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सर्वसाधरणको उल्लेख्य उपस्थितीले एक्स्पोको सफलता पुष्टि गरेको धारणा राखे । उनले आगामी बर्ष एक्स्पो सञ्चालनका लागि प्रदर...
डा.शर्माद्वारा दुर्गम जिल्ला कालिकोटमा एम्बुलेन्स प्रदान, ६ करोडको सहयोग घोषणा

डा.शर्माद्वारा दुर्गम जिल्ला कालिकोटमा एम्बुलेन्स प्रदान, ६ करोडको सहयोग घोषणा

कालिकोट । बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले कर्णाली प्रदेशको विकट जिल्ला कालिकोटमा निःशुल्क एम्बुलेन्स प्रदान गरेका छन् । समाजसेवामा सक्रिय डा.शर्माले दुर्गमका बिरामीलाई सहजताका लागि पश्चिम नेपालको बिकट जिल्लामा पुगेर निःशुल्क एम्बुलेन्स प्रदान गरेका हुन् । कालिकोट सदरमुकाम मान्ममा शनिबार आयोजित कार्यक्रममा स्थानीय पृथ्वी रक्तदान तथा बिर फाउण्डेशनलाई एम...
संखुवासभामा अल्लो कपडाको व्यापार फस्टाउँदै

संखुवासभामा अल्लो कपडाको व्यापार फस्टाउँदै

संखुवासभा । अल्लो कपडा लगाउँदा गर्मीमा चिसो र जाडोमा तातो हुने विशेषताले पनि यसको माग देश तथा विदेशसम्म हुने थालेको छ । प्रख्यात कोसेलीका रूपमा प्रयोग हुने अल्लोको माग विदेशमा समेत बढेको व्यवसायी बताउँछन् । जिल्लाबाहिरबाट आएका आन्तरिक पर्यटक र कर्मचारीले संखुवासभाबाट घर जादाँ वा नातेदार र साथीभाई भेट्न जाँदा अल्लोका कपडा उपहार लिएर जाने गर्छन् । अहिले संखुवासभा बस्ने अधिकांश मानिसले अल्लोबाट बन...
गायिका जोशीले तताईन बिराटनगरको माहोल (भिडियोसहित)

गायिका जोशीले तताईन बिराटनगरको माहोल (भिडियोसहित)

बिराटनगर । ‘बेहुली’ बोलको गीत गाउँदै स्टेज प्रवेश गरेकी गायिका इन्दिरा जोशीले शुक्रबारसाँझ बिराटनगरको चिसो माहोललाई तताईन् । बिराटनगरमा जारी बिराट एक्स्पोमा आधा दर्जन गीत गाएकी जोशीले सवैमा दर्शकको राम्रो साथ पाईन् । ‘बाँझो खेतमा छड्के सलाम छ माँयालाई पहिलो भेटमा..’ गीतबाट दर्शकलाई नचाउँन सुरु गरेकी उनले ‘चौबन्दी चोली अनि रातो घाँगर’ मा माहोल तताईन् । ‘छुनलाई होईन हेर्न चै पाईन्छ, आँखालाई सेक्न...
बिराट एक्स्पो : सात दिनमा ३४ करोड कारोबार

बिराट एक्स्पो : सात दिनमा ३४ करोड कारोबार

बिराटनगर । बिराटनगरमा जारी कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी (बिराट एक्स्पो) मा बिहिबारसम्म ३४ करोड भन्दा बढीको आर्थिक कारोवार भएको छ । प्रदर्शनीको सातौं दिनसम्म उत्साहजनक आर्थिक कारोवार भएको आयोजक उद्योग संगठन मोरङले जनाएको छ । ‘आर्थिक विकासको मूल आधार, कृषि पर्यटन, उद्योग र व्यापार’ नारासहित सञ्चालन भईरहेको प्रदर्शनीमा लक्ष्य अनरुप नै कारोवार भईरहेको आयोजक समिति संयोजक भोलेश्वर दुला...
सञ्चारमन्त्री गोकुल बास्कोटाद्वारा राजीनामा

सञ्चारमन्त्री गोकुल बास्कोटाद्वारा राजीनामा

सञ्चारमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका छन् । ७० करोड घुस मागेको विवादमा फसेपछि उनले राजीनामा दिएका हुन् । संसदको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले यसको जानकारी दिएका हुन् ।
कमिसन मागेको अडियो सार्वजनिक भएपछि सञ्चारमन्त्री बाँस्कोटाको सर्वत्र आलोचना

कमिसन मागेको अडियो सार्वजनिक भएपछि सञ्चारमन्त्री बाँस्कोटाको सर्वत्र आलोचना

काठमाडौँ । सेक्यूरिटी प्रेस खरिदका क्रममा प्राप्त हुने कमिसन सम्बन्धि अडियो सार्वजनिक भएपछि सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाको सर्वत्र आलोचना भएको छ । लेखा समितिमा छानबिनका क्रममा रहेको विषयसँग सम्बन्धित अडियो बिहीबार सार्वजनिक भएको हो । अडियो बाहिरिएसँगै वाँस्कोटाको आलोचनाले सामाजिक सञ्जाल भरिएको छ । मन्त्री बाँस्कोटाप्रति धेरैले व्याङ्ग्य गरिरहेका छन् । सेक्यूरिटी प्रेससँग सम्बन्धित एक...
छिन्ताङ हत्याकाण्डका सहिद परिवारले ४० बर्षपछि पाए राहत

छिन्ताङ हत्याकाण्डका सहिद परिवारले ४० बर्षपछि पाए राहत

धनकुटा । खोकु–छिन्ताङ–आँखिसल्ला हत्याकाण्डका सहिद परिवारले ४० वर्षपछि बुधबार राज्यको तर्फबाट राहत पाएका छन् । २०३६ सालमा हत्या गरिएका १६ व्यक्तिका परिवारलाई प्रदेश नम्बर १ सरकारले राहत उपलब्ध गराएको हो । सहिदभूमी गाउँपालिकाको छिन्ताङ स्थित सहिद पार्कमा कार्यक्रम गरी मुख्यमन्त्री शेरधन राईले प्रति परिवार पाँच लाखका दरले राहत वितरण गरेका हुन् । सहिद पुत्रमान थुलुङ राई, गोपाल आनन्द राई, रणध्वज पु...
घोर्लिखर्कमा सेनाले गर्यो निःशुल्क स्वास्थ्य शिविर

घोर्लिखर्कमा सेनाले गर्यो निःशुल्क स्वास्थ्य शिविर

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका–५ घोर्लिखर्कमा नेपाली सेनाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । वडा कार्यालयसँग सहकार्य गरेर सञ्चालन गरिएको शिविरमा ४ सय २८ जना बिरामीको स्वास्थ्य परिक्षण गरिएको आयोजक वरख गणले जनाएको छ । शिविरमा नेपाली सेनाका सहसेनानी डा. नरेन्द्र क्षत्री, जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा.पुजन विश्वकर्मा लगायत चिकित्सकहरुको टोलीले बिरामीको स्वास्थ्...
ईटहरीमा पूर्वेली म्युजिक अवार्ड हुने

ईटहरीमा पूर्वेली म्युजिक अवार्ड हुने

ईटहरी। मोफसलमा पहिलोपटक लोक गीत संगित क्षेत्रमा सर्बाधिक बिधा समेटिएको पूर्वेली म्युजिक अवार्ड आयोजना हुने भएको छ । ईटहरीमा आगामी फागुन १४ गते आयोजना हुने कार्यक्रममा २२ वटा बिधामा अवार्ड प्रदान गरिने छ । पूर्वेली मिडिया नेटवर्कको आयोजनामा राजधानी बाहिर पहिलोपटक शुद्ध मौलिक लोकगीत, संगित, कला, संस्कार र संस्कृतिको सम्र्बद्धन र प्रर्बद्धनमा टेवा पुर्याउने उद्धेश्यका साथ सो अवार्ड आयोजना हुन लागेक...
पाख्रीवास वडा नं.४ ले जित्यो दोस्रो मेयरकप फुटबलको उपाधि

पाख्रीवास वडा नं.४ ले जित्यो दोस्रो मेयरकप फुटबलको उपाधि

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिकामा सञ्चातिल अन्तरवडा स्तरीय दोस्रो मेयरकप फुटवल प्रतियोगिताको उपाधि वडा नं.४ ले जितेको छ । फाइनलमा वडा न ८ लाई ०–१ गोलले पराजित गर्दै वडा नं. ४ बिजयी बनेको हो । मध्यान्तरपछिको ३९ औं मिनेटमा जर्सी नं ११ का विनोद बुढाथोकीले एकमात्र निर्णायक गोल गर्दै टिमलाई बिजयी गराएका हुन् । जितसँगै वडा नं ४ ले नगद १ लाख ५१ हजारसहित ट्रफी, मेडल र प्रमाण–पत्र पाएको छ भने उप–व...
विद्युत् चुहावट नियन्त्रण अभियान प्रभावकारी हुँदा जोगियो १० अर्ब रकम

विद्युत् चुहावट नियन्त्रण अभियान प्रभावकारी हुँदा जोगियो १० अर्ब रकम

काठमाण्डौं । सरकारको सार्थक प्रयास तथा नेपाल विद्युत् प्राधिकरणको नियमित क्रियाशीलताका कारण विद्युत् चुहावटबाट खेर जाने रु १० अर्ब बराबरको रकम जोगिएको छ । प्राधिकरणले देशव्यापीरुपमा सञ्चालन गरेको चोरी तथा चुहावट नियन्त्रणको सार्थक परिणाम देखापरेको छ । चुहिएर जाने विद्युत्को समेत आर्थिक लाभ प्राप्त भएको छ । नियमित विद्युत् आपूर्ति पछि चोरी तथा चुहावटमा संलग्नसमेत हच्किएका छन् । सकारात्मक परिणाम प...
बिराटनगरमा बिराट एक्स्पो सुरु, मुलुकमा लगानीको वातावरण बनेको अर्थमन्त्रीको दावी

बिराटनगरमा बिराट एक्स्पो सुरु, मुलुकमा लगानीको वातावरण बनेको अर्थमन्त्रीको दावी

बिराटनगर । बिराटनगरमा शुक्रबारदेखि कृषि तथा औद्योगिक अन्र्तराष्ट्रिय प्रदर्शनी (बिराट एक्स्पो) सुरु भएको छ । उद्योग संगठन मोरङको आयोजनामा सुरु भएको प्रदर्शनीलाई अर्थमन्त्री डा.युवराज खतिवडाले शान्तिको दूत परेवा उडाएर उद्घाटन गरेका छन् । प्रदर्शनी उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले उद्योग व्यावसाय क्षेत्रको अर्थतन्त्रलाई चलायमान बनाउँन एक्स्पोले सहयोग पुग्ने विश्वास व्यक्त गरे । ‘एक्स्पोमा उल्ले...
विराट एक्स्पो आजबाट सुरु हुँदै

विराट एक्स्पो आजबाट सुरु हुँदै

बिराटनगर । बिराटनगरमा आजबाट बिराट एक्स्पो सुरु हुँदैछ । बिराटनगर–२ शंकरपुर मार्ग स्थित मैदानमा दिउँसो साँढे १ बजेबाट सुरु हुँने एक्स्पोलाई अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गर्दैछन् । एक्स्पोको सम्पूर्ण तयारी पुरा भएको आयोजक उद्योग संगठन मोरङले पत्रकार सम्मेलन गरेर जानकारी गराईसकेको छ । प्रदर्शनीमा नेपालसहित बिभिन्न देशका ३ सय ४० स्टल रहने मुल आयोजक समिति संयोजक भोलेश्वर दुलालले जानकारी द...
पाख्रीवासको कृषि मेलामा २८ किसान पुरस्कृत

पाख्रीवासको कृषि मेलामा २८ किसान पुरस्कृत

धनकुटा । धनकुटाको पाख्रीवासमा सञ्चालित नगर स्तरिय तीन दिने कृषि मेला प्रदर्शनीमा २८ जना किसानलाई पुरस्कृत गरिएको छ । नेपाल भ्रमण वर्षलाई लक्षित गरी नयाँ कृषि प्रविधिको बारेमा किसानहरुलाई जानकारी दिने उद्देश्यले नगरपालिकाद्वारा आयोजित मेलामा मसला, फलफुल, दलहन, तरकारी, खाद्यान्न र आलुबालीका उत्कृष्ट किसानहरुलाई नगदसहित पुरस्कृत गरिएको हो । कृषकहरुलाई पुरस्कृत गर्दै नगर उपप्रमुख देवकला तिम्सिनाले...
धनकुटाका २६ निजी विद्यालयमा शोक बिदा

धनकुटाका २६ निजी विद्यालयमा शोक बिदा

धनकुटा । धनकुटाका २६ वटा निजी विद्यालयमा बिहिबार शोक बिदा दिइएको छ । निजी विद्यालयहरुको छाता संगठन प्यावसन धनकुटाले संगठनमा आवद्ध जिल्लाभरका निजी विद्यालयमा शोक बिदा गर्ने निर्णय गरेको हो । धनकुटाको हुलाकटोल स्थित तुलसी मेहर स्कुलमा कार्यरत कार्यालय सहयोगी वीरबहादुर राईको गएराती निधन भएपछि शोकमा बिद्यालयहरु बिदा गर्ने निर्णय भएको प्यावसनका बरिष्ठ उपाध्यक्ष दुर्गा लुइटेलले जानकारी दिए । अचानक ब...
दुर्घटनामा नायिका सिलवालको मृत्यु

दुर्घटनामा नायिका सिलवालको मृत्यु

काठमाडौं । नायिका महिमा सिलवालको बसको ठक्करबाट मृत्यु भएको छ । धादिङको गजुरी गाउँपालिका २ चाम्बासमा बुधबार साँझ उनी सवार स्कुटर बससँग ठोक्किदा उनको मृत्यु भएको हो । भैरहवाबाट काठमाडौं आउँदै गरेको लु२ख १३५ नम्बरको बसले उनी सवार बा ९८ प ७०५८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते उनको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा मृत्यु भएको हो । २२ वर्षीया सिलवाल चितवनको भरतपुर...
विराट एक्स्पोको तयारी पुरा : तीन लाखले अवलोकन गर्ने आयोजकको अनुमान

विराट एक्स्पोको तयारी पुरा : तीन लाखले अवलोकन गर्ने आयोजकको अनुमान

बिराटनगर । आगामी शुक्रबारबाट बिराटनगरमा सुरु हुँन लागेको बिराट एक्स्पोको तयारी पुरा भएको छ । आयोजक उद्योग संगठन मोरङले बुधबार पत्रकार सम्मेलन गरेर कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनीको तयारी पुरा भएको जानकारी दिएको हो । प्रदर्शनीमा ३ सय ४० स्टल रहने मुल आयोजक समिति संयोजक भोलेश्वर दुलालले बताए । उनका अनुसार ४० स्टल विदेशी मुलुकका हुनेछन् । एक्स्पोमा कृषि, घरेलु तथा हस्तकलाका ६०, औद्योगि...
धनकुटामा अगुल्टोले हानेर छिमेकीको हत्या

धनकुटामा अगुल्टोले हानेर छिमेकीको हत्या

धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिकाकी एक महिलाले अगुल्टोले हानेर छिमेकीको हत्या गरेकी छन् । छथरजोरपाटी–३ लामोगराकी २८ बर्षीया निर्मला श्रेष्ठले अगुल्टो प्रहार गर्दा स्थानीय २९ बर्षीया पवित्रा राईको मृत्यु भएको प्रहरीले जनाएको छ । निर्मला र पवित्रावीच सामान्य विवाद भएको थियो । सोहि क्रममा निर्मलाले चुलोबाट दाउरो निकालेर पवित्रालाई टाउको र मुखमा हानेकी थिईन् । प्रारम्भिक अनुसन्धानका क्रममा प...
चौबिसेमा तीन दिने आँखा शिविर : दुई जिल्लाका चार सय बिरामी लाभान्वित

चौबिसेमा तीन दिने आँखा शिविर : दुई जिल्लाका चार सय बिरामी लाभान्वित

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–२ मुढेवासमा सञ्चालित तीन दिने निःशुल्क आँखा शिविरबाट चार सय भन्दा बढी बिरामी लाभान्वित भएका छन् । मुढेवास स्वास्थ्य चौकीमा सञ्चालित शिविरमा धनकुटा र पाँचथरका ४ सय १३ जनाले सेवा लिएका हुन् । शिविरमा २२ महिला र २६ पुरुष गरी ४८ जनाको आँखाको शल्यक्रिया गरिएको वडाध्यक्ष ममिन्द्र लिम्बूले जानकारी दिए । उनका अनुसार ५ जनाको आँखामा मासु पलाएको र बाँकीको मोतियाविन्दुको...
लेगुवा-केवा खोला सडक निर्माणमा सांसद राईको चासो : समयमै काम सक्न प्रशासनको निर्देशन

लेगुवा-केवा खोला सडक निर्माणमा सांसद राईको चासो : समयमै काम सक्न प्रशासनको निर्देशन

धनकुटा । मध्य पहाडी (पुष्पलाल) राजमार्ग अन्तरगत धनकुटाको लेगुवादेखि केवा खोलासम्मको सडक निर्माणको काम तोकिएको समयमै सक्न जिल्ला प्रशासन कार्यालय धनकुटाले निर्माण कम्पनीलाई निर्देशन दिएको छ । सडक निर्माणमा ढिलाई भएको जनगुनासो आएपछि सर्वपक्षिय भेला बोलाएर समयमै काम सक्न निर्माण कम्पनी विरुवा कन्ट्रक्सनलाई प्रशासनले निर्देशन दिएको हो । संघीय सांसद राजेन्द्र कुमार राईको निर्देशनमा प्रमुख जिल्ला अधि...
धनकुटा बस दुर्घटना : सिट बेल्ट नबाध्नाले घुम्तिमा ड्राइभर ढोकाबाट खस्दा पल्टियो बस

धनकुटा बस दुर्घटना : सिट बेल्ट नबाध्नाले घुम्तिमा ड्राइभर ढोकाबाट खस्दा पल्टियो बस

धनकुटा । धनकुटाको नुनथला स्थित कोशी राजमार्गमा मंगलबार दिउँसो यात्रुबाहक बस दुर्घटना हुँदा चालकसहित तीन जना घाईते भए । तेह्रथुमबाट २५ जना यात्रु बोकेर काठमाण्डौं जाँदै गरेको प्रदेश–३–०१००५ ख.९५३२ नम्बरको मितेरी बस दिउँसो करिव साँढे ३ बजे सडकमा पल्टिएको हो । बसमा सवार यात्रुको भनाई अनुसार ओरालो सडकमा गुडिरहेको बस घुम्ति मोड्ने क्रममा चालक छेउको ढोका खुलेर चालक खसेपछि बस भित्तामा ठोकिएर पल्टिएको ...
धनकुटाको नुनथलामा बस दुर्घटना

धनकुटाको नुनथलामा बस दुर्घटना

धनकुटा। धनकुटाको महालक्ष्मी नगरपालिका–९ नुनथला स्थित कोशी राजमार्गमा आज दिउँसो यात्रुबाहक बस दुर्घटना भएको छ । तेह्रथुमबाट काठमाण्डौं जाँदै गरेको प्रदेश–३–०१००५ ख.९५३२ नम्बरको मितेरी बस दिउँसो करिव साँढे ३ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी चालकसहित तीन जना घाईते भएका छन् । बसका चालक सुनसरीको धरान–७ का ६० बर्षीय बीरेन्द्र श्रेष्ठ र दोलाखा बैदेश्वर–५ घर भई धनकुटामा मेडिकल चलाउँ...
मैत्रीपूर्ण क्रिकेटमा नोबेल बिजयी

मैत्रीपूर्ण क्रिकेटमा नोबेल बिजयी

बिराटनगर । बिराटनगरमा सञ्चालित मैत्रीपूर्ण सुपर सिक्स क्रिकेट प्रतियोगितामा नोबेल मेडिकल कलेजको टिम बिजयी भएको छ । फाइनलमा मोरङ व्यापार संघलाई ९ विकेटले पराजित गर्दै नोबेलले उपाधि चुमेको हो । ६ टिम सहभागि खेलमा समुह बिजेता बन्दै व्यापार संघ र नोबेल फाइनल पुगेका थिए । फाइनलमा व्यापार संघले नोबेललाई ६२ रनको लक्ष दियो । चौका र छक्काको बर्षात गरेको नोबेलले ३ ओभर २ बलमा लक्ष्य पुरा गर्दै बिजयी बनेको...
धनकुटाको त्रिसुलेमा दुई वटा बस जुध्दा १३ घाइते

धनकुटाको त्रिसुलेमा दुई वटा बस जुध्दा १३ घाइते

धनकुटा । धनकुटा नगरपालिका–२ त्रिसुले नजिक आइतबार दिउँसो दुई वटा यात्रुबाहक बस ठक्कर खाँदा १३ जना यात्रु घाइते भएका छन् । मोरङको उर्लाबारीबाट धनकुटाको मारेककटहरे जाँदै गरेको को.१ ख.७८८० नम्बरको बस र संखुवासभाको चैनपुरबाट झापाको सौठा जाँदै गरेको को.१ ख.५१०५ नम्बरको बस दिउँसो करिव साँढे २ बजे जुधेका हुन् । दुर्घटनामा परी दुवै बसमा सवार यात्रु घाइते भएको धनकुटाका ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्...
सुनसरीको झुम्कामा बस र माइक्रो जुध्यो : श्रीमान-श्रीमतिसहित चार जनाको मृत्यु

सुनसरीको झुम्कामा बस र माइक्रो जुध्यो : श्रीमान-श्रीमतिसहित चार जनाको मृत्यु

सुनसरी । सुनसरीको झुम्का नजिक तित्रिबनमा आज बिहान बस र माइक्रो जुध्दा श्रीमान–श्रीमतिसहित चार जनाको मृत्यु भएको छ । झापाबाट काठमाडौं जाँदै गरेको बा.५ ख.३१५७ नम्बरको हाइस माइक्रो र पोखराबाट आउँदै गरेको ना.६ ख.७९५ नम्बरको बस ठक्कर खाएका हुन् । दुर्घटनामा परी झापा धरमपुरकी १८ बर्षीया गरिमा गौतम, भद्रपुर घर भई काठमाण्डौ बस्दै आएका हेमराज कोईराला, उनकी श्रीमति डोलमाया कोइराला र हाइस चालक दिपक खड्काक...
काठमाण्डौंको नयाँ बसपार्कमा प्रहरीको छापा : अनैतिक क्रियाकलापमा संलग्न ७३ जना पक्राउ

काठमाण्डौंको नयाँ बसपार्कमा प्रहरीको छापा : अनैतिक क्रियाकलापमा संलग्न ७३ जना पक्राउ

काठमाडौं । प्रहरीले गोँगबु नयाँ बसपार्क क्षेत्रमा अनैतिक क्रियाकलापमा संलग्न ७३ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले गोँगबु नयाँ बसपार्क शुद्धीकरण अभियानअन्तर्गत ७३ जनालाई शनिबार राति पक्राउ गरेको हो । पक्राउ पर्नेमा ३२ महिला, ३७ पुरुष र चार तेस्रोलिङ्गी रहेका छन् । वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले नयाँ बसपार्क क्षेत्रको विकृति, बिसङ्गति अन्त्यका ला...
धनकुटामा बिद्यार्थीसँग सनराइज बैंकको वित्तीय साक्षरता कार्यक्रम

धनकुटामा बिद्यार्थीसँग सनराइज बैंकको वित्तीय साक्षरता कार्यक्रम

धनकुटा । सनराइज बैंक धनकुटा शाखाले धनकुटा बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ । क्याम्पससँगको सहकार्यमा कार्यक्रम आयोजना गरी बिद्यार्थीहरुलाई बैंक, बचत तथा कर्जा सम्बन्धि आधारभूत जानकारी गराईएको हो । दर्जनौ बिद्यार्थी उपस्थित कार्यक्रममा बैंकका शाखा प्रमुख दिनेश अधिकारीले बैंक, बचत तथा कर्जाको बिषयमा जानकारी गराएका थिए । सरकारको ‘समृद्धिसँग जोडौँ नाता : सबै नेपालीको बैंक खाता...
पाँचथरमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर

पाँचथरमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर

पाँचथर । पाँचथरको मौवा बजारमा बिहिबारदेखि शल्यक्रियासहितको दुई दिने निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । तुम्वेवा गाउँपालिका कार्यालय र बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालको संयुक्त आयोजनामा शिविर सुरु भएको हो । ग्रामिण क्षेत्रका बिपन्न बिरामीलाई लक्षित गरी आयोजना गरिएको शिविरको पहिलो दिन ७ सय ५६ बिरामीको निःशुल्क उपचार गरिएको नोबेल शिक्षण अस्पतालले जनाएको छ । शिविरमा १६ जना बिरामीको सामान्य ...
धनकुटामा रेडियोकर्मी संगठित

धनकुटामा रेडियोकर्मी संगठित

धनकुटा । धनकुटामा सञ्चालित सामुदायिक रेडियोका प्रतिनिधिहरुको भेलाले सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) जिल्ला समन्वय समिति गठन गरेको छ । संघका केन्द्रीय उपाध्यक्ष अर्जुन राईको उपस्थितिमा भएको भेलाले रेडियो लालिगुँरासका स्टेशन मेनेजर विदुर खवासको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरेको हो । समितिको सदस्यमा रेडियो मकालुका स्टेशन मेनेजर सन्तोष रुचाल, रेडियो भेडेटारका स्टेशन मेनेजर पूर्णकुमार चौध...
error: Content is protected !!